काठमाडौं। नेपाली नारीहरुको महान चाड हरितालिका तिजको अवसर बजारमा दिनप्रतिदिन नयाँ नयाँ तिज गित सार्बजनिक हुने क्रम जारी छ । यसैक्रममा गायिका रचना रिमालले “बिलौना” बोलको नयाँ गित तिज गीत बजारमा आएको छ। रचना रिमाल युटुव च्यानल बाट भखरै मात्र बजारमा आएको तिज गीतमा रचनाको आफ्नो स्वरमा शब्द सिर्जना नारायण ज्ञवाली र संगित शिव हमालको रहेको छ।
राजेश घिमिरेको निर्देशनमा निर्माण भएको उक्त संगीत भिडियोमा कलाकार रचना रिमाल,बद्रि पङ्गेनी,पवित्र अधिकारी र अनुपा बिष्ट रहेका छन भने बाल कलाकारमा प्रवानजल क्षेत्री, मिलन बस्याल र आयुशि बस्याल अभिनय रहेको छ ।
काठमाडौं- नेपाल चलचित्र कलाकार संघकी संरक्षक श्रीमती बसुन्धरा भुसालको नेतृत्वमा नेपाल चलचित्र कलाकार संघको प्रतिनिधि मण्डलले सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङलाई सफल कार्यकालको शुभकामना प्रदान गरेको छ ।
मन्त्री गुरूङलाई वधाई तथा शुभकामना दिँदै संघका अध्यक्ष मोहन निरौलाले नेपाली चलचित्र उद्योग र पेशाकर्मीहरूको विविध पक्षको बारेमा जानकारी गराए ।
अध्यक्ष निरौलाले हाल पनि नेपाली चलचित्र २०२६ सालको ऐनमा सञ्चालन भएको र उक्त ऐनलाई संसोधन गर्न अघिल्लो सरकारले पहल गरेको र त्यस सम्बन्धमा चलचित्रसंग सम्बन्धित कलाकार संघसहितका ८ वटा संस्थाले चलचित्र विकास बोर्ड स्वायत्त हुनुपर्नेसहितको लिखित सुझाव दिएकोसमेत स्मरण गराए ।
सुझाव अनुसार ऐन संसोधन गरेर संसदबाट पास भएर ऐन बने नेपाली चलचित्र क्षेत्र र पेशाकर्मीहरूको संरक्षण एवं उत्थानमा सहयोग मिल्ने कुरामा उनले जोड दिए ।
यसैगरी निरौलाले विकास बोर्डमार्फत चलचित्र सम्बन्धित संघ-संस्थाहरूलाई वार्षिक रूपमा अनुदान दिन माग गर्दै विदेशी चलचित्रको आयातलाई न्यूनिकरण गरी नेपाली चलचित्रलाई प्रोत्साहन गर्न पनि माग गरे ।
उक्त अवसरमा चलचित्र विकास बोर्डअन्तर्गत रहेको चलचित्र कल्याणकारी कोषकी अध्यक्ष बन्सुन्धरा भुसालले सम्पूर्ण चलचित्रकर्मीहरूको उपचारमा कोषले सहयोग उपलब्ध गराउँदै आएकाले त्यसका लागि अक्षय कोषको रकममा वृद्धि गरिदिन अनुरोध गरे ।
उक्त प्रतिनिधि मण्डलमा कलाकार संघकी संरक्षक बसुन्धरा भुसाल, संघका अध्यक्ष मोहन निरौला, निवर्तमान अध्यक्ष रबिन्द्र खड्का, महासचिव सबिन श्रेष्ठ, सचिव रामेश्वर बुर्लाकोटी, कार्यकारिणी सदस्यहरू उद्वव भट्टराई, सरिता राजोपाध्याय, नम्रता खरेल थिए ।
काठमाण्डौ - चेलीत्रबेटी बेचबिखन तथा बलात्कार जस्तो जघन्य अपराधलाई निरुत्साहित गर्नका लागि जनचेतना मुलक गीत आएको छ दुख्यो आमा ऐया ऐया ।
सामाजिक जागरण एवम् अपराधलाई निरुत्साहित बनाउदै गीतका मार्फत सचेतना जगाउन यस खाले गीत निर्माण गरिएको बताइएको छ । गीतलाई अहिलेकी जल्दीबल्दी गायिका बेनिशा पौडेलले गाएकी छिन् भने दीपक शर्माको सङ्गीत रहेको छ । शब्द दीपिका भट्ट्ले लेखेकी हुन भने मिक्सिङ, मास्टरिङ्ग एबम् एरेन्ज भने देबेश राइले गरेका हुन ।
उक्त गीतको भिडियोको छायाँकन रामशरण उप्रेतीले गरेका हुन भने सम्पादन नहकुल खड्काको रहेको छ । भिडियोमा दीपिका भट्ट, गीता अधिकारी, सरु दाहाल, रेस्मा श्रेष्ठ, दीपक कोइराला, आरुश भण्डारी,सन्जु खत्री लगायतका कलाकारअले अभिनय गरेका छन ।
दीपिका इन्टरटेन्टमेन्ट यु ट्युब च्यानल बाट रिलिज गरिएको गीतको शब्द निर्देशन एवम अभिनय दीपिका भट्टकै रहेको छ । दुख्यो आमा ऐया ऐया बोलको यो गीतले सामाजिक जागरण ल्याउन मद्दत पुग्ने निर्देशक दीपिका भट्ट बताउछीन् ।
काठमाडौं – ऐतिहासिक चलचित्र ‘नालापानी’ साउन २५ गतेदेखि देशभर एकै साथ प्रदर्शन हुने भएको छ। रिमेश अधिकारी फिल्म प्रोडक्सन, वीर गोरखाली फिल्म, गङ्गा नारायण फिल्म र बिजीबी इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्र सोमबार बुढासुब्ब डिजिटलमार्फत ट्रेलर सार्बजनिक गरिएको हो ।
यस अघि साउन १८देखि देशभर यो चलचित्र प्रदर्शन गर्ने तय भएपनि एक साता पर सारेर अब साउन २५ गतेदेखि सिनेमाघरमा आउने भएको हो लेखक, निर्माता तथा निर्देशक रिमेश अधिकारीले जानकारी गराउनुभयो ।
चलचित्रको सह निर्माताान गणेश कार्की, कार्यकारी निर्मातामा घनेन्द्र थपलिया, एसोसिएट निर्मातामा सपन थापा र निर्माता मनोज शाक्य हुनुहुन्छ । चलचित्रमा अर्जुन जङ्ग शाही, सन्तोष पन्त, देशभक्त खनाल, दयाराम दाहाल, पुजना प्रधान, मनोज शाक्य, विशाल पहारी, सुवास गजुरेल, अच्युत गजुरेल, हिक्मत थपलिया, जनक बर्तौला, सरिता राजोपाध्याय, गीत विष्ट, साहिना भट्टराई, गीता अधिकारी, सुवर्ण थापालगायतका कलाकारको अभिनय छ । रामशरण उप्रेतीको छायांकन, रोशन श्रेष्ठको द्वन्द्व, कविराज गहतराजको नृत्य रहेको चलचित्रमा भिएफएक्स अच्युत गजुरेल र सम्पादन विपिन मल्लको छ । लेखन रिमेश अधिकारी/कृष्ण आचार्य र निर्माता/र्देशक रिमेश अधिकारी हुनुहुन्छ ।
‘‘नालापानी फिल्म सम्पूर्ण नेपालीको विरताको गाथा र गर्व गर्ने ईतिहास बोकेको फिल्म हो । फिल्मले नेपाली विरहरुको बहादुरिता बोल्ने छ र देश प्रेम बढाउने पुर्खाको योगदान र बलिदान बुझाउने छ । लामो समय र ठूलो लगानी खर्चिएको यो फिल्म बनाउनुको एउटै उदेश्य ईतिहास दस्तावेजीकरण गरेर आउँदा भावी पुस्तालाई ईतिहास जान्न बुझ्न सजिलो बनाइदिने छ’, निर्देशक अधिकारी भन्नुहुन्छ ।
काठमाण्डौ – चलचित्र गोर्खा वारियरका निर्माता एवम् समाजसेवी सुमन राई बिगत लामो समयदेखि बेलायतमा ज्वेलरी व्यबसायमा छन् । अनुग्रह बुलियन (ज्वेलरी) शोरुम सञ्चालन गर्दै आएका राईले तेस्रो शोरुमको रुपमा सोमबार ‘अनुग्रह बुलियन एण्ड डायमण्ड’ सञ्चालनमा लाएका छन् । प्लमस्टीड र अल्डरसटमा दुई वटा शोरुमको सफलता पश्चात बेलायतको अल्डरसटमै राईले अनुग्रहको तेश्रो आउटलेको रुपमा ‘अनुग्रह बुलियन एण्ड डायमण्ड’ को भव्य उद्घाटन गरेका छन् । यो उद्घाटन समारोहमा नेपालबाट समेत गोर्खा वारियरका निर्देशक एवम् लोकप्रिय निर्देशक मिलन चाम्स अतिथिका रुपमा सहभागी भएका छन् । यो ज्वेलरी शो रुमको त्यहाँकी मेयर मारा माकुनारुले औपचारिक उद्घघाटन गरेकी छिन् ।
बेलायतमा अनुग्रह बुलियनमार्फत आफ्नो छुट्टै स्थान बनाउन सफल सुमन राई र उनको टिमले ज्वेलरी क्षेत्रमा उल्लेख्य प्रगति गरेको भन्दै माराले नयाँ आउटलेटको सफलताको शुभकामना व्यक्त गरिन् । यसैगरी चलचित्र बर एन्ड बधुको नयाँ गीत तिमीसँगको भिडियो लोकापर्ण समारोह सम्पन्न गरे लगत्तै निर्देशक मिलन चाम्स बेलायत तर्फ उडेका थिए ।
शो उद्घाटन समारोहमा गोर्खा वारियरका निर्माता सुमन राईलाई अनुग्रहको तेश्रो शोरुमको लागि शुभकामना व्यक्त गरे । एउटा नेपालीले बेलायतमा प्राप्त गरेको यो सफलताले आफु निकै हर्षित भएको उनले बताए । यस्तै दुई वटा शोरुमको सफलतापछि आफुहरुले ग्राहकबाट पाएको अपार मायाँका कारण आज अनुग्रहको तेश्रो आउटलेको रुपमा ‘अनुग्रह बुलियन एण्ड डायमण्ड’ खोल्न आफुहरु सफल भएको यसका अध्यक्ष सुमन राईले बताए ।
बेलायतमा यसका अन्य शोरुमहरु पनि खोल्दै जाने योजना पनि उनले सुनाए । अनुग्रह कम्पनीमार्फत आफुहरुले आधिकारिक बिक्रेताको रुपमा बेलायतका लागि रोलेक्स घडीको विक्री वितरण सेवा सुरुगर्न लागेको पनि उनले जानकारी गराए । अनुग्रहण फाउन्डेसनका सँस्थापक अध्यक्ष पनि राई नै हुन् । यो फाउन्डेनमार्फत उनले नेपालमा लामो समयदेखि विभिन्न सामाजिक कार्यहरु गर्दै आएका छन् ।
काठमाण्डौ। राजु भट्टराईले पिरती नगरी लिएर आएका छन् । साउने झरी मायाको डोरी सुरमा सङ्गित भरी हो हो सुरमा सङ्गित भरी सङ्गितले जो कोहिको मन मुृटु छुन्छ । सङ्गित त्यो धुन हो जसको इसारा, अर्थ र भावहरुले हामीलाई आनन्दीत बनाउँछ अनि प्रेरणा पनि दिन्छ । पिरती नगरी नामको गित आफ्नै शब्द, सङ्गित र स्वरमा राजु भट्टराईले हामी माझ भर्खरै पस्केका छन् । गितलाई भट्टराईले आफ्नै शैलीमा प्रस्तुत गरेका हुन् । उनले शब्दमार्फत धेरै कुरा बताउन खोजेको गित सुन्दा भान हुन्छ । राजु भट्टराई कुशल डिजाइनर, प्रशिक्षक, लेखक, समाजसेवी हुन् । आगामी दिन अझै उत्कृष्ट गीत, सङ्गित लिएर आउने उनको भनाई छ । 'मलाई यसको प्रेरणा दिने अभिभावक, परिवार, सम्पूर्ण मित्रहरु हुन् । उहाँहरुलाई सम्मान र धन्यवाद दिन चाहन्छु' उनले उत्साहीत हुँदै भने ।
"मायाले हेर्यो नजर जोडी नफुकिने गरी
चरी झै उडि बादल पारी पिरतीनगरी ।
तिमीलाई साथ दिनेछु सधैँ छायाँ बनेर
तिम्रो मुस्कान जिवनको यो मायालाई छानेर ।"
उनको गितको हरेक शब्दमा गहनता र अर्थले भरिएको पाईन्छ ।
काठमाण्डौ - नेपाली गीत सङ्गीत र कलाकारिता क्षेत्रमा परिचित नाम हो गायक तथा सर्जक राजेन्द्र कुमार कार्की ,गायक तथा सर्जक चन्द्र शर्मा र चर्चित गायक अमृत खाती एबम् प्रत्यक्ष लोक दोहोरीको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाइसकेका गायिकाहरु सुस्मा शाही ठकुरी, सुनिता बागदास र सीमा थापाले ६० को दशकको लोकगीतको याद दिलाउने "दमौलीमा गेट" बोलको गीतलाई संयूक्त रुपमा सार्बजानिक गरेका छन्।
सुस्मा शाही ठकुरी अफिसियल युटुब मार्फत सार्बजनिक भएको उक्त गितको अडियो तर्फ लय राजेन्द्र कुमार कार्कीको रहेको छ भने शब्द सुस्मा शाही ठकुरी र राजेन्द्र कुमार कार्कीको रहेको छ।
उक्त गीतमा राजेन्द्र कुमार कार्की, अमृत खाती, चन्द्र शर्मा, सुस्मा शाही ठकुरी, सुनिता बागदास र सिमा थापाको आवाज रहेको छ भने गीतको संगीत संयोजन कृष्ण केसीले गरेका हुन् । सुमन रानाको रेकर्डिङ रहेको उक्त गीतलाई मारुनी रेकर्डिङ स्टुडियोका कुमार रानाको मिक्सिङ तथा मास्टरिङ रहेको छ ।
गीतको भिडियोलाई निर्देशक मौसम हिमालीले निर्देशन गरेका हुन् भने लोमस शर्मा र जुना बिश्वकर्माको उक्त गीतमा अभिनय गरेका छन् । उत्सव दाहालको छायांकन रहेको भिडियोमा शृङ्गार स्वस्तिका श्रेष्ठ र भिडियो सम्पादन मनोज कार्कीको
रहेको छ।
६० को दशक तिरै निकै चर्चाको शिखरमा रहेको उक्त गीतमा अहिले पनि नयाँ पन, रोमान्चक शब्द र सरल सङ्गीतको समिश्रण भित्र सङ्गीतप्रेमीहरुले भरपुर मनोरञ्जन लिन सक्नेछन।
काठमाडौं -‘नेपाली कला, संस्कृति हाम्रो पहिचान, संरक्षण प्रबद्र्धन गर्ने हाम्रो अभियान’ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै नेपाली कला, भाषा, सांगीतिक क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनका लागि क्रियाशील हुँदै कलाकर्मीलाई प्रोत्साहन एवं सम्मान गर्न जिनियस म्युजिक प्रा.लि.ले आफ्नो आफ्नो स्थापनाको दशौं वर्ष पूरा गरेको सु-अवसर पारेर ‘जिनियस म्युजिक अवार्ड’ स्थापना गरी २०७६ जेठ ११ गते प्रथम ‘जिनियस म्युजिक अवार्ड-२०७५’ सम्पन्न गरेको थियो । सोहि अनुरुप यस संस्थाले आफ्नो हरेक वार्षिकोत्सवको अवसरमा गीतसंगीतका लोकप्रिय श्रष्टालाई ‘जिनियस म्युजिक अवार्ड’द्वारा पुरस्कृत तथा सम्मान गर्दै आइरहेको छ र अहिले पाँचौ संस्करण गर्न लागेको हो ।
जिनियस म्युजिक प्रा. ली. ले स्थापनाको १६औं वार्षिकोत्सवको सु-अवसरमा आयोजना गरेको पाँचौ जिनियस म्युजिक अवार्ड-२०८० को मनोनयन सार्वजनिक भएको छ । ३६ बिधा समेटिएको यस अवार्डमा पप ,आधुनिक गीत,लोक तथा दोहोरी गीत,मौलिक गीत विधाका स्रष्टा र सिर्जना समाबेश गरिएको छ ।
अवार्ड कार्यक्रम एक भव्य समारोहको विच हुने भएको छ । उक्त कार्यक्रममा एक जना विशिष्ट कला साधकलाई दीर्घसाधना सम्मान,रजत सम्मान, पत्रकारिता पुरस्कार लगायत सम्मान तथा पुरस्कारहरु समेत प्रदान गरिने छ ।
उत्कृष्ट मनोनयनहरु:-
१.उत्कृष्ट गीतकार-पप तथा आधुनिक गीत
२.उत्कृष्ट संगीतकार – पप तथा आधुनिक गीत
३.उत्कृष्ट गायक – आधुनिक गीत
४.उत्कृष्ट गायिका – आधुनिक गीत
५.उत्कृष्ट नव गायक(लोक–पप तथा आधुनिक)
६.उत्कृष्ट नव गायिका (लोक–पप तथा आधुनिक)
७.उत्कृष्ट मोडल महिला – पप/आधुनिक गीत
८.उत्कृष्ट मोडल पुरुष – पप/आधुनिक गीत
९.उत्कृष्ट गीतकार
१०.उत्कृष्ट संगीतकार
११.उत्कृष्ट संगीत संयोजक
१२.उत्कृष्ट ध्वनी मिश्रण
१३.उत्कृष्ट गायक
१४.उत्कृष्ट गायिका
१५.उत्कृष्ट निर्देशक – लोक तथा आधुनिक गीत
१६.उत्कृष्ट युगल गायन पप तथा आधुनिक
१७.उत्कृष्ट लोक पप तथा लोक आधुनिक गायन
१८.उत्कृष्ट मोडल – पुरुष
१९.उत्कृष्ट मोडल – महिला
२०.उत्कृष्ट छायाँकार
२१.उत्कृष्ट भिडियो सम्पादक
२२.उत्कृष्ट भिडियो निर्देशक
२३. उत्कृष्ट शब्द – लोक तथा दोहोरी गीत
२४.उत्कृष्ट लय – लोक तथा दोहोरी गीत
२५.उत्कृष्ट गायक – लोक तथा दोहोरी गीत
२६.उत्कृष्ट गायिका – लोक तथा दोहोरी गीत
२७. उत्कृष्ट शृङ्गार
२८.उत्कृष्ट नव गायक/ गायिका – लोक तथा दोहोरी गीत
२९.उत्कृष्ट गायन -पप
३०.उत्कृष्ट नव मोडल – लोक तथा आधुनिक गीत
३१.उत्कृष्ट मोडल – लोक तथा दोहोरी गीत
३२. उत्कृष्ट मौलिक गायन
३३.उत्कृष्ट नृत्य निर्देशक
३४. उत्कृष्ट डायस्पोरा गीतकार
३५. उत्कृष्ट डायस्पोरा मोडल
३६. पब्लिक च्वाईस
काठमाण्डौ– नेपाल चलचित्र कलाकार संघ तथा नेपाल महर्षि वैदिक फाउण्डेसनको संयुक्त आयोजनामा ब्रह्मानन्द सरस्वती ग्राम दक्षिणकाली नगरपालिका १ मा वैदिक गतिविधि ध्यान एवं महर्षि योगासनको अभ्यास एवं जानकारी प्रदान गर्ने कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा ६९ चलचित्रकर्मीहरुको सहभागीता रहेको थियो । साथै यस फाउण्डेसनको दैनिक रुद्राभिषेक कार्यक्रममा समेत कलाकारहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा भाबातीत योग ध्यानका विभिन्न योगाशनका विषयमा चर्चा गरिएको थियो । काठमाण्डौको दक्षिणकाली नगरपालिकामा विश्वविख्यात धर्मगुरु महर्षि महेश योगीको नाममा स्थापना भएको उक्त नेपाल महर्षि बैदिक फाउण्डेशनले नेपालमा सनातनी धर्मको रक्षा गर्नुका साथै विभिन्न बैदिक सनातनी कार्यहरुमा आफुलाई क्रियाशिल गर्दै आईरहेको फाउण्डेशनका अध्यक्ष दीपकप्रकाश बास्कोटाले बताउनु भएको थियो । नेपाल चलचित्र कलाकार संघसंग यस्ता कार्यहरुमा सहकार्य गर्न पाउँदा आफुलाई खुशी लागेको बताउँदै निकट भविश्यमा यस्ता कार्यक्रहरुलाई निरन्तरता दिन कलाकार संघ संग अध्यक्ष बास्कोटाले आग्रह पनि गर्नु भएको थियो ।
उक्त कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका निवर्तमान अध्यक्ष रविन्द्र खड्का, बरिष्ठ उपाध्यक्ष शिवहरि बैरागी, सचिब रामेश्वर बुर्लाकोटी, सदस्यहरु गोपाल ढकाल छन्दे, नम्रता खरेल, पुकार भट्टराई , पवन केसी ,राजकुमार शाह एबम् दन्द्ध कलाकार संघका अध्यक्ष नारायण प्रधान, चलचित्र संघका उपाध्यक्ष गोपाल काजी कायस्थ, बरिष्ठ अभिनेत्री गौरी मल्ल, लय संग्रौला, कृष्ण शिवाकोटी, राकेश खडका, गीता अधिकारी बरिष्ठ संचारकर्मी शान्तिप्रिय, बिजयरत्न तुलाधर, गीता अधिकारी, निर्देशक माधब राज खरेल, पल्पसा डंगोल, तारा के सी,मान बहादुर थापा, सुनिल पुरी, श्रीदेव भट्टराई, आशा भुषाल, सविना कार्की, नानी काजी डंगोल, रमेश बज्राचार्य, यादव बैरागी, बिक्रम खड्का, बिपिनराज निरौला, ओमा कार्की, दिप श्रेष्ठ, सुरेन्द्र खड्का, कृष्णमंगल श्रेष्ठ, हरिलाल तामाङ्ग, मन महर्जन, मोति सुबेदी, कृष्ण मुरारी ढुगेंल, बद्री प्रसाद पुडासैनी, उमा कार्की, कृष्ण प्रसाद अधिकारी, दुर्गा नेपाल, देबेन्द्र कुँवर, मन्जु थापा, राम शरण कोईराला, जितेन तामाङ्ग लामा, हरी पथिक, सुगत कारन्जीत, बसुन्धरा पन्थी पौडेल, रमेश भण्डारी, भिमसेन बजगाई, डि बि दोङ्ग,रोशन तामाङ, सफल शर्मा, ओम ब कार्की,सन्तोष बस्याल,अमृत मान महर्जन,किरण शाही,राजु शाही,सवि खडका,कुमार ओझा,लगायतका कलाकर्मीहरुको बाक्लो उपस्थिती रहेको थियो ।
कलाकार संघले कलाकारहरुको रिफ्रेसमेन्टका लागी बेलाबखतमा यस्ता कार्यक्रमहरुको आयोजना गर्नु पर्ने धाराणा सहभागीहरूले राखेका थिए । कार्यक्रममा बोल्दै अभिनेत्री गौरी मल्लले नेपाल चलचित्र कलाकार संघ र नेपाल महर्षि बैदिक फाउण्डेशनले यस्ता कार्यक्रमहरु १÷२ घण्टाको मात्रै नभई १÷२ दिनको नै गर्नु पर्ने बताउनु भयो । पक्कै पनि यस्ता कार्यक्रमहरुलाई राम्रो संग बुझाउन सकेमा कलाकारहरु बढि लाभान्वीत हुन सक्ने अभिनेत्री मल्लले बताउनु भयो । फाउण्डेश्नका तर्फवाट सदिक्षा बासकोटाले स्वागत मन्तव्य ब्यक्त गर्नु भएको थियो भने भरतराज पौडेल र नीमराज अधिकारीले भाबातीत योग ध्यानका बारेमा कालाकारहरुलाई जानकारी दिनु भएको थियो ।
कलाकारहरुको कार्य ब्यस्तता र भागदौडले गर्दा कलाकारहरुको स्वास्थ्य तथा विचारमा आउने नकारात्मक भावनालाई वैदिक पद्धतिवाट तथा योग तथा ध्यानका माध्यमले सकारात्मक उर्जाको उजागर गर्ने उदेश्य कार्यक्रमले राखिएको नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिनु भएको छ । अध्यक्ष निरौलाले कार्यक्रममा सहभागी कलाकार, पत्रकार तथा चलचित्रकर्मीहरुलाई सहभागिताको लागी धन्यवाद प्रकट गर्दै नेपाल महर्षि बैदिक फाउण्डेशनसंग सहकार्य गर्न पाउँदा खुशी लागेको बताउनु भयो ।
नेपाल चलचित्र कलाकार संघले यस अघिपनि कलाकारहरुको व्यक्तित्व विकासका लागी योग ध्यान, जीवन विज्ञानका विभिन्न आयामहरु, बिमारी पर्दा अस्पतालमा लाग्ने औषधोपचारमा विशेष छुटका साथै ‘कलाकार र आम सञ्चार’ विचार गोष्ठि लगायतका विभिन्न विषयहरुमा कार्यक्रमहरुको संञ्चालन गर्दै आईरहेको छ ।
कार्यक्रममा २०८१– कार्तिक २२–२५ भृकुटिमण्डप, काठमाडौंमा हुने अतिरुद्र विश्वकल्याण बिराट महायज्ञ यज्ञका बारेमा समेत चर्चा भएको थियो ।
काठमाडौं– एरा प्रोडक्सनको प्रा.लि. को ब्यानरमा निर्माण भएको चलचित्र चिट्ठीको सिंहदरवार स्थित केन्द्रिय चलचित्र जाँच पास समितिको कार्यलयमा सेन्सर भएको छ । केन्द्रिय चलचित्र जाँच समितिबाट चलचित्रले पिजी सर्टिफिकेट पाएको छ । अब यो फिल्म १६ बर्ष मुनिका बालकालिकाले अनिवार्य रुपमा अभिभावकको साथमा मात्र हेर्न पाउने भएका छन् ।
कमेडी, सस्पेन्स तथा थ्रिलर जनरामा बनेको चलचित्रलाई संचारकर्मी समेत रहेकी निर्माता कमला जोशीले निर्माण गरेकी हुन् । माधव राज खरेलको लेखन र निर्देशन रहेको उक्त चलचित्रको प्रदर्शनी मिति भने केही दिन भित्रै सार्वजनिक गर्ने निर्माण पक्षले जानकारी दिएको छ । चलचित्रलाई हेरिसकेपछि राम्रो चलचित्र रहेको प्रतिक्रिया सेन्सर समितिका पदाधिकारीहरुले दिएका छन् ।
चलचित्र चिट्ठीमा प्रमुख कलाकारका रुपमा सञ्जित भण्डारी, खड्गबहादुर पुनमगर खवपु, गोपाल ढकाल छन्दे, नवराज थापा, मुस्कान लामा, प्रवण भुसाल, कञ्चन चालिसे, नम्रता खरेल पौडेल रहेका छन् भने विशेष भूमिकामा बरिष्ठ कलाकार मोहन निरौला, शान्तिप्रिय, श्रीदेव भट्टराई, रश्मि भट्ट, उद्धव भट्टराई, कृष्ण भट्टराई, डेविलसिंह राजपुत, राजन थापा, पुरुषोत्तम सानु, मुना निरौला, कविन्द्र त्रिपाठी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
चलचित्रमा सञ्चारकर्मी सरोज कोईरालाले संगीत भरेका छन् । चलचित्रमा शिव परियार, बेनिशा पौडेल, बसन्त अर्यालको स्वरमा रहेको छ । डा.कृष्णहरि बराल र कमला जोशी गीतकार रहेको चलचित्रमा एउटा शिवताण्डवसमेत रहेको छ, जसको संगीत संयोजन संगीतकार राजेन्द्र बजगाईँले गरेका हुन् ।
जीवन पराजुली एवम् राजन खरेलको छायाङ्कन, किरण दाहालको द्धन्द्ध निर्देशन, कृष्ण बहादुर कार्कीको निर्माण व्यवस्थापन, अमृत चापागाईँ पोस्टर एवम् साहिल खान प्रोमो डिजाइनरका रहेका छन् ।
चलचित्रलाई राजेश कुमारले सम्पादन गरेका हुन् भने समिर मियाँको भिएफएक्स रहेको छ । चलचित्रमा पुष्कर खत्रीको ब्याकराउण्ड म्युजिक स्कोर, मनोज परियारको साउण्ड मिक्सिङ तथा अमित श्रेष्ठको फाइभ इन वान साउण्ड मिक्सिङ रहेको छ ।