काठमाण्डौ – यही श्रावण ३२ गते रेडियो आहा प्रा. लि. १०४.५ मेगाहर्जको तेस्रो वार्षिकोत्सव कार्यक्रम आयोजना हुने भएको छ रेडियो आहाका अध्यक्ष र प्रवन्ध निर्देशक एवं प्रसिद्ध रेडियोकर्मी हेम सुवेदीले शनिबार एक प्रेस विज्ञप्ति प्रकाशित गरी सो कुरा जानकारी गराएका हुन् सुवेदीका अनुसार वार्षिकोत्सव डिल्लीबजार, कालिकास्थान स्थित अमृतभोगमा आयोजना हुने निश्चित भएको छ ।
विविध सांस्कृतिक कार्यक्रम सहित आयोजना हुने सो समारोहमा नेपाली साङ्गीतिक क्षेत्रका एकजना मुर्धन्य सर्जक र अर्का एकजना समाजसेवी समेत सम्मानित हुने कुरा थाहा भएको छ २ दशकसम्म रेडियो कान्तिपुरमा कार्यक्रम सञ्चालन तथा उत्पादन गरी कार्यक्रम प्रमुखको रुपमा समेत कुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्दै सर्वाधिक लोकप्रिय कार्यक्रम प्रस्तोताको रुपमा ख्याति आर्जन गरेका हेम सुवेदी बुम मिडिया प्रा. लि. का समेत संस्थापकरनिर्देशक हुन् । बुम मिडिया अन्तर्गत स्थापित आहा रेडियो स्थापनाको छोटो समयमै लाखौँ श्रोताको मनमा बस्न सफल भएको छ ।
हरेक दिन बिहान ५ बजेदेखि राती ११ बजेसम्म प्रसारण हुँदै आएको यस रेडियोले स्तरीय सूचना, समाचार, गीत (सङ्गीत, शिक्षा, स्वास्थ्यका साथै साहित्यिक, आर्थिक, राजनीतिक, सामाजिक, धार्मिक, जनसरोकार लगायत फरक फरक विधाका अन्तर्वार्ता एवं मनोरन्जनात्मक कार्यक्रमहरु प्रसारण गर्दै आएको छ ।
सुवेदीले काठमाण्डौ उपत्यका र उपत्यका बाहिरका ३० भन्दा बढी जिल्लाका गरी कूल १० हजार भन्दा बढी प्रशिक्षार्थीहरुलाई उद्घोषणको तालिम दिएका छन् । टेलिभिजन कार्यक्रम निर्मातारप्रस्तोता, विज्ञापन निर्माता, श्रेष्ठ स्टेज उद्घोषक सुवेदीले सरकारी एवं गैर सरकारीस्तरका २०० भन्दा बढी अन्तर्राष्ट्रिय(राष्ट्रियस्तरका पुरस्कार, सम्मान र अवार्डहरु समेत प्राप्त गरेका छन् । नेपाली साङ्गीतिक क्षेत्रका अधिकांश सर्जकरकलाकारहरुको वायोग्राफी खरर बोल्न सक्ने असाधारण स्मरणशक्ति भएका एक मात्र सञ्चारकर्मी हेम सुवेदीले त्रिभुवन विश्व विद्यालयबाट वाणिज्य शास्त्रमा स्नातकोत्तर उत्तीर्ण गरेका छन् ।
काठमाडौं । ग्लोरी टिन एण्ड किडस ट्यालेण्टसको प्रथम अडिसन गंगबुँ आत्मज्ञान स्थित कुक्कु रेष्टुरेष्ट एण्ड ईभेण्टमा सम्पन्न भएको छ । यस सौन्दर्य प्रतियोगिताको प्रथम अडिसन श्रावण १९ गते शनिवार सम्पन्न भएको हो। जसमा चर्चित गायक आनन्द कार्की, अन्र्तराष्ट्रिय कोरियोग्राफर तथा मोडल रोजिन शाक्य, गीतकार एवं समाजसेवी सत्यकला लामा , रोटरी क्लब अफ ज्ञानेश्वरकी सचिव तथा अटाईर बाई सृष्टिकी संस्थापक सृष्टि त्रिपाठी र गीतकार एवं समाजसेवी सत्यकला लामा र मिस गुरुङ्ग ईन्टरनेशनल पाचौं श्रृंखलाकी फर्ट रनर अप तारा गुरुङ्ग निर्णायक रहेका थिए । ग्लोरी टिन एण्ड किडस ट्यालेण्टसको दोस्रो ग्राण्ड अडिसन भदौं १ गते गरिने ग्लोरी मिडियाका अध्यक्ष एवं प्रबन्ध निर्देशक सरोज ओझाले बताए ।
नेपाल टेलिभिजनबाट बाल कार्यक्रम देखी हास्य टेलिश्रीङ्खला हुँदै मेगा इभेन्ट मानिने टेलिभिजन रियालिटी शो आयोजना साथै सहकार्यमा विविध इभेन्ट कार्यक्रम प्रस्तुत गर्दै आएको ग्लोरी मिडियाले बाल दिवस २०८१ को अवसर पारेर कार्यक्रम आयोजना गर्न लागेको हो । ७ देखी १८ बर्षसम्मका बालबालिकाहरुले कार्यक्रममा भाग लिन पाउने मिडियाले जनाएको छ । जसमा ७ बर्षदेखी १२ बर्ष उमेर समुहका बालबालिकाले किड्स ट्यालेण्ट र १३ देखी १८ बर्ष उमेरका बालबालिकाहरुले टिन ट्यालेण्टमा भाग लिन पाउनेछन । प्रतियोगीले १८ घण्टा बराबर करिब २० दिन अवधिको कोरियोग्राफीसहित व्यक्तित्व विकास, आत्मविश्वास, मोडलिङ, क्यामेरा फेस तथा टेलिभिजन कार्यक्रम संचालन लगायतका बिषयमा प्रशिक्षण प्राप्त गर्नेछन ।
काठमाडौं । ग्लोरी टिन एण्ड किडस ट्यालेण्टसको प्रथम अडिसन गंगबुँ आत्मज्ञान स्थित कुक्कु रेष्टुरेष्ट एण्ड ईभेण्टमा सम्पन्न भएको छ । यस सौन्दर्य प्रतियोगिताको प्रथम अडिसन श्रावण १९ गते शनिवार सम्पन्न भएको हो। जसमा चर्चित गायक आनन्द कार्की, अन्र्तराष्ट्रिय कोरियोग्राफर तथा मोडल रोजिन शाक्य, गीतकार एवं समाजसेवी सत्यकला लामा , रोटरी क्लब अफ ज्ञानेश्वरकी सचिव तथा अटाईर बाई सृष्टिकी संस्थापक सृष्टि त्रिपाठी र गीतकार एवं समाजसेवी सत्यकला लामा र मिस गुरुङ्ग ईन्टरनेशनल पाचौं श्रृंखलाकी फर्ट रनर अप तारा गुरुङ्ग निर्णायक रहेका थिए । ग्लोरी टिन एण्ड किडस ट्यालेण्टसको दोस्रो ग्राण्ड अडिसन भदौं १ गते गरिने ग्लोरी मिडियाका अध्यक्ष एवं प्रबन्ध निर्देशक सरोज ओझाले बताए ।
नेपाल टेलिभिजनबाट बाल कार्यक्रम देखी हास्य टेलिश्रीङ्खला हुँदै मेगा इभेन्ट मानिने टेलिभिजन रियालिटी शो आयोजना साथै सहकार्यमा विविध इभेन्ट कार्यक्रम प्रस्तुत गर्दै आएको ग्लोरी मिडियाले बाल दिवस २०८१ को अवसर पारेर कार्यक्रम आयोजना गर्न लागेको हो । ७ देखी १८ बर्षसम्मका बालबालिकाहरुले कार्यक्रममा भाग लिन पाउने मिडियाले जनाएको छ । जसमा ७ बर्षदेखी १२ बर्ष उमेर समुहका बालबालिकाले किड्स ट्यालेण्ट र १३ देखी १८ बर्ष उमेरका बालबालिकाहरुले टिन ट्यालेण्टमा भाग लिन पाउनेछन । प्रतियोगीले १८ घण्टा बराबर करिब २० दिन अवधिको कोरियोग्राफीसहित व्यक्तित्व विकास, आत्मविश्वास, मोडलिङ, क्यामेरा फेस तथा टेलिभिजन कार्यक्रम संचालन लगायतका बिषयमा प्रशिक्षण प्राप्त गर्नेछन ।
काठमाडौँ - साउन १९ , नेपाल डेरी एसोसिएसनले सुरु गरेको मोही अभियानमा संघीय कृषि तथा पशुन्छि विकास मन्त्री माननीय रामनाथ अधिकारीको साथ रहेको छ । दरबारमार्गको ओरिएन्ट क्याफेमा शुरु भएको रैथाने एग्रो प्रोडक्ट्स मेलामा प्रत्येक शनिबार बिहान ७ बजेदेखि बिहान १० बजेसम्म प्रत्यक्ष ठेकीमा मोही तुल्याई खुवाउने अभियानमा कृषि तथा पशुपंछी विकास मन्त्री माननीय रामनाथ अधिकारी स्वयं उपस्थित भई मोही तुल्याई साथ दिनुभएको कुरा एसोसिएसनका अध्यक्ष प्रल्लाद दाहालले बताए । मोही अभियानले देशैभरि रौनकता पाएको कुरा बताउँदै धेरै डेरी उद्योगहरुले ब्रान्डिङ गरी मोही बजारमा ल्याएको कुरा एसोसिएसनका महासचिव हेमचन्द्र खनालले बताए ।
आजभोलि एसोसिएसनले सुरु गरेको मोही अभियानका कारण विवाह, पार्टी, भोज,भतेर सबै शुभ कार्यमा मोहीले स्थान पाउने गरेको कुरा एसोसिएसनका सचिव शिवहरी आचार्यले बताए। उनले दर्पण ब्रान्डमा आफ्नो उत्पादन समेत सुरु गरेका छन् । हामी सबैले स्वदेशी उत्पादनलाई साथ दिइ हाम्रा हरेक शुभ कार्यक्रमहरूमा मोही अनिवार्य राख्दा त्यसले सबैलाई हौसला मिल्ने गर्दछ। नेपाल डेरी एसोसिएसनले विगत डेढ वर्षदेखि स्कुल, कलेज, सार्वजनिक कार्यक्रम सबैतिर मोही अभियान चलाइरहेको कुरा एसोसिएसनका उपाध्यक्ष दिप प्रसाद धमलाले बताए ।
एसोसिएसनले दूध तथा दुग्ध पदार्थ खपतको लागि विद्यालयमा उपभोग बढाउने उद्देश्यले कविता प्रतियोगिता, वक्तित्व कला प्रतियोगिता आदि विविध कार्यक्रम गर्ने गरेको कुरा एसोसिएसन सदस्य रविशरण थापाले बताए ।
काठमाडौँ । गायिका शान्ति श्री परियारको स्वरमा नयाँ तीज गीत ‘बैँस जोबन उम्रो’ सार्वजनिक भएको छ । डी आर सुजनको शब्द, सङ्गीत र आशिष् अविरलको एरेन्ज रहेको गीतमा जीवनमा दुःख सुख भनेको आइरहन्छ दुःखमा आत्तिने र सुखमा न मात्तिने नै जीवन यापनको सजिलो माध्यम हो भन्ने सन्देश दिन खोजिएको छ ।
डी आर सुजन, अञ्जली अधिकारी र सरस्वती खत्रीको अभिनय रहेको गीतको भिडियोमा नवराज उप्रेतीको सिनेमाटोग्राफी, विकास ज्ञवालीको सम्पादन र काजिस श्रेष्ठको कोरियोग्राफी रहेको छ ।
भिडियोलाई डी आर सुजनले नै निर्देशन गरेका हुन भने गीत डी आर सुजन कै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
Kathmandu l The first audition of Glory Teen and Kid's Talents is going to be held at Kuckoo Lounge and Event located in Atmagyan, Gongabu. The audition for this beauty pageant is going to be held on Saturday 19th of Shrawan from 10 am to 3:30 pm. Glory Media, which has been presenting children's programs from Nepal Television through comedy teleserials to television reality shows which are considered as mega events, as well as various event programs in collaboration, is going to organize a program on the occasion of Children's Day 2081. According to the media, children from 7 to 18 years old can participate in the program. Children in the age group of 7 to 12 years will be able to participate in Kids Talent and children in the age group of 13 to 18 years will be able to participate in Teen Talent. The contestants will receive training in personality development, confidence, modeling, camera face and television program hosting along with choreography for about 20 days.
Under the competition, the training will start for 18 hours after the first audition and the grand finale program will be held on the occasion of National Children's Day on 29th of Bhadra, Chairman and Managing Director of Glory Media Saroj Ojha said that international choreographer Rosin Shakya will be the main choreographer in the program.
‘This is not only a beauty pageant, but also a preparation for the production of television programs involving children and adults. Therefore, this competition will be different from other pageant shows and we are trying to advance the concept of child-friendly show through this competition’ Ojha said,highlighting the purpose of organizing the program.
‘Glory has collaborated with organizations and companies such as World Touch Tours and Travels, Lhotse Thakali, Global Online Pay, Aventos Nepal, Model Songs Nepal, Rajya Media Network, etc, some big companies, organizations active in the field of children's rights, educational institutions and related umbrella organizations, parent-related organizations, etc., can join the competition as sponsors and partners’ Ojha said.
The winner of the competition will receive 25,000 in cash, the first runner-up will get 15,000 and the second runner-up will be given 10,000 in cash as a prize. Also, the winners of the program will be able to host a special episode for children in the fortnightly awareness program presented by Glory Media on NTV News at 9:15 on Wednesday night.
Devil Singh Rajput, CEO of the partner company rajya Media Network, said that he is confident about the Glory Teen and Kid's Talents will also voice the rights of children which is being organized by Glory Media on the occasion of Children's Day.
Glory Media has launched children's program Baal Awaaz, comedy teleseries Kura Matra Bho, cooking reality show College chef Icon, Peace & family special program Adarsh Parivar, and currently presenting program Sachetana on NTV News. Also media house has worked as a partner in successful events such as Next Super Model, The mom, face of the Nation, Super Plus Size Model, The Designer Runway etc.
काठमाडौं – लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सकृय एक संगीत साधक नारायण थापाको स्वर र संगीतमा आधुनिक गीत ‘तिमिलाई नै’ को भिडियो सार्वजनिक भएको छ । पत्रकार डब्बु क्षेत्रीको शब्द रचना रहेको उक्त गीतको भिडियो आखाले हेर्ने भन्दा पनि मन मष्तिस्कले रुचाउने रहेको छ । शब्द, संगीत र स्वरको तालमेलसंगै संगीत संयोजन उत्कृष्ट रहेको छ ।
कलाकार यसराज गराच र प्रतिक्षा काफ्लेको अभिनय रहेको तिमिलाई नैबाट आत्मसन्तुष्टि मिलेको गायक तथा संगीतकार नारायण थापा बताउछन । तिमिलाई नैको भिडियोमा कृष्ण रसालको कोरियोग्राफर, वीरेन्द्र भाट ‘विपिन’को सम्पादन, प्रविण सुवेदीको छायांकन र डब्बु क्षेत्रीको निर्देशन रहेको छ ।
एक पछि अर्को सांगीतिक सिर्नना श्रोता माझ पस्कदै आईरहेका गायक, संगीतकार नारायण थापाका आधा दर्जन गीतको भिडियो निर्माणको क्रममा रहेको छ ।
काठमाडौं । ग्लोरी टिन एण्ड किडस ट्यालेण्टसको प्रथम अडिसन गंगबुँ आत्मज्ञान स्थित कुक्कु रेष्टुरेष्ट एण्ड ईभेण्टमा हुने भएको छ । यस सौन्दर्य प्रतियोगिताको लागि श्रावण १९ गते शनिवार विहान १० बजेदेखी ३:३० बजेको समयसम्म अडिसन हुन लागेको हो । नेपाल टेलिभिजनबाट बाल कार्यक्रम देखी हास्य टेलिश्रीङ्खला हुँदै मेगा इभेन्ट मानिने टेलिभिजन रियालिटी शो आयोजना साथै सहकार्यमा विविध इभेन्ट कार्यक्रम प्रस्तुत गर्दै आएको ग्लोरी मिडियाले बाल दिवस २०८१ को अवसर पारेर कार्यक्रम आयोजना गर्न लागेको हो । ७ देखी १८ बर्षसम्मका बालबालिकाहरुले कार्यक्रममा भाग लिन पाउने मिडियाले जनाएको छ । जसमा ७ बर्षदेखी १२ बर्ष उमेर समुहका बालबालिकाले किड्स ट्यालेण्ट र १३ देखी १८ बर्ष उमेरका बालबालिकाहरुले टिन ट्यालेण्टमा भाग लिन पाउनेछन् । प्रतियोगीले १८ घण्टा बराबर करिब २० दिन अवधिको कोरियोग्राफीसहित व्यक्तित्व विकास, आत्मविश्वास, मोडलिङ, क्यामेरा फेस तथा टेलिभिजन कार्यक्रम संचालन लगायतका बिषयमा प्रशिक्षण प्राप्त गर्नेछन् ।
प्रतियोगिता अन्तर्गत प्रथम अडिसन पस्चात् १८ घण्टाको लागि प्रशिक्षण शुरु हुनेछ भने भाद्र २९ गते राष्ट्रिय बाल दिवसको अवसरमाझ ग्राण्ड फिनाले कार्यक्रम आयोजना गरिने ग्लोरी मिडियाका अध्यक्ष एवम् प्रबन्ध निर्देशक सरोज ओझाले जानकारी दिएका छन् । कार्यक्रममा अन्तरराष्ट्रिय कोरियोग्राफर रोजिन शाक्य मुख्य कोरियोग्राफर रहने पनि उनले बताए ।
‘यो सौन्दर्य प्रतियोगिता मात्रै नभई बृहद र बाल सहभागितामुलक टेलिभिजन कार्यक्रम निर्माणको तयारी पनि हो । त्यसैले यो प्रतियोगिता अन्य प्याजेन्ट शो भन्दा भिन्न हुनेछ र हामी बालबालिकामैत्री शोको अवधारणालाई अगाडि बढाउने प्रयत्न यसै प्रतियोगिता मार्फत गर्दैछौँ’ ओझाले कार्यक्रम आयोजनाको उदेश्य माथि प्रकाश पार्दै भने ।
ग्लोरीले कार्यक्रमका लागि वर्ल्ड टच टुर्स एण्ड ट्राभल्स, ल्होत्से थकाली, ग्लोबल अनलाईन पे, एभेन्टोज नेपाल, मोडल सङस नेपाल, राज्य मिडिया नेटवर्क लगायतका संस्था तथा कम्पनीहरुसँग सहकार्य गरेको छ भने सहकार्य साझेदारहरु थप गरिदै लगिने पनि जनाएको छ । प्रतियोगितासँग केही ठुला कम्पनीहरु, बालबालिकाको अधिकारको क्षेत्रमा कृयाशिल संघ संस्था, शिक्षालय तथा सो सम्बद्ध छाता संस्था,अभिभावक सम्बद्ध संस्था आदी समेत प्रायोजक र साझेदारका रुपमा जोडिन सक्ने बाटो खुला रहेको ओझाले बताए ।
प्रतियोगिताका उपाधी विजेतालाई नगद २५ हजार, फर्स्ट रनर अपलाई १५ हजार र सेकेण्ड रनर अपलाई १० हजार नगदसहित पोखरा जाने आउने टुरिष्ट बसको टिकट उपलब्ध गराइनुका साथै अन्य गिफट् ह्याम्पर प्रदान गरिने छ । त्यसो त कार्यक्रमका विजेताहरुले ग्लोरी मिडियाले एनटिभि न्युजमा बुधबार राती ९:१५ मा प्रस्तुत गर्दै आएको पाक्षिक कार्यक्रम सचेतनामा बालबालिका बिशेष ईपिसोड संचालन गर्न पाउनेछन् ।
बाल दिवसको अवसर पारेर ग्लोरी मिडियाको आयोजनामा हुन लागेको ग्लोरी टिन एण्ड किडस ट्यालेण्टसले बालबालिकाहरुको अधिकारलाई समेत मुखरित गर्नेमा आफु विश्वस्त रहेको साझेदार कम्पनी राज्य मिडिया नेटवर्कका सिईओ डेभिल सिँह राजपुतले बताए ।
टेलिभिजन कार्यक्रमतर्फ बाल कार्यक्रम बाल आवाज, हास्य टेलिश्रीङ्खला कुरा मात्र भो, कुकिङ रियालिटी शो कलेज सेफ आईकन, शान्ती तथा परिवार बिशेष कार्यक्रम आदर्श परिवार हुँदै हाल पनि एनटिभी न्युजमा कार्यक्रम सचेतना प्रस्तुत गर्दै आएको ग्लोरीले इभेन्टतर्फ फेस अफ नेशन, द मम्, सुपर प्लस साईज मोडल, नेक्स्ट सुपर मोडल लगायतका सफल इभेन्टहरुमा साझेदार रहि कार्य गरेको छ ।
काठमाडौं। नेपाली नारीहरुको महान चाड हरितालिका तिजको अवसर बजारमा दिनप्रतिदिन नयाँ नयाँ तिज गित सार्बजनिक हुने क्रम जारी छ । यसैक्रममा गायिका रचना रिमालले “बिलौना” बोलको नयाँ गित तिज गीत बजारमा आएको छ। रचना रिमाल युटुव च्यानल बाट भखरै मात्र बजारमा आएको तिज गीतमा रचनाको आफ्नो स्वरमा शब्द सिर्जना नारायण ज्ञवाली र संगित शिव हमालको रहेको छ।
राजेश घिमिरेको निर्देशनमा निर्माण भएको उक्त संगीत भिडियोमा कलाकार रचना रिमाल,बद्रि पङ्गेनी,पवित्र अधिकारी र अनुपा बिष्ट रहेका छन भने बाल कलाकारमा प्रवानजल क्षेत्री, मिलन बस्याल र आयुशि बस्याल अभिनय रहेको छ ।
काठमाडौं- नेपाल चलचित्र कलाकार संघकी संरक्षक श्रीमती बसुन्धरा भुसालको नेतृत्वमा नेपाल चलचित्र कलाकार संघको प्रतिनिधि मण्डलले सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङलाई सफल कार्यकालको शुभकामना प्रदान गरेको छ ।
मन्त्री गुरूङलाई वधाई तथा शुभकामना दिँदै संघका अध्यक्ष मोहन निरौलाले नेपाली चलचित्र उद्योग र पेशाकर्मीहरूको विविध पक्षको बारेमा जानकारी गराए ।
अध्यक्ष निरौलाले हाल पनि नेपाली चलचित्र २०२६ सालको ऐनमा सञ्चालन भएको र उक्त ऐनलाई संसोधन गर्न अघिल्लो सरकारले पहल गरेको र त्यस सम्बन्धमा चलचित्रसंग सम्बन्धित कलाकार संघसहितका ८ वटा संस्थाले चलचित्र विकास बोर्ड स्वायत्त हुनुपर्नेसहितको लिखित सुझाव दिएकोसमेत स्मरण गराए ।
सुझाव अनुसार ऐन संसोधन गरेर संसदबाट पास भएर ऐन बने नेपाली चलचित्र क्षेत्र र पेशाकर्मीहरूको संरक्षण एवं उत्थानमा सहयोग मिल्ने कुरामा उनले जोड दिए ।
यसैगरी निरौलाले विकास बोर्डमार्फत चलचित्र सम्बन्धित संघ-संस्थाहरूलाई वार्षिक रूपमा अनुदान दिन माग गर्दै विदेशी चलचित्रको आयातलाई न्यूनिकरण गरी नेपाली चलचित्रलाई प्रोत्साहन गर्न पनि माग गरे ।
उक्त अवसरमा चलचित्र विकास बोर्डअन्तर्गत रहेको चलचित्र कल्याणकारी कोषकी अध्यक्ष बन्सुन्धरा भुसालले सम्पूर्ण चलचित्रकर्मीहरूको उपचारमा कोषले सहयोग उपलब्ध गराउँदै आएकाले त्यसका लागि अक्षय कोषको रकममा वृद्धि गरिदिन अनुरोध गरे ।
उक्त प्रतिनिधि मण्डलमा कलाकार संघकी संरक्षक बसुन्धरा भुसाल, संघका अध्यक्ष मोहन निरौला, निवर्तमान अध्यक्ष रबिन्द्र खड्का, महासचिव सबिन श्रेष्ठ, सचिव रामेश्वर बुर्लाकोटी, कार्यकारिणी सदस्यहरू उद्वव भट्टराई, सरिता राजोपाध्याय, नम्रता खरेल थिए ।