गीतकार सङ्घको अध्यक्ष पुनः थापा

PNA


|
|


काठमाडौँ । गीतकार सङ्घको अध्यक्षमा वसन्त वित्यासी थापा चुनिएका छन् । सङ्घको शनिबार आयोजित १५ औँ साधारणसभा एवम् ७ औँ अधिवेशनबाट उनी पुनः नयाँ कार्यकालको लागि अध्यक्ष चुनिएका हुन् । यसअघि पनि सङ्घमा थापा नै अध्यक्ष रहेका थिए । थापा अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।

सङ्घको कार्यसमितिमा उपाध्यक्षमा रमेश कोइराला, महासचिवमा टीका राई शिव, सचिवमा शीतल कादम्बिनी, कोषाध्यक्षमा चेतन खतिवडा पुनः दोहोरिएका छन् । उनीहरू पनि निर्विरोध निर्वाचित भएका हुन् । त्यस्तै कार्यसमितिमा सदस्यहरूमा ६ जना आवश्यक रहेकोमा ८ जनाको उम्मेदवारी परेको थियो । कार्यसमिति सदस्यहरूमा जीवन मुकारुङ, रमेश दाहाल, कमल पौडेल, गोविन्द श्रृङखला, देवी पराजुली, विष्णु भण्डारी निर्वाचित भएका थिए ।

कार्यक्रममा गीतकार राजेन्द्र थापा पूर्व मन्त्री तथा वरिष्ठ गीतकार एसपी कोइराला, नेपाल साङ्गीतिक सङ्घका महासचिव सुमन पण्डित, नारायण गोपाल स्मृति प्रतिष्ठानका अध्यक्ष दीपक केसी, सङ्घका पूर्व अध्यक्ष योगेन्द्रमणि दाहाल, शुभ मुकारुङ लगायतको उपस्थिति रहेकाे थियो ।