काठमाडौं-नारद पोखरेलको नयाँ कृति ‘उर्वरा’ लोकार्पण गरिएको छ । काठमाडौंमा एक कार्यक्रमबीच नेपाल स्रष्टा समाजद्वारा आयोजित कार्यक्रममा उक्त औपन्यासिक कृतिको लोकार्पण गरिएको हो । अग्रज साहित्यिक पत्रकार नगेन्द्रराज शर्मा, कथाकार माया ठकुरीले उक्त कृति लोकार्पण गर्नुभएको थियो ।
उपन्यासमार्फत लेखकले प्रयोगसहित नयाँ सन्देश दिन खोजेको बताउँदै शर्माले सफलताको शुभकामना दिनुभएको थियो । कथाकार ठकुरीले शुभकामना दिँदै एउटा सर्जकले साहित्यका माध्यमबाट आफूलाई अभिव्यक्त गर्ने बताउनुभयो ।
कृतिमाथि पाठकीय टिप्पणी गर्दै अनुपमा रेग्मीले कुनै पनि उपन्यासलाई महाकाव्य बोकेको विधा भन्न मिल्ने जिकिर गर्नुभयो । उहाँले ‘उर्वरा’ आदर्शवादी उपन्यास भएको सुनाउनुभयो ।
उपन्यास समाजका अध्यक्ष शंकर भारतीले ‘उर्वरा’ले ५० वर्षअघिको र आजको समयलाई जोड्ने काम गरेको बताउनुभयो । यस्तै, उपन्यासकारका भाइ भेषराज पोखरेलले आफ्नो सारा परिवार साहित्यनिकट रहेको सुनाउनुभयो । दाजुको स्वभाव खरो भए पनि उपन्यासमा पाठकले कोमलता भेट्ने उहाँको भनाइ थियो । कृतिकार पोखरेलले उपन्यास जीवनजगत्को अभिलेख भएको बताउँदै साहित्यकार बी।पी।कोइरालासँगको छोटो सानिध्यले आफूलाई यसमा लाग्न प्रेरित गरेको सुनाउनुभयो ।
कार्यक्रममा समाजका संरक्षक पवन आलोक, साहित्यकार विधान आचार्य, गीतकार संघका अध्यक्ष वसन्त थापा, माधव विडारीलगायत व्यक्तित्वले आ(आफ्ना भनाइ राख्नुभएको थियो । पोखरेलका यसअघि ‘नयाँ बाटो’, ‘सिर्जना’ र ‘प्रतिघात’ जस्ता उपन्यास पाठकमाझ आएका छन् ।
काठमाण्डौ – स्पाईनी मुभिज प्रा.लि.ले भाद्र २७ गते राजधानी स्थित राष्ट्रिय नाचघरमा “चौथोे स्पाईनी ब्याबलर ईन्टरनेशनल फिल्म फेष्टिवल–२०२४” भब्य रुपमा सम्पन्न गरेको छ । कार्यक्रममा राष्ट्रिय विधामा ११ वटा र अन्तराष्ट्रिय विधामा ११ वटा गरि कुल २२ वटा विधामा अवार्ड समेत प्रदान गरेकोे थियो । देश तथा विदेशका चलचित्रहरुलाई एक आपसमा प्रतिष्पर्धा गराई कलाकारहरुलाई कला संस्कृतिका क्षेत्रमा अझै सक्रिय रहन प्रोत्साहन मिलोस भन्दै आयोजना गर्दै आईरहेको स्पाइनी ब्याब्लर इन्टरनेशनल फिल्म फेष्टिवल २०२४ को यो चौेश्रो संस्करण हो, यस संस्करणको लागि नेपालका अलवा भारत, दक्षिण अफ्रीका, अस्ट्रिया, फ्रांस, संयुक्त राज्य अमेरिका, श्रीलंका, अफगानिस्तान, डेनमार्क, हङ्कङ, आयरल्याण्ड, मोरक्को, ओमान, पाकिस्तान, रसिया, स्पेन, स्वीडन लगायत १७ वटा देशका ९५ भन्दा बढी पिचर लेन्थ, सर्ट लेन्थ, डकुमेन्ट्री लगायतका चलचित्रहरुको सहभागिता रहेको थियो । एरा प्रोडक्सन प्रा.लि. ले व्यवस्थापन गरेको उक्त कार्यक्रमको निर्देशक कमला जोशी हुन् ।
संस्थाका अध्यक्ष डा. हुस्नेद आजादको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा चर्चित गायक रुद्र शेखर शर्मा, पत्रकार अशेष अधिकारी, संगीतकार दिपक शर्मा, पत्रकार विष्णु सुवेदी, गीतकार गोविन्द भट्ट, छायाँकार राजन खरेल र कोरियोग्राफर सन्दिप कुमार भुजेल सम्मानित भएका थिए ।
चलचित्र निर्देशक माधव राज खरेल निर्णायक प्रमुख रहेको उक्त फेष्टिवल कार्यक्रममा अन्तराष्टिय निर्णायक सदस्यहरु तर्फ अभिनेता केदार प्रसाद घिमिरे, (नेपाल) चलचित्रकर्मीहरु अमोल भगत (भारत), शहादत रसोल बंगलादेश, म्याग्डोलिना कोभ्पास (बेलायत) र सन्तोष सुवेदी (नेपाल) थिए भने राष्ट्रिय तर्फका निर्णायक सदस्यहरुमा छायाँकार रविन आचार्य, निर्देशक जीवन थापा, गायिका सरिता भारती, प्रध्यापक यादव गिरी, कलाकार÷निर्माता ज्याक श्रेष्ठ, ड्रेस डिजाईनर दिल माया मगर, निर्णायक सदस्यका रुपमा रहेका थिए । निर्णायकहरुले राष्ट्रिय तथा अन्तराष्ट्रिय दुवै भाषाका फिचर फिल्म, सर्ट फिल्म र डकुमेन्ट्री फिल्म हेरेका थिए ।
कार्यक्रममा राष्ट्रिय क्याटेगोरी तर्फ लक्ष्मण सुबेदीको निर्माण तथा निर्देशन रहेको चलचित सतीदेवीले सर्वोत्कृष्ट चलचित्रको अवार्ड प्राप्त गर्यो भने निर्देशक लक्ष्मण सुनारले चलचित्र बुलाकी बाट सर्वोत्कृष्ट अवार्ड प्राप्त गरेका थिए त्यस्तै चलचित्र सतिदेबीबाट मल्लिका महतले अभिनय विधामा अवार्ड हात पारिन् । त्यस्तै चलचित्र नम्बरी सुन मार्फत संगीतकार सन्तोष श्रेष्ठले सर्वोत्कृष्ट संगीतकारको अवार्ड र सोही चलचित्रबाट जुरी मेन्सन अवार्ड निर्माता नरेश खातीले प्राप्त गरे ।
निर्देशक पुर्णकाजी ज्यापुले नेपाल भाषाको चलचित्र हिसिमती मार्फत सर्वोत्कृष्ट कल्चरल चलचित्रको अवार्ड प्राप्त गरे भने छोटा चलचित्र तर्फ सर्वोत्कृष्ट अभिनेताको अवार्ड चलचित्र परिवर्तन मार्फत अभिनेता प्रभण भुसालले प्राप्त गरे । त्यस्तै छोटा चलचित्र तर्फ नै चलचित्र छाँयाबाट सार्वोत्कृष्ट निर्देशक दिनेश कार्की, सिमाबाट सर्वोत्कृष्ट छाँयाकार सुजेश थापा, अन्तरवार्ता सर्वोत्कृष्ट निर्देशक जुरी मेन्सन अवार्ड प्रशन्न माली र होएर एम आईबाट सर्वोत्कृष्ट मेकअप आर्टिष्ट निर्मला चन्दले प्राप्त गरेका गरिन् ।
कार्यक्रममा ईन्टरनेशनल क्याटेगोरी तर्फ सर्वोत्कृष्ट चलचित्र रेड मार्फत रौनक विक्रम (नेपाल) ले प्राप्त गरे भने सर्वोत्कृष्ट जुरी स्पेशल मेन्सन अवार्ड चलचित्र लेट्स हाईड ईट ईन हिएर (साउथ अफ्रिका), सर्वोत्कृष्ट स्पाईरेशन अवार्ड चलचित्र रोमाद (ओमान), सर्वोत्कृष्ट छायाँकार चलचित्र रन फर युआर लाईफ (डेनमार्क), सर्वोत्कृष्ट स्कृष्ट द जब (अमेरिका), सर्वोत्कृष्ट छायाँकार जुरी स्पेशल मेन्सन अवार्ड चलचचित्र ला डेर डेस डेर (फ्रान्स), सर्वोत्कृष्ट इन्फरमेटिभ्स अवार्ड चलचित्र अ टाउन वालेड १९९५( आएरल्याण्ड), सर्वोत्कृष्ट हिस्टोरिकल अवार्ड चलचित्र ड्रिम्स अफ द पास्ट (रसिया), सर्वोत्कृष्ट इन्टरटेनिङ अवार्ड चलचित्र जिगोलो (अष्ट्रिया), सर्वोत्कृष्ट ईमोसनल अवार्ड चलचित्र ईष्टेल (स्पेन) र सर्वोत्कृष्ट डकुमेन्ट्री अवार्ड चलचित्र अक्रोश द हिमालय (स्वीडेन) लाई प्रदान गरिएको थियो ।
कार्यक्रममा बरिष्ठचलचित्र तथा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, बरिष्ठ सञ्चारकर्मी शान्तिप्रिय, नेपालको पहिलो महिला चलचित्र निर्देशक सुचित्रा श्रेष्ठ, अभिनेता गजित विष्ट, सञ्चारकर्मी कुवेर गिरी, सञ्चारकर्मी तथा गीतकार सुमन बैरागी, डब्बु क्षेत्री, सविता पोख्रेल, प्रकाश भट्ट, गायक अमृत खाती, सञ्चारकर्मी तुलशी गिरी भावुक, गायिका सुजाता केसी, समाजसेवी राजन थापा, गायक डेबिट शंकर, गायिका रोशनी रसाईली, इन्जिनियर रमेश शिव शंकर, कोरियोग्राफर लिगेश भट्टराई, गायक नारायन थापा, सञ्चारकर्मी प्रमोद डिजि, मोडल प्रतिक्षा काफ्ले, साउण्ड डिजाइनर मनोज परियार, संगीतकार राजेन्द्र बजगाई, कलाकार नम्रता खरेल, लगायतका बरिष्ठ कलाकर्मी तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा संगीतकार तथा गायक सन्तोष श्रेष्ठ, अमृत खाती र सुस्मा शाही लगायतका कलाकारहरुको सांगितीक प्रस्तुती रहेको थियो भने कार्यक्रमको सञ्चालन सेसेमी लिम्बुले गरेकी थिईन । कार्यक्रमा भिडियोग्राफी चुरो खबर टिमले गरेको थियो भने फोटोग्राफी राजन खरेलले गरेका थिए ।
काठमाडौं – अहिलेका व्यस्त मोडल सरोज गीरी अभिनित अर्को नयाँ भिडियो ‘तिमी नै त हौ’ सार्वजनिक भएको छ । काँठे भाकाका लोकप्रिय गायक रामकुमार नेपाली र आशा केसीको स्वर रहेको गीतका रचनाकार अमृत भारती हुन् । मर्मश्पर्शी गीतको भिडियोमा सरोज गीरी, समिता गीरी, राज गीरी, मुना भूर्तेलको जिवन्त अभिनय रहेको छ । रामकुमार नेपालीको निर्देशन रहेको भिडियो विनय भारतीले खिचेका हुन् ।
काठमाडौँ —भाद्र १९, २०८१।
ड्रिम मोडलिङ एजेन्सीद्धारा आयोजित बालबालिकाहरुको प्रतियोगितामुलक सौन्दर्य प्रतियोगिता 'जुनियर मिस्टर एण्ड मिस उर्लाबारी २०८१' को उपाधी कृष्ण गुरुङ्ग र मर्टिना सुबेदीले जितेका छन् । अन्य प्रतिस्पर्धीलाई उछिन्दै उनीहरुले क्रमश बालक र बालिका तर्फ शिर्ष स्थान हासिल गर्दै जुनियर मिस्टर एण्ड मिस उर्लाबारीको शिर्ष उपाधी जितेका हुन् ।
कृयटर आर्ट्स फाउन्डेसनको एसोसियसनमा सम्पन्न उक्त अन्तिम स्पर्धामा बालिकातर्फ अस्बिना खड्का फर्स्ट रनर अप र भावना धिमाल सेकेण्ड रनर अप बन्न सफल रहे भने बालकतर्फ प्रोत्शान भट्टराई फर्स्ट रनर अप र अनुभव अधिकारी सेकेण्ड रनर अप बन्न सफल रहे । प्रतियोगिताको निर्णायकमा मिस नेपाल वर्ल्ड २०२१ नम्रता श्रेष्ठ, मिसेस नेपाल वर्ल्ड २०२३ पृथिव्या थापा, रोनक फेसन एजेन्सी सिईओ रोनक अग्रवाल, काजी प्रोडक्सन सिईओ तथा मोडल सुशान्तकाजी श्रेष्ठ, होप धरान अध्यक्ष निश्चल पालिखे रहेका थिए।
जुनियर मिस्टर एण्ड मिस उर्लाबारीका सहभागीले फेसन कोरियोग्राफी तथा व्यक्तित्व विकासमा करिब १ महिनाको प्रशिक्षण पश्चात अन्तिम प्रतिस्पर्धामा उत्रिएका थिए । सहभागी बालबालिकाको बौद्धिक सुन्दरता र प्रतिभालाई समाजमा स्थापित गर्न र सामाजिक दायित्व निर्वाह गराउने अवसर प्रदान गर्ने उदेश्यसहित 'जुनियर मिस्टर एण्ड मिस उर्लाबारी'आयोजना गरिएको ड्रिम मोडलिङ एजेन्सी प्रमुख सौरभमान भण्डारीले जनाएका छन् ।
काठमाडौँ —भाद्र २०, २०८१।
बालबालिकाहरु लक्षित प्रतियोगितामुलक सौन्दर्य प्रतियोगिता 'लिटल एण्ड टिन डाईभर्सिटि नेपाल' को उपाधी टिन तर्फ कास्मीक लिम्बु, लिटल तर्फ युलानी थापा र मिनी लिटल तफ आइन्स आचार्य ले जितेका छन् । अन्तिमस्पर्धामा अन्य प्रतिस्पर्धीलाई उछिन्दै कास्मीक, युलानी र आइन्सले क्रमशः टिन, लिटल र मिनी लिटलतर्फ शिर्ष स्थान हासिल गर्दै लिटल एण्ड टिन डाईभर्सिटि नेपालको शिर्ष उपाधी जितेका हुन् ।
प्रनिमा दहालले संचालन गरेको उक्त अन्तिम प्रतियोगिताको निर्णायकमा रोहित मल्ल ,अन्जीता श्रेष्ठ ,मनिस राउत ,विकास लामिछाने ,श्रवण महतो रहेका थिए। प्रतियोगिताको विधागत अवार्डतर्फ मिस चार्मिङ आईस आचार्य ,मिस डिसिपिलिन युलानी थापा, मिस कन्फीडेन्ट रसिका सुवेदी, मिस व्युटिफुल आईज एन्जल ठाकुर, मिस कृयटिव प्राप्ती देवकोटा ,मिस व्युटिफुल स्किन आरोही गिरी, बेष्ट हेयर सुरेन्का ढकाल ,मिस टिन ग्लाम समृद्दि राई र मिस टिन डिभा न्यान्सी रसाइलीले हात पार्न सफल रहे।
प्रतियोगिताका बिजेताले अन्तर्राष्ट्रिय मंचमा नेपाललाई प्रतिनिधत्व गर्ने अवसर समेत प्राप्त गर्नेछन र आगामी दिनमा अझै नवप्रतिभालाई प्राथमिकता दिने आयोजक नवराज देउवाले ले जानकारी दिएका छन् ।
काठमाण्डौ - छायाँछवि क्रियशनले नियमीत रुपमा आयोजना गर्दैआएको छायाँछवि तीज म्यूजिक अवार्ड –०८१ को ११ औं संस्करण सम्पन्न गरेको छ । ११औं संस्करण मा उत्कृट मौलिक तीज गायिका तर्फ गम्कीदे मादलु बाट एलीना चौहानले बाजी मारेकी छिन् भने उत्कृष्ट तीज गीत गायिकामा हर दिन पुजा गर्छु म बाट शोभा पाण्डे एवं यहि बिधामा जुरी तर्फ बिन्दु बिसी ले अवार्ड चुम्न सफल भइन् । उत्कृष्ट मौलीक तीज गीतको लय तर्फ काली पसमकी डोरी कसम गीतबाट प्रेम सापकोटा सोनुले अवार्ड प्राप्त गरे । यसै गीतबाट स्मारीका ढकालले मौलीक तीज गीत मोडलमा बाजी मारीन् भने तीज गीतमोडल (महिला) तर्फ कविता न्यौपाने उत्कृष्ट बन्न सफल भइन् । साथै यसै बिधामा तीजको उमङ्ग गीतबाट शीला गजुरेलले जुरी अवार्ड प्राप्त गरीन् ।
छायाँछवि क्रियशनद्धारा आयोजित ११ औं संस्करणको छायाँछवि तीज म्युजिकअवार्ड २०८१ को अवसरमा चर्चित मोडल स्व. दिपाशा बि.सी.को स्मृतिमा यस वर्षदेखी स्थापीत छाँयाछवि दिपाशा स्मृति पुरस्कार प्रदान गरिएको छ । एघार हजार एक सय एघार रुपैयाको नगद राशी, सम्मानपत्र, दोसल्ला सहितको छाँयाछवि दिपाशा स्मृति पुरस्कार यस बर्ष चर्चित मोडल तथा म्यूजिक भिडियो कलाकार संघको प्रथम अध्यक्ष अञ्जु निरौलाले प्राप्त गरीन् ।
त्यसैगरी ११ औं छायाँछवि तीज म्युजिकअवार्ड २०८१ कै अवसरमा मोडल सिम्रन दुलाल (कुसुम), पत्रकार बर्षा खनाल, गायिका बबिना भट्टराई, बरिष्ठ सौन्दर्यविद् चुनु थापा र लोक गायिका सञ्जु न्यौपानेलाई छायाँछवि तीज नारी सम्मानद्धारा सम्मानित गरिएको छ । यस किसीमकोे सम्मान आ–आफ्नो क्षेत्रलाई उल्लेख्य योगदान दिए बापत सम्मानित गरीएको आयोजक छायाँछवि क्रियशन अध्यक्ष शान्ति प्रियले बताएका छन् ।
११औ संस्करणको छायाँछवि तीज म्यूजीकअवार्ड मा जुरीका रुपमा गीतकार कृष्णादेबि आचार्य रोशनी, गायक भीम लिम्बु, गीतकार गोबिन्द भट्ट एवं पत्रकार दीपज्योति थापा रहेका थिए । त्यस्तै कार्यक्रममा तीज सम्बन्धित साँस्कृतिक प्रस्तुती रहेको थियो । गायिका सहिमा श्रेष्ठ र गायिका अञ्जु श्रेष्ठ ले गायन प्रस्तुति दीएका थिए भने मोडल अश्मिता पुरी र निकीशा श्रेष्ठ एवं सूर्योदय डान्स स्टूडीयोको नृत्य प्रस्तुती रहेको थियो । कार्यक्रमको सञ्चालन दीपज्योति थापाले गरेकी थिइन् । कार्यक्रममा रमेशमान श्रेष्ठको सेट डिजाइन, छीरीङ भुटीयाको साउण्ड डिजाइन रहेको थियो ।
छायाँछबिले आयोजना गरेको कार्यक्रमका अध्यक्षशान्ति प्रिय एवं स्टेरीङ कमीटीमा निर्देशक माधवराज खरेल, अभिनेता श्रीदेब भट्टराई, गोकर्ण लामीछाने, संचारकर्मी कमला जोशी, भीम पौडेल, संचारकर्मी राजन थापा तथा दीपक थापा रहेका थिए ।
अवार्डको सल्लाहकार भुवनचन्द, बसुन्धरा भूषाल, चैत्यदेबि एवं देबिका बन्दना हुनुहुन्थ्यो भने कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, चलचित्र पत्रकार संघकाअध्यक्ष समीर बलामी, लोक दोहोरी प्रतिष्ठानका पूर्ब अध्यक्षद्धय दुर्गा रायमाझी, चन्द्र शर्मा, गायिका देबिका बन्दना, साहित्यकार दामोदर पुडासैनि, कलाकार उत्तम केसी, अभिनेत्री मोडल जेबिका कार्की, संस्कृतीकर्मी आर.सी. कोइराला, निर्देशक दीनेश कार्की, कलाकार गजीत विष्ट, मोडल मञ्जिता केसी, निर्देशक देवेन्द्र पाण्डे, अमर ओली, लिगेश भट्टराई, दिपेन्द्र तिमिल्सिना लगायत चलचित्रकर्मी एवं संगीतकर्मीहरुको उपस्थिति रहेको थियो ।
अवार्ड बिजेताहरुः उत्कृष्ट तीजगीत एरेञ्जर विनय कार्की क्षेत्री – तिमी म नाचौं उत्कृष्ट तीजगीत ध्वनी मिश्रण प्रकाश मिश्र – उनकै नाममा उत्कृष्ट तीजगीत छायाँकार मुकेश हुमागाई – के लाई पीर लीन्छौ उत्कृष्ट तीजगीत भिडीयो सम्पादक वीरेन्द्र भाटविपीन – रातो टिकैमा उत्कृष्ट तीजगीत नृत्य निर्देशक सुरेन्द्र वसेल – तीजको उमङ्ग उत्कृष्ट तीजगीत भीडीयो निर्देशक श्रीजन बराल– नाँचमायाले उत्कृष्ट तीजगीत मोडल (पुरुष) राहुल श्रेष्ठ – हवाइ जहाज चडेर उत्कृष्ट तीजगीत मोडल (महिला) कविता न्यौपाने – नाँच मायाले शिला गजुरेल– तीजको उमङ्ग (जुरी) मौलीक तीजगीत मोडल स्मारिका ढकाल– काली पसमकी उत्कृष्ट तीजदोहोरी गीत गायक राजेश बर्देवा – नाच छम्म छम्म उत्कृष्ट तीज दोहोरी गीत गायिका अञ्जना सरु – तिमी म नाचौं उत्कृष्ट तीजगीत शब्द सुमन बैरागी पण्डित– आएन परदेशी उत्कृष्ट मौलीक तीजगीत शब्द लोकराज अधिकारी – गम्कीदे मादलु उत्कृष्ट तीजगीत लय शुकदेव अधिकारी – नाँच मायाले उत्कृष्ट मौलीक तीजगीत लय प्रेम सापकोटा सानु – काली पसमकी उत्कृष्ट तीजगीत नव–गायिका संजीता खड्का– बालेनको शहर उत्कृष्ट तीजगीत गायिका शोभा पाण्डे – हरदिन पुजा गर्छु विन्दु बिसी – रातो टिकैमा (जुरी) उत्कृष्ट मौलीक तीजगीत गायिका एलीना चौहान– गम्कीदे मादलु
काठमाडौं – प्याजेन्ट नेपालको आयोजनामा यो बर्षको तिज महोत्सव द मल्ल होटलमा भव्य रुपमा सम्पन्न भएको छ । शोभा बुटिक होटल तथा राष्ट्रखबरको प्रस्तुतीमा आयोजित उक्त महोत्सवको समुद्घाटन प्रतिनिधि सभाका उपसभामुख ईन्दिरा रानाबाट भएको थियो ।
सांस्कृतिक चाडपर्वहरुको अवसर पारेर नेपाली कला संस्कृतिको प्रवद्र्धन गर्दै जाने उद्देश्य अनुरुप प्याजेन्ट नेपालले प्रत्येक वर्ष मनाउदै आएको तिज फेस्टिवलमा डेढ दर्जन बढि महिला उद्यमी अपाङ्गहरुद्धारा उत्पादिन खाद्यान्न,कपडा,घरेलु उत्पादनबाट उत्पादित वस्तुहरुको प्रदर्शनी स्टल राखिएको थियो । समारोहमा लायन्स क्लब अफ ड्रिम्सबाट रक्तदान कार्यक्रमको आयोजना गरिनुका साथै ओम समाज डेन्टल,ओम चावहिल डेन्टल,नेपाल भारत मैत्री अस्पताल तथा एएसजी आई केयरबाट निशूल्क स्वास्थ्य शिविर संचालन गरेका थियो ।
देश विदेशमा विभिन्न अवार्ड समारोह,फेशन शो सांस्कृतिक कार्यक्रम,पर्यटन प्रर्वद्धनका लागि गरिने विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आएको प्याजेन्ट नेपालले सो कार्यक्रममा ‘मिस एण्ड मिसेस तिज’ को समेत आयोजना गरेको थियो ।
करिब ४० जना भन्दा वढि प्रतियोगीहरुले भाग लिएको उक्त प्रतियोगिताम अविवाहित महिला तथा विवाहित महिलाहरुको सहभागिता रहेको थियो । विभिन्न उमेर समूहमा रहेको सहभागीहरु मध्येबाट विभिन्न शिर्षकमा उपाधी जितेका थिए । प्रतियोगीताका मुख्य निणार्यक कलाकार किरण केसी तथा अन्य निणार्यकहरु वरिष्ठ रेडियोलोजिष्ट डा.सुशिल जंग शाह, डर्माटोलोजिष्ट डा.अपर्णा शाह, ईन्टरनेशनल रनवे मोडल दिपक घिमिरे, गायिका सरस्वती खत्री ‘सुरसुधा’, हबिव्सका प्रमुख सेजल जलान, मुम्बईबाट आएकी चर्चित अन्तराष्ट्रिय मोडल ऐश्वर्य उपाध्याय तथा भारतिय वरिष्ठ संचारकर्मी एवं ईभेन्ट डाईरेक्टर सविता भारति राणाले विजेताहरुलाई उपाधीको प्रमाण पत्र तथा ताज पहिराईदिएका थिए ।यो वर्षको प्याजेन्ट नेपाल तिज महोत्सवको डायमण्ड मिसेस तिजको उपाधी लिला केसीले हात पार्न सफल भएकी छिन । उनलाई जुरी टिमले उपाधी तथा प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
विजेतालाई विभिन्न गिफ्ट ह्याम्पर समेत उपलव्ध गराईएको थियो । प्रतियोगीताको कोरियोग्राफी लविन अन्सारी र सुमी बानियाले गरेका थिए । भने कार्यक्रममा प्याजेन्ट नेपालकी सिईओ ममोथा बस्नेतको सत्यम शिवम् सुन्दरम बोलको नृत्यलाई दर्शक दिर्घाबाट निकै रुचाइएको थियो ।
कार्यक्रममा चर्चित कलाकारहरु आनन्द कार्की, गायिका मन्जु थापा, गायक सपन श्रेष्ठ, गायिका सरस्वती खत्री सुरसुधा, गायिका पूजन काफ्ले,गायिका सुजाता केसी,नृत्यङ्गना रोमा न्यौपाने,नृत्यङ्गना वर्षा कार्की तथा होचा पुड्का कलाकारहरुले आ आफ्नो प्रस्तुती दिएका थिए ।
कार्यक्रममा गायक आनन्द कार्की, कलाकार राजाराम पौड्याल,कलाकार शिवहरि पौडेल, संचारकर्मी श्रृजना वाग्ले,संचारकर्मी, नारायण प्रसाद अधिकारी, गायक विनोद ढकाल, गायक रामकृष्ण श्रेष्ठ,गायक रमेश पाठक, ईभेन्ट डाईरेक्टर सोनीतराज ढुंगेल, अभिनेता श्रीदेब भटराई,हिमानी ट्रष्टकी कानूनी सल्लाहकार अनिता केसी, ईभेन्ट डाईरेक्टर शान्ता कुमारी तामाङ्ग, कलाकार रोमा न्यौपाने, बलिवुडका सहायक निर्देशक एवं बलिवुड सेलीब्रेटी म्यानेजमेन्ट अनमोल सिंह ,संचारकर्मी एवं समाजसेवी डा.केवी सम्राट,ईभेन्ट डाईरेक्टर सुरज थापा, सौन्दर्यविद शिलाष्मा हमाल,कलाकार अर्जुन कार्की, ईभेन्ट डाईरेक्टर धिरज तण्डुकार, महिला उद्यमी निता केसी, शिक्षाकर्मी लक्ष्मण घिमिरे,नेपाली मूलका अमेरिकी शिक्षा विभाग (बिओडी) रामचन्द्र श्रेष्ठ, गल्फ कन्ट्रिका विजनेश टाईकुन नामले परिचित विष्णु प्रसाद पुडासैनी समाजसेवी यमुना श्रेष्ठ लगायतलाई प्रमुख अतिथी राना तथा विशेष अतिथीहरु पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनाल, नेपाली सेनाका वित्त प्रमुख सहायक रथि राजन अधिकारी, उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष भवानी राणा, एआईजी भिम प्रसाद ढकाल, विशिष्ठ समाजसेवी राव राजा विक्रम सिंह, लामा धर्म गुरु ग्याछो रिम्पोछेले सम्मान प्रदान गरेका थिए भने कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, पूर्व राजदुत महेश दाहाल,वरिष्ठ चिकित्सक रेश्मा राणा, सर्वोच्च अदालतका वरिष्ठ अधिवक्ता गणेश केसी,वरिष्ठ समाजसेवी प्रकाश कुंवर,पशुपति विकास कोष पूर्व कार्यकारी निर्देशक घनश्याम खतिवडा,नेपाली जनसम्पर्क मन्च तथा माईती ईण्डियाका अध्यक्ष बालकृष्ण पाण्डे, पत्रकार महासंघ काठमाडौं शाखा अध्यक्ष सुर्य सुवेदी, पत्रकार दिपक पुडासैनी,पत्रकार पवन तिमल्सिना, पत्रकार शोभा अर्याल,पत्रकार कमल राज भट्को विशेष उपस्थिति रहेको थियो ।
फेस्टिवलमा विभिन्न मोडलहरुले मौलिक पहिरनमा र्याम्प शो गरेका थिए । कार्यक्रमलाई चौधरी ग्रुप,नेपाल एयरलायन्स,राष्ट्रिय बाणिज्य बैंक,प्रभु बैंक, एनमबी बैंक,बेलिजा, रेडबुल,ओम समाज डेन्टल,हबिव्स,न्यू लाईक लुक्स, सिरेन रिसोर्ट नगरकोट,सिरेन डालिमा रिसोर्ट कुरिनटार,नुगा बेस्ट, ग्रिन ब्रिक्स, ओसिस व्यूटि स्पा, एसके ईन्टरटेनमेन्ट,सर्वहितेषी डेरी, पिडियु, बालुवाटार अर्गानिक, डर्मापरफेक्ट क्लिनिक,एएसजी आई केयर,सकल बायोईन्जाईम नेपाल, पौडेल ढाका उद्योग तानसेन ,प्रोजेक्टाईल तथा ग्रिनल्याण्ड ईन्ष्टिच्यूटको प्रायोजन रहेको थियो । कार्यक्रमबाट उठेको केहि रकम स्नेही काखमा हस्तान्तरण गरिने योजना रहेको आयोजक समितिका अध्यक्ष राज लुईटेलले जानकारी दिए ।
महोत्सवको आयोजक समितिमा प्याजेन्ट नेपालकी सिईओ ममोथा बस्नेत, वरिष्ठ समाजसेवी एवं महिला उद्यमी शोभा गुरुङ्ग, मोटिभेसनल स्पिकर पूर्ण लामा संस्थाका कानूनी सल्लाहकार दुर्गा प्रसाद पाण्डे, दिक्षा पुडासैनी, मुकेश बस्नेत रहेका थिए ।
तिज पर्व मनोरन्जन मात्र नभई सामाजिक सेवा पनि हो भन्ने सन्देश प्रवाह गर्नका निमित्त यस किसिमको आयोजना गरिएको शोभा गुरुङ्गले बताईन । कार्यक्रमको संचालन मिस नेपाल सुगारिका केसीले गरेकी थिईन । कार्यक्रमलाई सेभ द नेशन टेलिभिजन र राष्ट्रखबरबाट प्रत्यक्ष प्रसारण गरिएको थियो
काठमाडौं – कृषि विकास बैंक तेस्रो म्यूजिक खबर तीज म्यूजिक अवार्ड २०८१ मा गायिका सुनिता बुढा क्षेत्री र गायक सूर्य खड्का उत्कृष्ट गायक गायिका घोषित भए । गायिका सुनिता बुढा क्षेत्रीले ‘पाउँदिन म छोरी’ गीतबाट सर्वोत्कृष्ट गायिकाको अवार्ड चुम्न सफल भइन् भने गायक सूर्य खड्काले ‘सीताका माइती बुद्धका देश’बाट उत्कृष्ट गायकको अवार्ड चुम्न सफल भएका हुन् । अवार्ड कार्यक्रममा ‘सीताका माइती बुद्धका देश’ र ‘काली पसमकी’ गीतले ह्याट्रि«क गर्न सफल भए । ‘सीताका माइती बुद्धका देश’ गीतबाट सूर्य खड्का उत्कृष्ट गायक, विजय पुन उत्कृष्ट मोडल र दुर्गा पौडेल उत्कृष्ट छायाँकार घोषित भए । त्यस्तै ‘काली पसमकी’ गीतबाट प्रेम सापकोटा सोनु उत्कृष्ट गीतकार मौलिक तीज गीत, नवीन घर्ती मगर उत्कृष्ट भिडियो सम्पादक र स्मारिका ढकालले पपुलर म्यूजिक भिडियो मोडल अवार्ड चुम्न सफल भए ।
आर्टिष्ट अफ नेपालको प्रस्तुति एवं शुभकामना मिडिया सोलुसनको आयोजनामा भएको कृषि विकास बैंक तेस्रो म्यूजिक खबर तीज म्यूजिक अवार्डमा प्रतिनिधि सभा सदस्य एवं पूर्व मन्त्री पद्मा कुमारी अर्यालको प्रमुख आतिथ्यता रहेको थियो । अवार्डका अध्यक्ष सबिता पोखरेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि मा.पद्मा कुमारी अर्यालको हातबाट आ–आफ्नो क्षेत्रमा योगदान दिएका नारीहरुलाई सम्मान गरिएको थियो । अवार्ड कार्यक्रममा आर्टिष्ट अफ नेपाल त्रिरत्न नारी सम्मानबाट गायिका कुन्ती मोक्तान, गायिका लीलावती बुढा र गायिका पूर्णकला बिसीलाई सम्मान अर्पण गरिएको थियो ।
सोही कार्यक्रममा सौन्दर्यविद् सोनी कारञ्जितलाई आर्टिष्ट अफ नेपाल राष्ट्रि«य सौन्दर्यकला सम्मान अर्पण गरिएको थियो भने गीतकार गायिका थापालाई आर्टिष्ट अफ नेपाल राष्ट्रि«य स्रष्टा सम्मान प्रदान गरिएको थियो । गायिकाद्वय कालिका रोका र तृप्ति खड्कालाई आर्टिष्ट अफ नेपाल राष्ट्रि«य गायन सम्मान प्रदान गरिएको थियो भने मोडल टीका जैसीलाई आर्टिष्ट अफ नेपाल राष्ट्रि«य कला सम्मान प्रदान गरिएको थियो । पत्रकारद्वय शारदा थापा र कल्पना रेग्मीलाई आर्टिष्ट अफ नेपाल कला पत्रकारिता सम्मान प्रदान गरिएको थियो । त्यस्तै सौन्दर्यकर्मी उन्नती शर्मालाई आर्टिष्ट अफ नेपाल राष्ट्रि«य सौन्दर्यकला सम्मान प्रदान गरिएको थियो भने समाजसेवी उर्मिला पौडेल आचार्यलाई आर्टिष्ट अफ नेपाल राष्ट्रि«य सामाजिक सेवा सम्मान प्रदान गरिएको थियो ।
कृषि विकास बैंक तेस्रो म्यूजिक खबर तीज म्यूजिक अवार्डमा संगीतकार वीपी वाग्ले, गायिका शोभा पाण्डे र गीतकार डा.शिव सुवेदी निर्णायकको भूमिकामा थिए । सोही अवसरमा म्यूजिक खबर फाउन्डेसनको टिमको घोषणा गरिएको थियो । सबिता पोखरेलको अध्यक्षतामा स्थापना भएको म्यूजिक खबर फाउन्डेसनमा साहित्यकार राधेश्याम लेकाली, गीतकार लोकराज अधिकारी, संगीतकार सरोज कोइराला, गायिका मन्जु पौडेल, संगीतकर्मी बादल थकाली, निर्देशक प्रकाश भट्ट, गीतकार सुमन पण्डित रहेका छन् भने कानूनी सल्लाहकार राम भट्टराई रहेका छन् ।
अवार्ड कार्यक्रमको अवसर पारेर ‘म्यूजिक खबर फाउन्डसन’को आजीवन सदस्यता समेत प्रदान गरिएको थियो । गायिका सन्जु न्यौपाने, गायक हरिराम परियार, संगीतकार दिपक शर्मा, गायिका तथा मोडल रितु तामाङलाई आजीवन सदस्यताको प्रमाणपत्र प्रदान गरिएको थियो ।
यस अवार्डलाई कृषि विकास बैंकले मुख्य प्रायोजन गरेको छ । त्यस्तै गोकर्र्णेश्वर नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, बीजी मल, बीजी बैंकट, टोखा नगरपालिका, मनकामना वेभरेज, सफ्टी हाइजीन लगायत व्यवसायिक प्रतिष्ठानले अवार्डमा प्रायोजनको भूमिका खेलेका छन् ।
अवार्डमा सर्वोत्कृष्ट तीज दोहोरी गीत मिक्सिङ कृष्ण लामिछाने (दुःखी करिम), सर्वोत्कृष्ट तीज दोहोरी गीत संगीत संयोजक कृष्ण केसी (जिन्दगानी के रैछ), सर्वोत्कृष्ट तीज गीत नवप्रतिभा मोडल दिव्यानी वली (राजै), सर्वोत्कृष्ट तीज दोहोरी गीत शब्द विशाल क्षेत्री (सारीको आँचल), सर्वोत्कृष्ट तीज दोहोरी गीत संगीत भानुभक्त ढकाल (ढल्काएर छड्के तिलहरी)ले अवार्ड चुम्न सफल भए । त्यस्तै सर्वोत्कृष्ट तीज दोहोरी गीततर्फ जिन्दगानी चलेको छ जसोतसो गीतबाट शम्भू कुँवरले अवार्ड चुम्न सफल भए ।
सर्वोत्कृष्ट तिज गीत भिडियो मोडल महिलातर्फको अवार्ड नारायणी खत्रीले ‘आफ्नै पारामा’ प्राप्त गरिन् भने पपुलर मोडलको अवार्ड कालि पसमकी गीतबाट स्मारिका ढकालले चुम्न सफल भइन् । सर्वोत्कृष्ट तीज गीत भिडियो श्रृंगारको अवार्ड सरिता मगरले आउन राजा गीतबाट प्राप्त गर्न सफल भइन् भने सर्वोत्कृष्ट तीज गीत भिडियो कोरियोग्राफरको अवार्ड विक्रम चौहानले छमछमी नाचौं बरिलै गीतबाट प्राप्त गर्न सफल भए । त्यसैगरी सर्वोत्कृष्ट तीज गीत भिडियो निर्देशकको अवार्ड मै छोरीलाई गाह्रो भो गीतबाट स्मृति तिमिल्सिनाले प्राप्त गरिने भने सर्वोत्कृष्ट मौलिक तीज गीत मिक्सिङको अवार्ड कर्मैमा छैन गीतबाट कुमार रानाले प्राप्त गरे ।
त्यस्तै अवार्डमा सर्वोत्कृष्ट मौलिक तीज गीत संगीत संयोजनको अवार्ड भने झलक संगीतम्ले कर्मैले घुमायो गीतबाट अवार्ड चुमे । सर्वोत्कृष्ट तीज गीत मौलिक शब्दतर्फ प्रेम सापकोटा सोनुले ‘काली पसम कि’ गीतबाट अवार्ड चुम्न सफल भए । त्यस्तै सर्वोत्कृष्ट तीज गीत मौलिक संगीतको अवार्ड गम्किदे मादलुबाट सरोज कोइरालाले प्राप्त गरे भने सर्वोत्कृष्ट तीज गीत मौलिक गायिकाको अवार्ड करिम गीतबाट जानकी तारमी मगरले चुम्न सफल भइन् । त्यस्तै अभिनेत्री पनाह अधिकारीले मल्टिट्यालेन्ट मोडलको अवार्ड प्राप्त गर्न सफल भइन् । सर्वोत्कृष्ट मौलिक तीज गीत एलिना चौहानको मनको परेको मान्छेले प्राप्त ग¥यो भने सर्वोत्कृष्ट डायस्पोरा गीत संगीता थापा मगरको लै बरिलै लै बन्न सफल भयो । सर्वोत्कृष्ट डायस्पोरा गीतकारको अवार्ड लाली जोवन गीतबाट निर्मला राना मगरले चुम्न सफल भइन् भने जुरी अवार्ड मोडलतर्फको अवार्ड रितु तामाङले बबाल तीजबाट प्राप्त गरिन् ।
गीतसंगीतका विभिन्न २२ विधामा आयोजना भएको उक्त अवार्डमा गीतसंगीत क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । अवार्डलाई प्रिज्म टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेको थियो । कार्यक्रमलाई सेसेमी लिम्बुले संचालन गरेकी थिइन् ।
काभ्रेपलान्चोक – विगत १० वर्ष देखी पत्रकारिता क्षेत्रमा कृयासिल अरबिन्द्र गौतम सम्मानित भएका छन् । मण्डला राष्ट्रिय प्रतिभा सम्मान – २०८१ बाट काभ्रेका युवा पत्रकार अरबिन्द्र गौतम सम्मानित भएका हुन्। राष्ट्रिय नाचघर जमलमा मण्डला राष्ट्रिय प्रतिभा सम्मान – २०८१ बाट गौतमलाई युवा पत्रकारिता सम्मान प्रदान गरिएको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण कुमार चौधरी र वरिष्ठ कलाकार गौरी मल्लले युवा पत्रकारिता सम्मान प्रदान गरेका थिए । मण्डला राष्ट्रिय प्रतिभा सम्मान – २०८१ र सामरी इन्टरनेशनल अवार्ड २०२४ को अवसरमा अरबिन्द्र गौतमलाई युवा पत्रकारिता सम्मान प्रदान गरिएको हो ।
नेपाली कला, संस्कृति, साहित्य, राजनीति, गित संगित, राष्ट्रघात, जनघात, भ्रष्टाचार, कालोबजारी, यौनजन्य अपराध, कुरिती-कुसंस्कार लगायत सबैखाले विकृति विसङ्गतिका विषयमा सत्य तथ्य खबर निरन्तर रुपमा बाहिर ल्याउन यहाँले दिनुभएको योगदानको उच्च मुल्यांकन गर्दै मण्डला राष्ट्रिय प्रतिभा सम्मान – २०८१ को विशेष कार्यक्रमका अवसरमा गौतमलाई युवा पत्रकारिता सम्मान – २०८१ प्रदान गरिएको छ। काभ्रेको निकै विकट क्षेत्रको रुपमा चिनिने कोशिपारी चौबास घर भएका गौतम काभ्रे जिल्लाको पत्रकारितामा क्षेत्रमा एक सुपरिचित नाम हो भन्दा फरक नपर्ला, पछिल्लो समय पत्रकारिता क्षेत्रमा उनको सक्रियता निकै बढेको छ । उनी पछिल्लो समय विभिन्न भेग र बस्तीमा गएर पनि भिडियो डकुमेन्ट्री निर्माण गरिरहेका छन् ।
नव क्षितिज साप्ताहिकका सह-सम्पादक, काभ्रे प्रेस डट कमका प्रधान सम्पादक, राम्रो सन्देश डट कमका सह- सम्पादक साथै माउन्टेन टेलिभिजनका काभ्रे सम्बादाताको रुपमा पनि लामो समय पत्रकारिताको क्षेत्रमा रहेर काम गरेका थिए । नेशनल पावर न्युज लगायत अन्य थुप्रै मिडियामा आवद्ध रहेका उनि प्रेस चौतारी नेपाल काभ्रेका सह-सचिव पनि हुन् ।
उनले यस भन्दा अगाडि पनि धेरै सम्मानहरु प्राप्त गरिसकेका छन् । २०७५ सालमा सम्पन्न नाट्यश्वर म्युजिक अवार्डमा गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामबरण यादवको हात बाट कला पत्रकारिता सम्मान प्राप्त गरेका थिए भने गौरी शंकर च्छोरोल्पा मिडिया प्रा.लिको प्रथम वाषिर्कोत्सवको अवसरमा सञ्चार तथा सूचना प्रबिधी मन्त्री नेपाल सरकारका प्रबक्ता माननीय पार्बत गुरुङ र बरिस्ठ कलाकार मदनदास श्रेष्ठले नगद पाँच हजार पाँच सय पचपन्न रुपिया सहित मोफसल पत्रकारिता पुरस्कार बाट सम्मानित गरेका थिए ।
त्यस्तै २०७६ सालमा सम्पन्न ज्योति फिल्मस म्युजिक अवार्डमा पत्रकारिता सम्मान, एपिक नेपाल म्युजिक अवार्ड २०७६ को उत्कृष्ट ५ मनोनयनमा परेका गितहरु लाई प्रमाणपत्र वितरण समारोह तथा हाम्रो साझा हिमाल बोलको गित अनावरणको विशेष समारोहमा युवा पत्रकारिता सम्मान प्राप्त गरेका थिए भने नेशनल इन्टरटेनमेन्ट अवार्डमा मोफसल पत्रकारिता सम्मानको साथै भर्खरै सम्पन्न कर्पोरेट अनर अवार्ड २०२२ मा पत्रकारिता सम्मान प्राप्त गरेका थिए ।
त्यस्तै जिल्ला सहकारी संघ काभ्रेले जिल्ला कै उत्कृष्ट पत्रकारको रुपमा नगद पाँच हजार सहित बागमती प्रदेश संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले पत्रकारिता सम्मान प्रदान गरेका थिए । गौतमले यो लगायत थुप्रै संघ संस्था बाट पत्रकारिता सम्मान प्राप्त गरिसकेका छन् । उनले पछिल्लो समय विभिन्न ठाउँमा गएर नेपालको कला संस्कृति रितिरिवाज जातजाति धार्मिक लगायत बिषयहरुलाई समेटेर भिडियो डकुमेन्ट्री निर्माणको साथै निर्देशन र कार्यक्रम संयोजक भएर काम गरिरहेका छन् ।
काठमाण्डौ – छायाँछबि क्रियशनद्धारा आयोजित ११ औं संस्करणको छायाँछबि तीज म्युजिक अवार्ड २०८१ को अवसरमा चर्चित मोडल स्व. दिपाशा बि.सी.को स्मृतिमा यस वर्षदेखी छाँयाछवि दिपाशा स्मृति पुरस्कार प्रदान गरिने भएको छ । एघार हजार रुपैयाको नगद राशी, सम्मान पत्र, दोसल्ला सहितको छाँयाछवि दिपाशा स्मृति पुरस्कार यस बर्ष चर्चित मोडल तथा म्यूजिक भिडियो कलाकार संघको निवर्तमान अध्यक्ष अञ्जु निरौलालाई प्रदान गरिने भएको हो ।
त्यसैगरी ११ औं छायाँछबि तीज म्युजिक अवार्ड २०८१ मा मोडल सिम्रन दुलाल –कुसुम), पत्रकार बर्षा खनाल, गायिका बबिना भट्टराई, बरिष्ठ सौन्दर्यविद् चुनु थापा र लोक गायिका सञ्जु न्यौपानेलाई छायाँछबि तीज नारीद्धारा सम्मानित गरिने भएको छ । यो सम्मान आ–आफ्नो क्षेत्रलाई विशिष्ठ योगदान दिए बापत सम्मानित गर्न लागिएकोे आयोजक छायाँछबि क्रियशन अध्यक्ष शान्तिप्रियले बताएका छन् ।
नेपाली चलचित्र तथा गीत संगीतको प्रबद्र्धनमा बिगत लामो समयदेखी सक्रिय रहेको छाँयाछवि क्रियशनले नेपाली कलाकारिता क्षेत्रमा कार्य गर्दै आएका नयाँ तथा पुराना कलाकारहरुलाई सम्मान, प्रोत्साहन तथा हौशला प्रदान गर्दै आईरहेको छ । कार्यक्रम यहि भाद्र १८ गते काठमाण्डौ स्थित विजी बैंक्यूटमा सम्पन्न हुन गैरहेको छ।