काठमाण्डौ – “मायाँ लाउनै हतार भो”… आफ्नै शब्द,सङ्गीत र स्वरमा तयार गरिएको गायक एवम् मोडल हरिओम मङ्गोलले रोमान्टिक शैलीको डान्सिङ गीतको भर्खरै अडियो भिडियो सार्वजनिक गरेका छन् । केही समय अगाडि सन्तोष श्रेष्ठद्वारा सङ्गीतबद्ध ” हेर्न मन भेट्न मन ” गीतमा सुन्दर अभिनय गरेका हरिओम मङ्गोलले यसपटक आफ्नै गायन र अभिनय “मायाँ लाउनै हतार भो”… बोलको गीत भर्खरै सार्वजनिक गरेका छन् । युगल गायनमा रचना रिमालले साथ दिएकी छिन् ।
संयोगान्त भावमा लेखिएको गीतमा हेमन्त शिशिरको एरेन्ज, रेकर्डिङ र मिक्सिङ रहेको छ । प्राकृतिक रूपमा सुन्दर ठाउँहरूमा छायाङ्कन गरिएको म्युजिक भिडियोमा हरिओम मङ्गोल र रश्मिला तामाङको नृत्यसहितको अभिनय रहेकोे छ । म्युजिक भिडियोमा प्रकाश खड्काको छायाङ्कन, मिलन विश्वकर्माको कलरिङ्ग, लक्ष्मण चौहानको सम्पादन रहेको भिडियोलाई विक्रम चौहानले निर्देशन तथा नृत्य निर्देशन गरेका छन् । गीतको भिडियो हरिओम मङ्गोल युटुब च्यानलबाट सार्वजनिक गरेका छन् ।
काठमाण्डौ – विगत केही समयदेखि लोक गायनमा अगाडि बढिरहेकी गायिका घनमाया रानाको लोकदोहोरी गीत भर्खरै बजारमा आएको छ । सपनीमै देख्ने छैन… बोलको वियोगान्त भावको गीतमा विकास बिक्की रानाको शब्द, सन्तोष श्रेष्ठको सङ्गीत, धनमाया रानाको र विक्रम परियारको स्वरमा गीत रेकर्डिङ्ग स राजु कार्कीको एरेन्ज रहेको गीतमा श्यामश्वेत रसाइलीको सम्पादन रहेको छ ।
सपनीमै देख्ने छैन… बोलको गीतलाई असाध्यै सुन्दर तरिकाले छायाङ्कन गरिएको छ । गीतको म्युजिक भिडियोमा उदीत थापा र जानु गुरुङको अभिनय रहेकोे छ भने जीवन के.सी. र विकास बिक्की रानाको सहायक भूमिका रहेको म्युजिक भिडियोमा प्रकाश खड्काको छायाङ्कन, पदम सुबेदीको सम्पादन रहेको छ ।भिडियोलाई विकास बिक्की रानाले निर्देशन गरेका छन् । गीतको भिडियो जीवन के.सी. युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।
काठमाडौ – बिगतका वर्षहरु झै यो वर्ष पनि राजधानीमा एक कार्यक्रमको आयोजना गरि घुन्सा हेलिकप्टर दुर्घट्नाको सम्झनामा जलसम्पदा तथा वातावरण संरक्षण कोष नेपालले दुर्घट्नामा परी ज्यान गुमाएकाहरुको फोटोमा माल्यार्पण, दिप प्रज्वलित, एक मिनट मौनधारण गरि कार्यक्रम सम्पन्न गरेको छ । ताप्लेजुङको घुन्सा स्थित हेलिकप्टर दुर्घटना भएको १८ वर्ष पुरा भएको छ । उक्त दुर्घटनामा परी ज्यान गुमाएकाहरुको योगदानको स्मरण गर्दै असोज ७ गतेलाई राष्ट्रिय संरक्षण दिवसको रूपमा मनाउने गरिन्छ ।
जलसम्पदा तथा वातावरण संरक्षण कोष नेपालका अध्यक्ष पुष्पराज पाण्डेको सभापतित्वमा सम्पन्न आल्यार्पण कार्यक्रममा बरिष्ठ समाजसेवी प्रेमसिंह धामी, सनत कुमार गिरी, शिव खत्री, लक्ष्मण तामाङ, यसुधा पौडेल, शान्ति मगर लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । जलसम्पदा तथा वातावरण संरक्षण कोष नेपालले काठमाडौको रामकोट स्थित दुर्घट्नामा मृत्यु भएका स्वदेशी तथा विदेशी गरी २४ जनाको अर्धकदको शालिक स्थापना गरेको छ ।
विसं २०६३ असोज ७ गते भएको हेलिकोप्टर दुर्घटनामा तत्कालीन वन राज्यमन्त्री गोपाल राई, भूगोल तथा योजनाविद् डा. हर्क गुरुङ, संरक्षणविद् डा. तीर्थमान मास्के सहित २४ जना संरक्षणविद्ले ज्यान गुमाएका थिए । विश्व वन्यजन्तु कोष नेपालद्वारा आयोजना भएको कञ्चजंगा संरक्षण क्षेत्र आयोजना स्थानीय समुदायलाई हस्तान्तरण कार्यक्रममा भाग लिएर फर्कने क्रममा घुन्सास्थित फले पहाडमा हेलिकप्टर दुर्घट्नामा परेको थियो ।
काठमाडौं-नेशनल किड्स एण्ड टिन्स सुपरस्टारको ग्राण्ड फिनाले सम्पन्न भएको छ । प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेकी सचेतक सुनिता बरालको प्रमुख आतिथ्यता तथा सञ्चारकर्मी राजेन्द्र लुइँटेल (राज)को विशेष आतिथ्यतामा उक्त प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा किड्सबाट अनुष्का चौधरीले उपाधि जित्न सफल हुनुभएको थियो भने ब्वाइजबाट दिशान्त ताजपुरिया तथा टिन्सबाट सिमरन थापामगरले उपाधि जित्नुभएको हो । यसैगरी मस्ट पपुलरतर्फ किड्सबाट सयोना लामा, ब्वाइजबाट दिशान्त ताजपुरिया र टिनस्बाट सिमरन थापामगरले टाइटल जित्नुभयो ।
यस्तै किड्सबाट अन्सुमा थापामगर, ब्वाइजबाट नयन कारन्जित र टिन्स दिया रानामगरले पब्लिक च्वाइसको टाइटल जित्नुभयो । कार्यक्रममा गायिका पूजन काफ्ले तथा शान्ति तामाङले प्रस्तुति दिनुभएको थियो । सञ्चारकर्मी तथा इभेन्ट डाइरेक्टर सोनितराज ढुंगेल, सञ्चारकर्मी अरुणा श्रेष्ठ, एमएस इन्टरनेशनल तथा डान्सर सीता सुवेदी तथा मिस्टर नेपाल योगेश श्रेष्ठको निणार्यक टिमले प्रतियोगिताको निणार्यक भूमिका निर्वाह गर्नुभएको थियो ।
किड्स, टिन र व्वायज गरेर तीन क्याटगोरी रहेको प्रतियोगितामा कक्षा तीनदेखि नौसम्मका प्रतियोगीहरू रहेका थिए । काठमाडौं उपत्यकाका विभिन्न विद्यालयबाट छनौट भएका विद्यार्थीले ग्राण्ड फिनालेमा आ(आफ्ना प्रस्तुति प्रदर्शन गरेका थिए ।
ब्ल्याक बर्ड इन्टरटेनमेन्ट प्राइभेट लिमिटेडको आयोजनामा आयोजित उक्त प्रतियोगिताको प्रतियोगीलाई एक महिनाको विभिन्न लाभदायिक प्रशिक्षणपश्चात ग्राण्ड फिनालेमा उतारिएको थियो । सुमी बानियाँको कोरियोग्राफी रहेको प्रतियोगिताको कार्यक्रम संयोजन नृत्य निर्देशक सन्दीप भुजेलले गर्नुभएको थियो ।
बालबालिकाहरूका लागि नेपाली कला संस्कृतिको जानकारी दिनुका साथै उनीहरूको प्रतिभामा थप निखारता ल्याई कार्यक्रमको माध्यमबाट प्रतिभा प्रस्फुटन गर्नु संस्थाको उद्देश्य रहेको आयोजक प्रमुख सविना श्रेष्ठले जानकारी दिनुभयो । विजेतालाई विभिन्न संघसंस्थाबाट क्राउन, ट्रफीसहित विभिन्न गिफ्ट हृयाम्पर प्रदान गरिएको थियो ।
काठमाण्डौ - एभरग्रीन वल्र्डवाइड इन्टरटेन्मेन्टको राष्ट्रिय व्यक्तित्व सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम २०८१ भव्यरुपमा सम्पन्न भएको छ । एभरग्रीन वल्र्डवाइड इन्टरटेन्मेन्टले १२ औँ वर्ष प्रवेशको गौरवमय अवसरमा २०८१ भाद्र ३१ गते सोमबार चलचित्र विकास बोर्डमा आयोजना गरेको कार्यक्रममा चलचित्र, स्वास्थ्य, व्यवसाय, प्रिन्टिङ्ग प्रेस, पर्यटन, पत्रकारिता, गीत संगीत साथै विभिन्न क्षेत्रमा आफ्नो पहिचान बनाउनुभएका चार दर्जन भन्दा धेरै व्यक्तित्वहरुलाई दशक सम्मान, विशेष सम्मान र प्रोत्साहन सम्मानद्वारा सम्मानित गरिएको थियो ।
आयोजक संस्थाका अध्यक्ष लोकप्रिय हाँस्यकलाकार गोपाल ढकाल (छन्दे) ले संचालन गर्नुभएको उक्त कार्यक्रममा प्रमुख अतिथि विशिष्ट अभिनेता शिव श्रेष्ठ, विशिष्ट अतिथि चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दिनेश डि.सि, विशेष अतिथिहरुमा कलाकार तथा निर्देशक रमेश बुढाथोकी, नृत्य निर्देशक राजु शाह र अभिनेता, निर्देशक नवल खड्का रहनुभएको थियो ।
विभिन्न विधाका व्यक्तिहरुलाई सम्मान साथै नेपाली कला, मौलिक संस्किृतिको जगेर्ना गर्ने उद्देश्यले आयोजना भएको उक्त कार्यक्रममा चर्चित कलाकार तथा निर्देशक दिपाश्री निरौलालाई मायाको चिनो प्रदान गरिएको थियो भने सम्मानित हुनेहरुमा बिरेन्द्र हमाल कलाकार, अभिनय प्रशिक्षक, राजाराम पौड्याल विशिष्ट हास्यकलाकार, शिवहरि नेपाल (बैरागी) बरिष्ठ हास्यकलाकार, रामचन्द्र अधिकारी विशिष्ट चलचित्रकर्मी, उत्तम के.सी. नेपाल बिशिष्ट चलचित्रकर्मी, शिव ढकाल बरिष्ठ छायाँकार, नारायण प्रधान बिशिष्ट चलचित्रकर्मी, लक्ष्मण बिक्रम बस्नेत बिशिष्ट चलचित्रकर्मी, डाक्टर सुभाष घिमिरे वरिष्ठ दन्त चिकित्सक तथा समाजसेवी, पुकार भट्टराई बरिष्ठ कलाकार तथा निर्देशक, रवि डंगोल बरिष्ठ हास्यकलाकार, निर्मल राज पौडेल कलाकार, एड गुरु, विशिष्ट प्यारोडि गायक, पवन के.सी (सुबेदी) बरिष्ठ कलाकार, मन्जु श्रेष्ठ बरिष्ठ कलाकार, प्रा.डा रामनन्दन प्रसाद चौधरी बरिष्ठ बाल शल्य, बाल युरोलोजी शल्य चिकित्सक, पुष्पराज बाना नेपाली प्रिन्टिङ क्षेत्रका सिद्धहस्त व्यक्ति, कबीन्द्र प्रसाद श्रेष्ठ चर्चित गायक, तेज बहादुर कटुवाल शिक्षाकर्मी, सविन श्रेष्ठ चर्चित अभिनेता, सुरज गराच(यसराज) कलाकार, मोडल तथा फेशन कोरियोग्राफर, दिक्पाल कार्की कलाकार, मोडल तथा फेशन कोरियोग्राफर, विनोद ढकाल चर्चित गायक तथा संगीतकार, राजन थापा बरिष्ठ समाजसेवी, संचारकर्मी, नन्दलाल खरेल वरिष्ठ पत्रकार, सम्पादक, देवी पाण्डे कलाकार तथा पर्यटन व्यवसायी छिरिंग छोम्बेल शेर्पा कलाकार, गम्भिर बिष्ट कोरियोग्राफर, विष्णु सुवेदी बरिष्ठ पत्रकार, अशोक धिताल कलाकार तथा संचारकर्मी, सपन श्रेष्ठ गायक, डिलबहादुर तामाङ(डि.बि दोङ) निर्देशक,कलाकार, नारायण थापा गायक, प्रेमबहादुर कार्की अध्यक्ष हाईजेनिक वल्र्ड अर्गनाईजेशन, दिपक तामाङ कोरियोग्राफर, साबित्रा चिलुवाल गीतकार, कलाकार तथा निर्मात्री, आशा भुषाल कलाकार तथा मोडल, दिप कुलुङ्ग कलाकार तथा गीतकार, प्रेम बहादुर तामाङ गीतकार, युवा व्यवसायी, राजेश महर्जन युवा व्यवसायी तथा समाजसेवी, गोकुल सुवेदी कलाकार, शुशिला उप्रेती(बजु) कलाकार तथा संचारकर्मी, सुगत कारंजित कलाकार, सुरेश तिमल्सिना हाँस्यकलाकार, राजु कार्की कलाकार तथा व्यवसायी केदार खड्का व्यवसायी, सलिना कटुवाल नवकलाकार तथा समाजसेवी, दिप्सन चिलुवाल बाल कलाकार, रमेश कुमार बस्नेत गीतकार, दाउथ राई गायक, मेलिना राई व्यवसायी रहेका छन् ।
नौमती बाजा समुह बालाजुले कार्यक्रम अवधिभर रौनकता थपेको थियो भने उक्त कार्यक्रमलाई लाइफ ओके टेलिभिजनले प्रत्यक्ष प्रशारण गरेको थियो । नायक गजित बिष्ट, मोडल प्रतिक्षा काफ्ले साथै डान्स फिभर टिम, श्रमिक कला एकेडेमी, गायक कृष्ण भट्टराई, संस्थाका उपाध्यक्ष होमराज पौडेलको प्रस्तुति रहेको उक्त कार्यक्रममा कार्यक्रम आयोजक टिममा सल्लाहकार रामेश्वर जंग के.सी, सुनिल कटुवाल, उद्धवप्रसाद भट्टराई, संयोजक भानुभक्त ढकाल, व्यवस्थापक रामेश्वर बुर्लाकोटी सहजकर्ता नम्रता खरेल, सिकृता वस्ती(ढकाल), हर्क मान वाइबा(रिदम), स्विकृती वस्ती रहनुभएको थियो भने विभिन्न सहयोगी संधसंस्था व्यक्तिहरुलाई कदरपत्र, मायाको चिनो प्रदान गरिएको थियो ।
बिशेष सहयोगी दिन्सन शाह, तेजुला खतिवडा, गोपाल कृष्ण श्रेष्ठ लगायतलाई कदर पत्र प्रदान गरिएको थियो । छोटो मिठो तरिकाले भब्य रुपमा सम्पन्न भएको उक्त कार्यक्रमलाई सबैको साथ, सहयोग रहेको साथै प्रशंशायोग्य भएको प्रतिक्रिया पाएको र आगामी दिनहरुमा अझै भव्य कार्यक्रम आयोजना गर्ने कुरा आयोजक संस्थाका अध्यक्ष लोकप्रिय हाँस्यकलाकार गोपाल ढकाल(छन्दे)ले बताए ।
काठमाडौं– नेपाल कल्चर एण्ड फिल्म सेन्टर तथा एबिएम इन्डियाले काठमाडौंमा आयोजित एक समारोहमा विभिन्न व्यक्तित्वलाई इन्टरनेशनल एचिभर्स अवार्ड–२०२४ द्वारा सम्मान गरिएको छ । ब्रिटिश कलेज, थापाथलीमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने ५० विशिष्ट व्यक्तिहरूलाई सम्मानित गरिएको छ । यो पुरस्कार समारोहले नेपालमा र अन्तर्राष्ट्रिय स्तरमा विभिन्न पेशागत, सामाजिक, र सांस्कृतिक क्षेत्रमा योगदान दिने व्यक्तिहरूको पहिचान र सम्मान गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने आयोजक संस्थाको भनाइ छ ।
यसले नेपालको विभिन्न क्षेत्रका अभियन्ता, उद्यमी, कलाकार, सामाजिक कार्यकर्ता, तथा अन्य पेशागत क्षेत्रका प्रतिभाहरूलाई प्रोत्साहित गर्दै समाजमा सकारात्मक योगदान दिन प्रेरित गर्नेछ । कार्यक्रममा नारायण थापाद्वारा मनमोहक संगीतमय प्रस्तुतिहरू दिइएको थियो भने मिस यूनिभर्स नेपाल २०२४ को टप १५ फाइनलिस्ट, मिस पूजा द्वारा नृत्य प्रदर्शन पनि गरिएको थियो ।
कार्यक्रमको अन्त्यमा एबिएम इन्डियाका सीईओ अमोल भगतले समापन मन्तव्य व्यक्त गर्दै यो कार्यक्रमले नेपालमा उत्कृष्ट व्यक्तित्वहरूको पहिचान गरी, तिनीहरूको कामलाई समाजमा थप योगदान पुर्याउन प्रोत्साहित गर्न महत्वपूर्ण योगदान पुर्याएको धारणा व्यक्त गरे ।
यी हुन् अवार्ड विजेता माधव राज खरेल– वर्षको उत्कृष्ट निर्देशक कमल मुहम्मद– वर्षको उत्कृष्ट सामाजिक अभियन्ता दीपक भट्ट– वर्षको उत्कृष्ट युवा व्यवसायी मिलन गुरुङ– वर्षको उत्कृष्ट सीईओ गंगा ताम्राकार गुरुङ– नर्सिङ क्षेत्रमा उत्कृष्ट सेवा दीपिका देवकोटा– वर्षको उत्कृष्ट टारोट कार्ड रिडर यसोदा उप्रेती– वर्षको उत्कृष्ट खाद्य कम्पनी निशु कान्त झा– वर्षको उत्कृष्ट ब्यूटी रेगन्ट उमेश कुमार दनुवार– सामाजिक क्रियाकलापमा उत्कृष्ट योगदान गौरव सिटौला– वर्षको उत्कृष्ट जीवन प्रशिक्षक समीर खान– वर्षको उत्कृष्ट गीतकार शेखर रावल– सामाजिक क्रियाकलापमा उत्कृष्ट योगदानकर्ता बारुण कुमार झा– वर्षको उत्कृष्ट युवा नेता जय बहादुर बितालु– माइक्रो फाइनान्स क्षेत्रमा उत्कृष्ट नेतृत्व विजय जयरु– वर्षको उत्कृष्ट युवा पुरुष नेता चन्द्र आयर– वर्षको उत्कृष्ट सामाजिक कार्यकर्ता ममता शर्मा– वर्षको उत्कृष्ट महिला युवा नेता अश्विनी झा– वर्षको उत्कृष्ट कोरियोग्राफर आलेन घिमिरे– वर्षको उत्कृष्ट व्यवसायी प्रिज्योल भण्डारी– वर्षको उत्कृष्ट अभिनेता (वेब/टीभी शृंखला) क्षेम कुमारी भुर्तेल– वर्षको उत्कृष्ट महिला युवा नेता शद्दात रुस्सेल– वर्षको उत्कृष्ट मानव अधिकार अभियन्ता कमानी चौधरी– वर्षको उत्कृष्ट महिला नेता सुभाष प्रधान श्रेष्ठ– वर्षको उत्कृष्ट कार्यक्रम व्यवस्थापक जय करण महतो– कृषि क्षेत्रमा उत्कृष्ट उद्यमी डाक्टर नारिराम लुहार बिनोद– शिक्षा क्षेत्रमा उत्कृष्ट योगदानकर्ता शेखर लामा– वर्षको उत्कृष्ट निर्माता दिनेश खड्का– फिल्म क्षेत्रमा उत्कृष्ट योगदान शिक्षा सुनार– स्वास्थ्य क्षेत्रमा उत्कृष्ट योगदान राम सिंह तामाङ– वर्षको उत्कृष्ट मोडल धीरज तण्डुकार– वर्षको उत्कृष्ट कार्यक्रम निर्देशक सुझल बाम– वर्षको उत्कृष्ट प्रतिभावान मोडल कृतन गुरुङ– वर्षको उत्कृष्ट सामाजिक अभियन्ता सत्यम दास– वर्षको उत्कृष्ट युवा उद्यमी उज्वल कुमार श्रेष्ठ– वर्षको उत्कृष्ट फोटोग्राफी बिरेन्द्र झा– वर्षको उत्कृष्ट भोजपुरी गायक सेसेमी लिम्बु कुरुम्बाङ– वर्षको उत्कृष्ट उद्घोषक राहुल ठाकुर– वर्षको उत्कृष्ट सामाजिक अभियन्ता र प्रेरक वक्ता सुनिता कुँवर– वर्षको उत्कृष्ट ट्याटु कलाकार त्सेरिङ भुटिया– वर्षको उत्कृष्ट ध्वनि डिजाइनर लीला भट्टराई– फिल्म उद्योगमा उत्कृष्ट योगदान राजन खरेल - वर्षको उत्कृष्ट सिनेमाटोग्राफर उदेन थकुरी– वर्षको उत्कृष्ट मोडल
काठमाडौं – बक्स अफिस इन्टरनेशनल ग्रुपको आयोजनामा सम्पन्न १८ औ राम बहादुर (आरके) सुबेदी गोल्डकप सेभेन ए साईड खुला फुटबल प्रतियोगिताको उपाधि अजय एफसीले जितेको छ । तेन्जिङ चोक, बौद्ध स्थित इलाईट फुटसलमा भएको उपाधि भिडन्तमा अजय एफसीले मोलम एफसीलाई शून्यका विरुद्ध ३ गोलले हराउँदै उपाधि जितेको हो । अजय एफसीको जितमा कुशन श्रेष्ठले दुई गोल गर्दा सन्तलाल तामाङले थप एक गोल गरे ।
विजेता बनेको अजय एफसीले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्दा उपविजेता मोलम एफसीले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । व्यक्तिगत विधातर्फ अजय एफसी कै अनिष माझी उत्कृष्ट गोलरक्षक बन्दा अजय एफसी कै कुशन श्रेष्ठले सर्वाधिक गोलकर्ताको पुरस्कार हात पारे । त्यस्तै मोलमका सुरेश श्रेष्ठ प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी चुनिए भन्ने फियर पेलेको अवाड सेभेन एट एफसिले प्राप्त गरेको छ । देशभरिका कुल १०२ टिमबाट खुला छनोट गरेर ३२ टिमकि संयोजन गरि खेलाएको उक्त प्रतियोगिता अत्यन्तै रोचक रहेको थियो। प्रतियोगितामा फाइनलमा विभिन्न चलचित्रकर्मी ,उधमी ,पत्रकार समजसेवीहरुको उल्लेखनीय उपस्थित रहेको थियो।
उपस्थित हुन्ने सम्पुर्णले फुटसल इतिहासकै आकर्षक टर्फी ,नौकन्या,र नांङलोमा दियो बालेर धार्मिक परामपरा सैलिमा दिएको नगद पुरुषकारको उच्च प्रशंसा गर्नुभएको थियो।त्यसैगरी बक्स अफिस इन्टरनेसनल ग्रुपले आफ्नो तत्कालको टुनामेन्ड मंसिर २७ र २८ गते इलाइटमै ओपन च्यालेन्ज टेलिफिल्मकपको आयोजना मिति पनि सार्बजनिक गरेको कार्यक्रम अध्यक्ष आर के सुबेदिले बताए ।
काठमाडौं-नारद पोखरेलको नयाँ कृति ‘उर्वरा’ लोकार्पण गरिएको छ । काठमाडौंमा एक कार्यक्रमबीच नेपाल स्रष्टा समाजद्वारा आयोजित कार्यक्रममा उक्त औपन्यासिक कृतिको लोकार्पण गरिएको हो । अग्रज साहित्यिक पत्रकार नगेन्द्रराज शर्मा, कथाकार माया ठकुरीले उक्त कृति लोकार्पण गर्नुभएको थियो ।
उपन्यासमार्फत लेखकले प्रयोगसहित नयाँ सन्देश दिन खोजेको बताउँदै शर्माले सफलताको शुभकामना दिनुभएको थियो । कथाकार ठकुरीले शुभकामना दिँदै एउटा सर्जकले साहित्यका माध्यमबाट आफूलाई अभिव्यक्त गर्ने बताउनुभयो ।
कृतिमाथि पाठकीय टिप्पणी गर्दै अनुपमा रेग्मीले कुनै पनि उपन्यासलाई महाकाव्य बोकेको विधा भन्न मिल्ने जिकिर गर्नुभयो । उहाँले ‘उर्वरा’ आदर्शवादी उपन्यास भएको सुनाउनुभयो ।
उपन्यास समाजका अध्यक्ष शंकर भारतीले ‘उर्वरा’ले ५० वर्षअघिको र आजको समयलाई जोड्ने काम गरेको बताउनुभयो । यस्तै, उपन्यासकारका भाइ भेषराज पोखरेलले आफ्नो सारा परिवार साहित्यनिकट रहेको सुनाउनुभयो । दाजुको स्वभाव खरो भए पनि उपन्यासमा पाठकले कोमलता भेट्ने उहाँको भनाइ थियो । कृतिकार पोखरेलले उपन्यास जीवनजगत्को अभिलेख भएको बताउँदै साहित्यकार बी।पी।कोइरालासँगको छोटो सानिध्यले आफूलाई यसमा लाग्न प्रेरित गरेको सुनाउनुभयो ।
कार्यक्रममा समाजका संरक्षक पवन आलोक, साहित्यकार विधान आचार्य, गीतकार संघका अध्यक्ष वसन्त थापा, माधव विडारीलगायत व्यक्तित्वले आ(आफ्ना भनाइ राख्नुभएको थियो । पोखरेलका यसअघि ‘नयाँ बाटो’, ‘सिर्जना’ र ‘प्रतिघात’ जस्ता उपन्यास पाठकमाझ आएका छन् ।
काठमाण्डौ – स्पाईनी मुभिज प्रा.लि.ले भाद्र २७ गते राजधानी स्थित राष्ट्रिय नाचघरमा “चौथोे स्पाईनी ब्याबलर ईन्टरनेशनल फिल्म फेष्टिवल–२०२४” भब्य रुपमा सम्पन्न गरेको छ । कार्यक्रममा राष्ट्रिय विधामा ११ वटा र अन्तराष्ट्रिय विधामा ११ वटा गरि कुल २२ वटा विधामा अवार्ड समेत प्रदान गरेकोे थियो । देश तथा विदेशका चलचित्रहरुलाई एक आपसमा प्रतिष्पर्धा गराई कलाकारहरुलाई कला संस्कृतिका क्षेत्रमा अझै सक्रिय रहन प्रोत्साहन मिलोस भन्दै आयोजना गर्दै आईरहेको स्पाइनी ब्याब्लर इन्टरनेशनल फिल्म फेष्टिवल २०२४ को यो चौेश्रो संस्करण हो, यस संस्करणको लागि नेपालका अलवा भारत, दक्षिण अफ्रीका, अस्ट्रिया, फ्रांस, संयुक्त राज्य अमेरिका, श्रीलंका, अफगानिस्तान, डेनमार्क, हङ्कङ, आयरल्याण्ड, मोरक्को, ओमान, पाकिस्तान, रसिया, स्पेन, स्वीडन लगायत १७ वटा देशका ९५ भन्दा बढी पिचर लेन्थ, सर्ट लेन्थ, डकुमेन्ट्री लगायतका चलचित्रहरुको सहभागिता रहेको थियो । एरा प्रोडक्सन प्रा.लि. ले व्यवस्थापन गरेको उक्त कार्यक्रमको निर्देशक कमला जोशी हुन् ।
संस्थाका अध्यक्ष डा. हुस्नेद आजादको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा चर्चित गायक रुद्र शेखर शर्मा, पत्रकार अशेष अधिकारी, संगीतकार दिपक शर्मा, पत्रकार विष्णु सुवेदी, गीतकार गोविन्द भट्ट, छायाँकार राजन खरेल र कोरियोग्राफर सन्दिप कुमार भुजेल सम्मानित भएका थिए ।
चलचित्र निर्देशक माधव राज खरेल निर्णायक प्रमुख रहेको उक्त फेष्टिवल कार्यक्रममा अन्तराष्टिय निर्णायक सदस्यहरु तर्फ अभिनेता केदार प्रसाद घिमिरे, (नेपाल) चलचित्रकर्मीहरु अमोल भगत (भारत), शहादत रसोल बंगलादेश, म्याग्डोलिना कोभ्पास (बेलायत) र सन्तोष सुवेदी (नेपाल) थिए भने राष्ट्रिय तर्फका निर्णायक सदस्यहरुमा छायाँकार रविन आचार्य, निर्देशक जीवन थापा, गायिका सरिता भारती, प्रध्यापक यादव गिरी, कलाकार÷निर्माता ज्याक श्रेष्ठ, ड्रेस डिजाईनर दिल माया मगर, निर्णायक सदस्यका रुपमा रहेका थिए । निर्णायकहरुले राष्ट्रिय तथा अन्तराष्ट्रिय दुवै भाषाका फिचर फिल्म, सर्ट फिल्म र डकुमेन्ट्री फिल्म हेरेका थिए ।
कार्यक्रममा राष्ट्रिय क्याटेगोरी तर्फ लक्ष्मण सुबेदीको निर्माण तथा निर्देशन रहेको चलचित सतीदेवीले सर्वोत्कृष्ट चलचित्रको अवार्ड प्राप्त गर्यो भने निर्देशक लक्ष्मण सुनारले चलचित्र बुलाकी बाट सर्वोत्कृष्ट अवार्ड प्राप्त गरेका थिए त्यस्तै चलचित्र सतिदेबीबाट मल्लिका महतले अभिनय विधामा अवार्ड हात पारिन् । त्यस्तै चलचित्र नम्बरी सुन मार्फत संगीतकार सन्तोष श्रेष्ठले सर्वोत्कृष्ट संगीतकारको अवार्ड र सोही चलचित्रबाट जुरी मेन्सन अवार्ड निर्माता नरेश खातीले प्राप्त गरे ।
निर्देशक पुर्णकाजी ज्यापुले नेपाल भाषाको चलचित्र हिसिमती मार्फत सर्वोत्कृष्ट कल्चरल चलचित्रको अवार्ड प्राप्त गरे भने छोटा चलचित्र तर्फ सर्वोत्कृष्ट अभिनेताको अवार्ड चलचित्र परिवर्तन मार्फत अभिनेता प्रभण भुसालले प्राप्त गरे । त्यस्तै छोटा चलचित्र तर्फ नै चलचित्र छाँयाबाट सार्वोत्कृष्ट निर्देशक दिनेश कार्की, सिमाबाट सर्वोत्कृष्ट छाँयाकार सुजेश थापा, अन्तरवार्ता सर्वोत्कृष्ट निर्देशक जुरी मेन्सन अवार्ड प्रशन्न माली र होएर एम आईबाट सर्वोत्कृष्ट मेकअप आर्टिष्ट निर्मला चन्दले प्राप्त गरेका गरिन् ।
कार्यक्रममा ईन्टरनेशनल क्याटेगोरी तर्फ सर्वोत्कृष्ट चलचित्र रेड मार्फत रौनक विक्रम (नेपाल) ले प्राप्त गरे भने सर्वोत्कृष्ट जुरी स्पेशल मेन्सन अवार्ड चलचित्र लेट्स हाईड ईट ईन हिएर (साउथ अफ्रिका), सर्वोत्कृष्ट स्पाईरेशन अवार्ड चलचित्र रोमाद (ओमान), सर्वोत्कृष्ट छायाँकार चलचित्र रन फर युआर लाईफ (डेनमार्क), सर्वोत्कृष्ट स्कृष्ट द जब (अमेरिका), सर्वोत्कृष्ट छायाँकार जुरी स्पेशल मेन्सन अवार्ड चलचचित्र ला डेर डेस डेर (फ्रान्स), सर्वोत्कृष्ट इन्फरमेटिभ्स अवार्ड चलचित्र अ टाउन वालेड १९९५( आएरल्याण्ड), सर्वोत्कृष्ट हिस्टोरिकल अवार्ड चलचित्र ड्रिम्स अफ द पास्ट (रसिया), सर्वोत्कृष्ट इन्टरटेनिङ अवार्ड चलचित्र जिगोलो (अष्ट्रिया), सर्वोत्कृष्ट ईमोसनल अवार्ड चलचित्र ईष्टेल (स्पेन) र सर्वोत्कृष्ट डकुमेन्ट्री अवार्ड चलचित्र अक्रोश द हिमालय (स्वीडेन) लाई प्रदान गरिएको थियो ।
कार्यक्रममा बरिष्ठचलचित्र तथा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, बरिष्ठ सञ्चारकर्मी शान्तिप्रिय, नेपालको पहिलो महिला चलचित्र निर्देशक सुचित्रा श्रेष्ठ, अभिनेता गजित विष्ट, सञ्चारकर्मी कुवेर गिरी, सञ्चारकर्मी तथा गीतकार सुमन बैरागी, डब्बु क्षेत्री, सविता पोख्रेल, प्रकाश भट्ट, गायक अमृत खाती, सञ्चारकर्मी तुलशी गिरी भावुक, गायिका सुजाता केसी, समाजसेवी राजन थापा, गायक डेबिट शंकर, गायिका रोशनी रसाईली, इन्जिनियर रमेश शिव शंकर, कोरियोग्राफर लिगेश भट्टराई, गायक नारायन थापा, सञ्चारकर्मी प्रमोद डिजि, मोडल प्रतिक्षा काफ्ले, साउण्ड डिजाइनर मनोज परियार, संगीतकार राजेन्द्र बजगाई, कलाकार नम्रता खरेल, लगायतका बरिष्ठ कलाकर्मी तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा संगीतकार तथा गायक सन्तोष श्रेष्ठ, अमृत खाती र सुस्मा शाही लगायतका कलाकारहरुको सांगितीक प्रस्तुती रहेको थियो भने कार्यक्रमको सञ्चालन सेसेमी लिम्बुले गरेकी थिईन । कार्यक्रमा भिडियोग्राफी चुरो खबर टिमले गरेको थियो भने फोटोग्राफी राजन खरेलले गरेका थिए ।