entertainment
||Power News Asia||

आजको समाचार

मिस्टर एण्ड मिस लिटल कोशीको विराटनगर अडिसन भव्य रुपमा सम्पन्न

मनोरञ्जन


विराटनगर । सातौं संस्करणको मिस्टर एण्ड मिस लिटल कोशी प्रतियोगिताको विराटनगरको अडिसन भव्य रुपमा  सम्पन्न भएको छ । जय मिडिया मेनेजमेन्ट प्रालिको आयोजनामा सुरु भएको उक्त प्रतियोगिताको विराटनगरमा भएको पहिलो अडिसनमा ५० भन्दा बढी बालवालिकाहरुको सहभागिता रहेको थियो । 
प्रतियोगिताको अर्को अडिसन सुनसरीको इटहरीमा आउने शनिबार भदौ ८ हुनेछ ।  इटहरीपछि धरानमा भदौ १५ गते अडिसन हुने जय मिडिया मेनेजमेन्ट प्रालिका अध्यक्ष जय राज रायले जानकारी दिए । प्रतियोगिताको छनौट चरणको अडिसनबाट छनौट भएका प्रतियोगिहरु फाइनलमा पुग्नेछन् । प्रतियोगिताको बिजेताले नगद र विभिन्न गिफट ह्याम्परहरु प्राप्त गर्नेछन् ।

छैठौं संस्करणको मिस्टर एण्ड मिस लिटल कोशीको उपाधि विराटनगरकी प्रिकाशा श्रेष्ठ र इटहरीका सुगम ढकालले जितेका छन् । प्रिकाशाले मिस तर्फ र सुगमले मिस्टरतर्फको उपाधि जितेका थिए । बालवालिकाहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले यो प्रतियोगिता प्रत्येक वर्ष हुँदै आएको छ । विगतको वर्षहरुमा जस्तै यो पटक पनि भव्य र सभ्य तरिकाले सातौं संस्करणको मिस्टर एण्ड मिस लिटल कोशी प्रतियोगिता हुने अध्यक्ष रायले बताए ।‘प्रतियोगितामा भाग लिने इच्छुक बालवालिकाहरुको लागि आवेदन पनि खुल्ला गरिएको छ । आवेदन अनलाइनमाबाट पनि दिन सकिने गरीको व्यवस्था हामीले गरेका छौं,’अध्यक्ष रायले भने।

धरानका आदेशको मिष्टर नेपालको उपाधी जित्नु अघि नै चर्चा े

मनोरञ्जन


काठमाण्डौ - धरानका अंक २६ का आदेश प्रधान मिस्टर नेपालमा सहभागी भए संगै उनको चर्चा चुलिएको छ । चलचित्र क्षेत्रका दिग्गज हस्तिहरुले उनको फोटो शेयर गर्दै उनलाई जीतको अग्रिम बधाई तथा शुभकामना दिएका छन् ।

निर्देशक समाजका महासचिव तथा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशका अध्यक्ष अरुण कुमार प्रधानका जेठा सुपुत्र आदेशले स्कुल तह डिपोट सेकेन्डरी बाट एसईई उतिर्ण गरेर धरान उच्चबाट +२ पास गरेर Itahari International College, बाट Bachelors in Information Technology गरेका छन ।

चलचित्र विकास बोर्डका पुर्व अध्यक्ष तथा चलचित्र निर्माता राजकुमार राईले आदेश प्रधानको फोटो शेयर गर्दै भोटको लागि अपिल गरेका छन । राईका बिचारमा ३८ प्रतिष्यप्रर्धीहर मध्ये हेन्डसम र डायनमिक पर्सनालिटी भएको आदेशनै छन । चलचित्र क्षेत्रमा उनलाई स्वागत गर्दै आगामी दिनमा उनलाई जस्तो सहयोग गर्नु परेपनी गर्न तयार रहेको निर्माता राई बताउँछन ।

अहिलेका चर्चित निर्देशक मिलन चाम्सले पनि उनको फोटो शेयर गर्दै उनलाई जितको शुभकामना व्यक्त गरेका छन । भोलिको दिनमा चलचित्र क्षेत्रको एउटा राम्रो संभावना बोकेको नायकको रुपमा आदेश आउने सक्ने बिचार निर्देशक चाम्सले व्यक्त गर्दछन । त्यसैगरी निर्देशक समाजका अध्यक्ष जनकदिप पराजुलीसंग धेरै चलचित्र निर्देशकहरुले आदेशको चर्चा गर्न थालेका बताउँछन् । अध्यक्ष पराजुलीका अनुसार धेरै निर्देशकहरुको आँखामा आदेश परि सकेको छन । केही समयमा उनलाई चलचित्रमा खेलाउनको लागि निर्देशकहरुको होडनै चल्न सक्ने उनी बताउँछन । त्यसैगी निर्देशक रमेश बुढाथोकी, निर्देशक दिपाश्री निरौला, नायिका मिरुना मगर, कलाकार संघका निवर्तमान अध्यक्ष रबिन्द्र खडका, निर्देशक ऋषी लामिछाने, ओएसआरका प्रबन्धक ओम अग्रवाल, निर्देशक सुदर्शन थापा, निर्देशक माधव राज खरेल, निर्माता संघका कोषाध्यक्ष ज्योतिराज राई, नायक सबिन श्रेष्ठ, गायक श्रीकृष्ण लुईटेल लगायत धेरैले उनलाई जितको शुभकामना व्यक्त गर्दै उनको फोटो शेयर गरेका छन ।

महानायक राजेश हमाललाई अधिकांश म्युजिक भिडियो खेलाएर चर्चामा आएका म्युजिक भिडियो निर्देशक समाजका अध्यक्ष देवेन्द्र पाण्डेले म्युजिक भिडियोको लागि आदेशलाई प्रस्ताव पनि गरि सकेका छन । अन्य धेरै निर्देशकहरुले म्युजिक भिडियो र केहिले चलचित्रमा डेव्यु गराउनको लागि आदेशका बुवा अरुण प्रधानलाई संग सल्लह पनि रहेको अरुण प्रधान बताउँछन । अहिले मिस्टर नेपालको प्रतिस्पर्धा सकियोस त्यस पछि केही आवश्यक तालिम गराएर अझ पोख्त बनाएरनै यो क्षेत्रमा अघि बढाउने कुरा उनी बताउँछन ।

कोशी प्रदेशबाट पनि धेरैले आदेशलाई जीतको लागी शुभकामना व्यक्त गरेका छन । कलाकार संघ कोशी प्रदेशका उपाध्यक्ष दिनेश कोईराला, निर्देशक केशव रायमाझी, ईन्द्र परियार, बिजय सुब्बा, हिमाल दहाल, लाकमान योन्जन, भिम लामा लगायत दर्जनौ चलचित्रकर्मिहरुले उनलाई शुभकामना व्यक्त गरेका छन । मिस्टर नेपालमा देशै भरिका जम्मा ३८ प्रतिस्पर्धा सहभागी भएका छन । अहिले उनिहरुको विभिन्न चरणको तालिम चली रहेको छ । मुख्य प्रशिक्षकको रुपमा मोडल तथा कलाकार प्रशान्त ताम्रकार रहेका छन ।

मिष्टर नेपालको ग्रान्ड फिनाले यहि अगस्त २४ (भाद्र ८) गते सोल्टी होटल मा आयोजना हुन गै रहेको छ ।

गीतकार तथा रापती समाज काठमाडौँका पूर्व अध्यक्ष शशि शर्मा मजगैयाँलाई अमेरिकामा सम्मान

मनोरञ्जन


काठमाण्डौ- गीतकार तथा रापती समाज काठमाडौँका पूर्व अध्यक्ष शशि शर्मा मजगैयाँलाई अमेरिकामा सम्मान गरिएको छ । रापती सेवा समाज अमेरिका न्युयोर्कको दोश्रो साधारण सभा तथा पहिलो अधिवेशनमा मजगैयाँलाई सम्मान गरिएको हो । समाजमा विगत लामो समयदेखि नैतिक,भौतिक ,सामाजिक तथा सांस्कृतिक हिसाबले पुराएको योगदानको कदर गर्दै रापती समाज अमेरिकाले मजगैयाँलाई सम्मान गरेको आयोजकले जनाएको छ । यसैबिच समाजले सम्पन्न गरेको दोश्रो साधारण सभा तथा अधिवेशनबाट नयाँ नेतृत्व सहितको कार्यसमितिको चयन भएको छ ।

जसको अध्यक्षमा दाङका दीपक भट्टराई सर्बसहमतिबाट चयन भएका छन् । अगस्ट १३ मा संस्थाको पहिलो अधिवेशनबाट अध्यक्ष सहित सबै पदाधिकारी एव कार्यसमिति सर्व सहमतिबाटै चयन गरिएको हो। जसको वरिष्ठ उपाध्यक्षमा कृष्ण खड्का  र अन्य उपाध्यक्षहरूमा लोकमणि न्यौपाने,भावना ओली, विनोद केसी, विनय धिताल र जुद्ध ओली चयन भएका छन् । त्यसै गरी  महा-सचिवमा वसन्त अधिकारी, सचिवमा तुल्सिराम ओली, सह -सचिवमा उमेश बस्नेत, कोषाध्यक्ष खेमराज ओली, सह -कोषाध्यक्षमा शिशिर रावत र सदस्यहरूमा ताराप्रसाद ओली ,विमला ओली ,टेकबहादुर ओली, सृजा थापा हेमराज केसी,रञ्जना बस्नेत, महेन्द्र खडका ,भरत भट्टराई ,टिकाराम भण्डारी बाबु राजा सिंह ,युवराज देवकोटा रहेका छन् भने संस्थाको संरक्षकमा शम्भु विष्ट, सञ्चार विभाग प्रमुखमा सन्तोष शर्मा र सांस्कृतिक विभाग प्रमुखमा चन्द्र ओलीलाई चयन गरिएको छ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाकी उपप्रमुख स्यानी चौधरी, कलाकार अरुण शाह,समाजका परिकल्पनाकार तथा सल्लाहकार यम अधिकारी ,विकास विष्ट तथा विभिन्न  क्षेत्रका सयौँ रापती वासीहरूको उपस्थिति रहेको थियो ।

पाँचौ संस्करणको जिनियस म्युजिक अवार्ड भब्य रुपमा सम्पन्न

मनोरञ्जन


काठमाडौं - पाँचौ संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न भएको छ । काठमाडौंको प्रज्ञा भवन कमलादीमा एक भव्य समारोहबीच गीतसंगीतका विभिन्न विधाका स्रष्टालाई अवार्ड प्रदान गर्दै कार्यक्रम अवार्ड सम्पन्न भएको हो । वन तथा बातावरण राज्यमन्त्री रूपा विकको प्रमुख आतिथ्यता रहेको समारोहमा वरिष्ठ गायक तथा संगीतरत्न शम्भुजित बास्कोटालाई दीर्घसाधना सम्मान अर्पण गरिएको थियो । समारोहमा पत्रकार ऋषि धमला, अन लाइन पानाका नारायणप्रसाद अधिकारी, हिमालय टाइम्सकी गीता अधिकारी र जन आकाशका मोहन कार्कीलाई पत्रकारिता सम्मानले विभूषित गरिएको थियो ।

‘नेपाली कला, संस्कृति हाम्रो पहिचान, संरक्षण प्रबद्र्धन गर्ने हाम्रो अभियान’ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै नेपाली कला, भाषा, संगीत क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनका लागि क्रियाशील हुँदै कलाकर्मीलाई प्रोत्साहन एवं सम्मान गर्न जिनियस म्युजिक प्रालिले आफ्नो स्थापनाको दशौं वर्ष पूरा गरेको अवसर पारेर ‘जिनियस म्युजिक अवार्ड’ स्थापना गरी २०७६ जेठ ११ गते प्रथम ‘जिनियस म्युजिक अवार्ड २०७५’ सम्पन्न गरेको थियो ।

सोही अनुरूप यस संस्थाले आफ्नो हरेक वार्षिकोत्सवको अवसरमा गीतसंगीतका लोकप्रिय स्रष्टालाई ‘जिनियस म्युजिक अवार्ड’द्वारा पुरस्कृत तथा सम्मान गर्दै आइरहेको अवार्डका अध्यक्ष गायक तथा संगीतकार रमेश पाठकले बताउनुभयो ।

उक्त अवार्डको प्रमुख निर्णायकमा संगीतकार भानुभक्त ढकाल, वरिष्ठ संगीतकार राजु सिंह, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्रज्ञासभा सदस्य गीतकार तथा साहित्यकार पुरु लम्साल हुनुहन्थ्यो भने निणार्यकमा हेमन्त शिशिर गायक, हिमाल श्रेष्ठ गायक, अमृत भारती गायक, केशव कोइराला कोरियोग्राफर, मदन नेपाली संगीतकार, टेकबहादुर लामा निर्देशक, पाल्मु शेर्पा गायिका,बविता श्रेष्ठ निर्देशक,मञ्जु लावती गायिका रहनुभएको थियो ।

कार्यक्रममा गायक नरहरि प्रेमी, नायक रोशन श्रेष्ठ, निर्देशक होम धिताल, गायकरसंगीतकार विनोद पछाई, मोडलरकलाकार प्रतिक्षा काफ्ले, गायक विनोद ढकाल, कलाकार राजकुमार शाह, गायक विनय ढुंगेल, जयराज भट्ट, गीतकार डब्बु छेत्री, इन्टरनेशनल इभेन्ट डिरेक्टर निशुकान्त झा, गीतकार दुर्गा प्रधान, समाजसेवीरव्यवसायी शान्ता तामाङ, केशव पाण्डे, रमेश शिलवाल, दुर्गा तामाङ लगायतलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा सर्वोत्कृष्ट गीतकार९पपरआधुनिक०गीतको अवार्ड सचिता कर्माचार्यले ‘प्रतीक्षा’, सर्वोत्कृष्ट नवगीतकार पपरआधुनिक गीतको अवार्ड आशिष कोइरालाले ‘तिम्रै माया’, सर्वोत्कृष्ट संगीतकार पप गीतको अवार्ड गैह्रे सुरेशले ‘मीरा हु म तिम्री’, सर्वोत्कृष्ट संगीतकार आधुनिक गीतको अवार्ड कृष्णभक्त महर्जनले ‘झ्यालबाट’ र सर्वोत्कृष्ट पुरुष गायक आधुनिक गीतको अवार्ड ज्ञान सुब्बा थेबेले ‘झ्यालबाट’ प्राप्त गर्नुभएको थियो ।

यस्तै, सर्वोत्कृष्ट महिला गायिका आधुनिक गीतको अवार्ड सारिका घिमिरेले ‘मायालु’, सर्वोत्कृष्ट नवगायकको अवार्ड रमेश के सिंहले ‘छाडी जाने मायालुलाई’,कमल शर्मा र राजकुमार शंकर ए रमा (जुरी), सर्वोत्कृष्ट नवगायिकाको अवार्ड संगीता पंगेनी ‘मनको मझेरी’, सर्वोत्कृष्ट नवगायक(र्याप गीतको अवार्ड सागर सुनार ‘किसान’, सर्वोत्कृष्ट मोडल महिला९पपरआधुनिक गीतको अवार्ड प्रनिमा दाहाल ‘जीत मान्दिन’, प्रमिता राजघतानी ‘मन्चरी’ (जुरी), सर्वोत्कृष्ट मोडल पुरुष(पपरआधुनिक) गीतको अवार्ड सञ्जित भण्डारी ‘किन माया गर्‍यौं’, कमल सिंह ‘दिल्ली आग्रा’ (जुरी), सर्वोत्कृष्ट गीतकार डिपी खनाल ‘तुषारो’, हरिभक्त बुढाथोकी ‘नजर लाग्लानी’ (जुरी), सर्वोत्कृष्ट संगीतकारको अवार्ड भीम बि।सी। ‘नजर लाग्लानी’, सर्वोत्कृष्ट संगीत संयोजकको अवार्ड फणिन्द्र राई ‘झ्यालबाट’ र सर्वोत्कृष्ट ध्वनि मिश्रणको अवार्ड दिनेश न्यौपाने ‘दुःखी त छ यो मन’बाट प्राप्त गर्नुभएको थियो ।

यसैगरी सर्वोत्कृष्ट गायकको अवार्ड हेमन्त शर्माले ‘निरजाले’, सर्वोत्कृष्ट गायिकाको अवार्ड बानिका प्रधानले ‘लाग्थ्यो तिमी’, सर्वोत्कृष्ट निर्देशक पपरआधुनिक गीतको अवार्ड फराज अर्पण ‘गाउँले जीवन’ सर्वोत्कृष्ट निर्देशक लोक गीतको अवार्ड उमेश गुरुङ ‘दिएर हातैमा’, सर्वोत्कृष्ट नव निर्देशकको अवार्ड राज लुइँटेल ‘माया गर्यौ’, सर्वोत्कृष्ट युगल गायक पप तथा आधुनिकको अवार्ड धुर्व विश्को र सुरक्षा सेञ्चुरी ‘तुषारो’, सर्वोत्कृष्ट लोक आधुनिक गायकको अवार्ड सुदीप जोशी ‘तिमी आयौ’,सर्वोत्कृष्ट लोक आधुनिक गायिकाको अवार्ड शोभा पाण्डे नसोध मेरो (जुरी), सर्वोत्कृष्ट पुरुष मोडलको अवार्ड पुष्प खड्का ‘बैमानी’, सर्वोत्कृष्ट मोडल महिलाको अवार्ड आश्मा विश्वकर्मा ‘निरजाले’,सर्वोत्कृष्ट सिनेमेटोग्राफरको अवार्ड दिनेश पराजुली ‘झ्यालबाट, सर्वोत्कृष्ट सम्पादकको अवार्ड ओम प्रसाई ‘मीरा हुँ म तिम्री’,सर्वोत्कृष्ट भिडियो निर्देशकको अवार्ड सोनाम पाख्रिन ‘अदृश्य माया’,सर्वोत्कृष्ट शब्द(लोक तथा दोहोरी )गीतको अवार्ड कृष्ण भारद्वाज ‘डम्बर कुमारी’, सर्वोत्कृष्ट लय लोक तथा दोहोरी गीतको अवार्ड खेम सेञ्चुरी ‘मोहनी’, सर्वोत्कृष्ट गायक लोक तथा दोहोरी गीतको अवार्ड प्रकाश सपुत ‘मुटु कटक्कै’,सर्वोत्कृष्ट गायिका लोक तथा दोहोरी गीतको अवार्ड समीक्षा अधिकारी ‘आफ्नो आफ्नो कर्म’, सर्वोत्कृष्ट लोक गायकको अवार्ड चन्द्र शर्मा ‘आच्छा लेकिन लाहुरे’ र सर्वोत्कृष्ट नवगायक लोक तथा दोहोरी गीतको अवार्ड विनोद बिसीले ‘साथी भाइ’बाट प्राप्त गर्नुभएको थियो ।

यस्तै, सर्वोत्कृष्ट शृंगारको अवार्ड विमला तामाङ ‘लुकाउने ठावै छैन’, सर्वोत्कृष्ट लोक पप तथा आधुनिक गायकको अवार्ड सुरेन गौतम ‘सल्लेरी पाखाहरू’, सर्वोत्कृष्ट लोक पप गायक रुद्र शेखर शर्मा ‘के होला भोलि’, सर्वोत्कृष्ट पप गायकको अवार्ड हिमाल सागर ‘यही त हो नि माया’, सर्वोत्कृष्ट पुरुष नवमोडल लोक तथा आधुनिक गीतको अवार्ड पुजन लामिछने ‘काले’,सर्वोत्कृष्ट महिला नवमोडल लोक तथा दोहोरी गीतको अवार्ड ‘रीता बिसी ‘मनले मन परायो’, सर्वोत्कृष्ट मोडल लोक तथा दोहोरी गीतको अवार्ड लोमस शर्मा ‘गोर्खे खुकुरी’, सर्वोत्कृष्ट मौलिक गायिकाको अवार्ड ‘सरिता थापामगर ‘झल्को रै रहृयो’,सर्वोत्कृष्ट मौलिक गायकको अवार्ड नमराज ढुंगाना ‘एक नम्बर’, सर्वोत्कृष्ट भजन गायकको अवार्ड सरोज ढकाल ‘आज स्वार्थ’ र सर्वोत्कृष्ट कोरियोग्राफरको अवार्ड सुरेन्द्र बसेल ‘कोल्टे पारेर’बाट प्राप्त गर्नुभयो ।

त्यस्तै, सर्वोत्कृष्ट महिला डायस्पोरा गीतकारको अवार्ड रिमा श्रेष्ठ ‘अधुरो सपना(२’,सर्वोत्कृष्ट पुरुष डायस्पोरा गीतकारको अवार्ड नारायण भारती ‘ओ लभ्ली’,सर्वोत्कृष्ट पुरुष डायस्पोरा मोडलको अवार्ड मेघ सुवेदी ‘किन माया गरयौ(२’,सर्वोत्कृष्ट महिला डायस्पोरा मोडलको अवार्ड सनसाइन सञ्जु ‘झरी बनी’र पब्लिक च्वाइस अवार्ड ‘पीरै पीरमा’बाट भूपू पाण्डेले प्राप्त गर्नुभएको थियो ।

अवार्डको प्रमुख निर्णायकमा गायकरसंगीतकार भानुभक्त ढकाल,वरिष्ठ संगीतकार राजु सिंह, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्रज्ञा सभा सदस्य गीतकार तथा साहित्यकार पुरु लम्साल हुनुहन्थ्यो भने निणार्यकमा हेमन्त शिशिर गायक, हिमाल श्रेष्ठ गायक,अमृत भारती गायक, केशब कोईराला कोरियोग्राफर,मदन नेपाली संगीतकार, टेक बहादुर लामा निर्देशक, पाल्मु शेर्पा गायिका,बविता श्रेष्ठ निर्देशक,मन्जु लावती गायिका रहनुभएको थियो ।

कार्यक्रममा गायक नरहरी प्रेमी, नायक रोशन श्रेष्ठ, निर्देशक होम धिताल, गायक रसंगीतकार बिनोद पछाई,मोडलरकलाकार प्रतिक्षा काफ्ले,गायक बिनोद ढकाल,कलाकार राजकुमार शाह,गायक बिनय ढुंङेल,गायक जयराज भट्ट,गीतकार डब्बु छेत्री,इन्टरनेशनल इभेन्ट डिरेक्टर निशुकान्त झा,गीतकार दुर्गा प्रधान,समाजसेवीरव्यवसायी शान्ता तामाङ,केशव पाण्डे,रमेश शिलवाल,दुर्गा तामाङ लगायतलाई सम्मान गरिएको थियो ।

कमेडियन हिमेश पन्त,जिनियस म्युजिक स्कुल र बिग डान्स कम्पनिको प्रस्तुती रहेको समारोहमा वरिष्ठ गीतकार कृष्णहरि बराल,वरिष्ठ गीतकार डा.भोला रिजाल,वरिष्ठ संगीतकार राजु सिंह,वरिष्ठ कलाकार किरण केसी,वरिष्ठ हाँस्य कलाकार सुभाष गजुरेल,वरिष्ठ पत्रकार एवं गीतकार शान्ति प्रिय,बरिष्ठ चलचित्र निर्देशक माधब राज खरेल, लोकप्रिय गायिका मन्जु थापा गुरुङ,गीतकार,निर्देशक तथा स्कृप्ट राईटर गणेश सुबेदी,निर्देशक उज्ज्वल केसी,निर्देशक ईश्वर गुरुङ,नेपाल सांस्कृतिक महासंघ बागमती प्रदेशका अध्यक्ष राजेन्द्र खत्री लगायतका अतिथिले अवार्ड विजेतालाई अवार्ड प्रदान गर्नुभएको थियो । कार्यक्रममा जुरी सदस्य र अथितिलाई प्रशंसा पत्रका साथै मायाको चिनो प्रदान गरिएको थियो ।

लोकगायक रेशम थापालाई यस बर्षको कन्हैया–अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार प्रदान गरिने

मनोरञ्जन


काठमाण्डौ– नेपाली साङ्गीतिक क्षेत्रका सुप्रसिद्ध गायन जोडी कन्हैया सिंह परियार र अन्ञ्जना गुरुङद्वारा स्थापना गरिएको कन्हैया–अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार– २०८१ यसवर्ष बरिष्ठ लोक गायक श्री रेशम थापा प्रदान गरिने भएको छ ।

काँठ क्षेत्रमा ख्याति कमाएका लोकगायक रेशम थापाका खानी खोला, रुमालै छ चिनो, पराई घर, मेरो फोटो किन जलायौं, भेटें जोडीलाई, डालिको फुल, घायल मुटु, बेसी टारी खेत, न्याउली किन रुँदैछ, लाग्यो भिषा, चौतारा दोलालघाट लगायत सयौंको संख्यामा उनका गीतहरु चर्चामा रहेका छन् ।

टिका गोपाल डिजिटल एम्. क्रियशन प्रा.लि.का संचालक तथा कन्हैया–अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार समितिका अध्यक्ष गीता सिंहद्धारा हस्ताक्षरित विज्ञप्तीमा गायक थापालाई पुरस्कार प्रदान गर्न दलागिएको हो । लोकप्रिय गायक तथा सङ्गीतकार कन्हैया सिंह परियारको जन्मदिनको अवसर पारेर उक्त पुरस्कारको घोषणा गरिएको हो । पुरस्कारको राशी ५०,००० (पचास हजार ) नगद रुपैया सहित सम्मान पत्र रहेको छ । गायक थापा पछिल्लो समय पक्षघात रोगबाट समेत ग्रसित हुनुहुन्छ ।

 

अनन्त केसीको नयाँ गीत बाबा सार्वजनिक

मनोरञ्जन


काठमाण्डौ - अनन्त के.सी. को स्वरमा रहेको गीत बाबा सार्वजनिक भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच संगीतकार सन्तोष श्रेष्ठको प्रमुख आतिथ्यमा उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो ।

कार्यक्रममा बोल्दै संगीतकार श्रेष्ठले यो गीतले आम मानिसमा संवेदनाको सञ्चार गर्ने सन्दर्भको उठान गर्नुभयो । गीतकार एवम् लेखक डि आर राई लगायतका स्रष्टाले पनि अनन्त केसीको कला कौशलको खुलेरै प्रशंसा गर्नुभयो ।

गीतमा गायक अनन्त केसीको रचना, संगीत र स्वर तथा अभिनय समेत रहेको छ । त्यसैगरी अभिनयमा अनन्तलाई आरिज केसी र श्रेय लामाले पनि साथ दिएका छन् । राज केसीको छायांकन, विकास दाहालको सम्पादन रहेको भिडियोलाई निर्देशक हेमप्रभासले निर्देशन गरेका हुन् ।

गायक शर्माले गाए चलचित्र मृत्युकोशको शिर्ष गीत

मनोरञ्जन


काठमाण्डौ - चलचित्र मृत्युकोशको लागी “बेवारिशे हुनु पर्ने लासै हुँदा पनि” बोलको शिर्ष गीतको रेकर्ड सम्पन्न भएको छ । अमेरिकाको आरएल साउण्ड एण्ड लाईट्स् स्टुडियो, बालटीमोरमा उक्त गीतको रेकर्ड भएको चलचित्रको निर्माता कमला जोशीले बताएकी छिन् । उक्त गीतलाई बिशिष्ठ गीतकार प्रा.डा. कृष्णहरि बरालले लेखेका हुन् भने चर्चित संगीतकार सन्तोष श्रेष्ठले संगीत गरेका हुन् । गायक रुद्र शेखर शर्माले उक्त गीतका लागी स्वर दिएका हुन् ।

विभिन्न भाषा तथा जनराका गीतहरुमा आफ्नो आवाज दिंदै आएका गायक रुद्र शेखर शर्माले नेपाली चलचित्रको लागी भने पहिलो पटक आवाज दिएका हुन् । प्रा.डा. कृष्णहरि बराल र संगीतकार सन्तोष श्रेष्ठ जस्ता दिग्गज सर्जक तथा श्रष्ठाहरुसंग काम गर्न पाउँदा गायक शर्मा निक्कै खुशी देखिएका छन् ।

ईरा प्रोडक्सनको ब्यानरमा निर्माण भैरहेको उक्त चलचित्रमा माधब राज खरेलको लेखन तथा निर्देशन रहेको छ । चलचित्रमा तेज गिरी, गीता अधिकारी, प्रवण भुषाल, लिगेश भट्टराई, शान्तिप्रिय, राजन थापा, राजेन्द्र पाण्डे, दिपक थापा, नम्रता खरेल, सुमिरा गिरी, सपना जोशी, राजन खरेल, जनक सिंह, डा. राजिव यादव, सौरीका खरेल, राधिका खरेल लगायतको अभिनय देख्न सकिने छ ।

काठमाण्डौ ललितपुर र नुवाकोटका विभिन्न स्थानहरुमा पहिलो चरणको छायाँकन गरिएको थियो । चलचित्रलाई मुकेश हुँमागाइले खिचेका छन् भने उनलाई छायाँकार राजन खरेलले साथ दिएका छन् । उक्त चलचित्रमा बिक्रम गौतमको मेकअप रहेको छ । चलचित्रको दोश्रो चरणको छायाँकन भने भाद्र महिनाको दोश्रो साताबाट गरिने निर्माण पक्षले जनाएको छ ।

चलचित्रको शिर्ष गीत “बेवारिशे हुनु पर्ने लासै हुँदा पनि” गीतको संगीत संयोजन संगीतकार राजेन्द्र बजगाई गरेका हुन् भने अर्को डि आर राईद्धारा रचित र सन्तोष श्रेष्ठको संगीत रहेको “भुल भुलैया” बोलको गीतको संगीत संयोजन भने शाहास शाक्यले गरेका छन् ।

एक जना मानिसले आफ्नो जिवनको उत्तराद्र्धमा आएर भोग्नु परेको समस्याहरुलाई चलचित्रमा उठान खोजिएको छ । नेपाली परिवेशमा पछिल्लो समय यूवाहरुको प्रवास पलायनको प्रमुख मारमा बृद्धबृद्धाहरु पर्ने गरेका छन् । यसै विषय बस्तु भित्र रहेर एउटा शसक्त सामाजिक सचेतनाको लागि पनि यो चलचित्रको निर्माण भएको निर्देशक खरेलले बताए ।

ईरा प्रोडक्सनको ब्यानरमा निर्माण भएको र निर्देशक खरेलकै निर्देशन तथा लेखनमा बनेकोे चलचित्र चिट्ठी पनि प्रदर्शनको तैयारीमा रहेको जानकारी निर्माण पक्षले दिएको छ ।

सारिकाको स्वरमा ‘बजाउँदै चुरा’

मनोरञ्जन


काठमाडौं - नेपाली नारीहरूको महान् पर्व तीज नजिकिँदै जादा तीजसम्बन्धी गीतहरू सार्वजनिक भइरहेका छन् । यसै अवसरमा गीतकार गीता अधिकारीको नयाँ गीत ‘बजाउँदै चुरा’ सार्वजनिक भएको छ । सारिका घिमिरेको स्वर रहेको गीतमा योगेश काजी शाहको सङ्गीत एवम् सङ्गीत संयोजन र मनोज परियारको मिक्सिङ÷माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

प्रदीपकुमार रसाइलीको निर्देशन र कोरियोग्राफी रहेको गीतको भिडियोमा सोमिक गौतमको सिनेमेटोग्राफी र अमृत चापागाईंको सम्पादन एवम् कलर छ ।

गीतको भिडियोमा रमा थपलिया, प्रदीपकुमार रसाइली, मुना भुर्तेल र रेमोना लोहारले कम्मर मर्काउनुभएको छ । गीत जति उत्कृष्ट छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ । गीताका यसअघि ‘यतै घमाइलो उतै घमाइलो’, ‘तीजैमा व्रत बसी’, ‘श्वास फेरी’ जस्ता आधा दर्जन गीत श्रोता/दर्शकमाझ आएका छन् ।

नयाँ गीतलाई पनि लिएर आफू उत्साहित भएको गीता बताउनुहुन्छ । ‘बजाउँदै चुरा’लाई केही परिमार्जित गरेर भिडियो सार्वजनिक गरिएको गीताले बताउनुभयो । आफ्ना अन्य गीतलाई जस्तै यो गीतले पनि सबैको माया पाउनेमा आफू आशावादी रहेको उहाँ बताउनुहुन्छ । सञ्चारकर्मी अधिकारीको हालै ‘मैले पढेका ५१ पुस्तक’ पनि पाठकमाझ आएको थियो ।

गीत राम्रो लागेकोले आफूले भिडियो निर्माण एवम् निर्देशन गरको निर्देशक प्रदीपले बताउनुभयो । तीज गीतमा छाडा प्रवृति मौलाउँदै गएकोमा एक मौलिक तीज गीत श्रोता/दर्शकमाझ पस्किएको निर्देशक प्रदीपले बताउनुभयो । गीतको भिडियो पिआर इन्टरनेन्टमेन्ट नेपाल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो

एघारौं छायाँछवि तीज म्यूजिक अवार्डको दर्ता आव्हान

मनोरञ्जन


काठमाडौं - छायाँछवि क्रियशनले विगत ६ वर्षदेखि गर्दै आएको  छायाँछवि तीज म्यूजिक अवार्डको एघारौैं संस्करणका लागि तीज गीत दर्ता गर्न सार्बजनिक रुपमा आब्हान गरेको छ । नेपाली खासगरी हिन्दु नारीहरुको महान् चाड तीजका अवसरमा आफ्नो सांस्कृतिक पक्षलाई उजागर गर्दै मनका वेदना, पीडा, उमङ्ग, खुशी एवं भावनालाई गीतका मार्फत प्रस्तुत गर्ने चलन छ ।

पहिले पहिले खासगरी घरबाट पीडित बुहारीहरुको पीडा गीत मार्फत प्रस्तुत गर्ने गरेको भएपनि समयक्रममा त्यसमा आएको परिवर्तनमा सँगसँगै भएको गीतको शैली परिवर्तन आजका तीजका गीतमा देखिन्छ । यहि क्रमका गीतहरु गाउँघरका जमघटबाट अझै पर हटेर मुलत गायिका र बदलिँदो परिस्थितिमा गायकले समेत तीज दोहोरी गाउने चलन बनेको छ । तीजका अवसरमा ८०० देखी १००० गीत प्रकाशित हुने गरेका छन् । यी नै तीजका श्रष्टाहरु पुरस्कृत होउन् र स्रष्टाले सम्मान तथा प्रोत्साहन पाउन भनेर तीज अवार्ड गर्ने गरेको छाया“छविले बताएको छ ।

छायाँछवि क्रियशनका अध्यक्ष शान्तिप्रियले एघारौं तीज म्यूजिक अवार्डमा तीजका विभिन्न गरी करिब २५ विधामा स्रष्टालाई पुरस्कृत गरिने बताए । साथै प्रियले तीज अवार्ड आगामी भाद्र १८ गते एक भव्य कार्यक्रमको आयोजना गरी काठमाडौंमा सम्पन्न गरिने जानकारी गराए ।

कार्यक्रममा बिभिन्न पुरस्कार तथा सम्मानहरु पनि रहने छन् । साथै एघारौं छायाँछवि तीज म्यूजिक अवार्ड २०८१ मा खासगरी मौलिक तीज गीतलाई छायाँघविले प्रात्साहित एवं पुरस्कृत/सम्मानित गरीने अवार्ड अध्यक्ष शान्तिप्रियले बताए । साथै उनका अनुसार राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल सँग एकबद्धता जनाउदै सो संस्थाले प्रतिबन्ध लगाएका गीतहरु क्रमशः दिउँला बरीलै, मादलु घन्काउदै, टिकटकमा भाइरल हल्लाएरै हो, बिस्ताराले पोल्यो, चियर्स बियर सहित बिकृत जन्य तीज गीतहरुलाई अवार्ड प्रक्रियामा सहभागी समेत नगराईने बताए ।

नेपाल युरोपियन युनियन चलचित्र महोत्सव (NEUFF) २०२४ भव्य रुपमा सम्पन्न

मनोरञ्जन


काठमाडौ – युरोपियन युनियनको नेपाल प्रतिनिधि मण्डलले आयोजना गरेको फिल्म क्रिटिक्स प्रतियोगितामा चलचित्र पत्रकार श्रीजु सरल विजेता र प्रसुन संग्रौला उपविजेता घोषित भए । साथै उक्त समारोहमा उक्त प्रतिनिधिमण्डलले नेपाल युरोपियन युनियन चलचित्र महोत्सव (NEUFF) २०२४ को सफलताको उपलक्ष्यमा आयोजना गरेको कार्यक्रममा विजेता घोषणा गरिएको हो ।

“सबैभन्दा पहिले, म धेरै चकित छु यो सम्मानजनक प्रतियोगिताको विजेता घोषित हुन पाउँदा म पनि सम्मानित महसुस गरिरहेको छु । साथै थप सिक्ने र अगाडि धेरै राम्रो गर्ने चुनौती पनि महसुस गरिरहेको छु ।” श्रीजु सरलले पुरस्कार प्राप्त गरेपछि प्रतिक्रिया दिँदै भनिन् ।

फिल्म समालोचक प्रतियोगितामा दोस्रो पुरस्कार प्राप्त गर्न पाउँदा म गर्व महसुस गर्छु । यो पुरस्कारले मलाई आगामी दिनहरूमा अझ राम्रो काम गर्न उत्प्रेरित गरेको छ । यो अवसरको लागि युरोपियन युनियनलाई लाई धन्यवाद । मलाई आशा छ युरोपियन युनियनले यस्ता कार्यक्रमहरू आयोजना गरिरहनेछ । भविष्यमा सबै चलचित्र समीक्षकहरूले थप लेख्न उत्प्रेरित महसुस गरून”, प्रतियोगिताका उपविजेता प्रसुन संग्रौलाले भने ।

वरिष्ठ चलचित्र पत्रकार तथा पटकथा लेखक सामिप्यराज तिमिलसेना, प्रख्यात कवि विमला तुम्खेवा र प्रतिनिधिमण्डलका प्रतिनिधि सम्मिलित तीन सदस्यीय निर्णायक मण्डलले चलचित्रको समीक्षा गरेको थियो ।

विश्वभर चलचित्र आलोचनालाई चलचित्र संस्कृतिको अविभाज्य अंग मानिन्छ । इतिहासको निश्चित समयमा इटाली जस्ता युरोपेली देशहरूमा त्यहाँका चलचित्र समीक्षकहरूले आफ्नो राष्ट्रिय चलचित्रलाई नयाँ दिशा दिएका थिए।

चलचित्र उद्योग, चलचित्र निर्माता र चलचित्र समीक्षक सबैलाई चलचित्र आलोचनाको महत्व थाहा नभएकाले नेपालमा पनि सोही तहको हस्तक्षेपको अपेक्षा गर्न सकिन्न । यस्तो अवस्थामा युरोपियन युनियन नेपाल र युरोपियन युनियन चलचित्र महोत्सव(NEUFF) ले आयोजना गरेको फिल्म क्रिटिक्स प्रतियोगिता प्रशंसनीय छ । समीक्षा र आलोचनाको मूल्याङ्कन गर्ने सन्दर्भमा, यो हाम्रा लागि चुनौती थियो । प्रतियोगितामा प्राप्त भएका सबै समीक्षा र आलोचनाहरू उत्कृष्ट थिए । प्रतियोगिता भएको हुनाले हामीले प्रतियोगिताको लागि विकास गरेको मापदण्डको आधारमा दुईजना विजेता घोषणा गर्नुपर्ने थियो । तर, प्रतियोगितामा सहभागी सबै चलचित्र समीक्षक चलचित्र समालोचनाको कलामा निपुर्ण रहेको बताउन पाउँदा निकै खुसी लागेको छ,’ प्रमुख निर्णायक सामिप्यराज तिमल्सेनाले भने ।

श्रीजु सरलले अनिल कुर्मी निर्देशित लघु नेपाली चलचित्र ‘फेरा’ र मार्टिन म्याकडोनाघ निर्देशित आयरिश चलचित्र ‘द ब्यान्शिज अफ इनिशिरिन’ को समीक्षा गरिन् । प्रसुन संग्रौलाले भिक्टर बोजिनोभ निर्देशित बुल्गेरियन फिल्म ‘द नेक्ड ट्रुथ अबाउट झिगुली ब्यान्ड’ र मिराज रोशन ठकुरीको छोटो नेपाली फिल्म ‘रातो पछेउरी’ (अ टेल अफ टर्मोल, टेप्टेशन एन्ड ट्राइम्फ) को समीक्षा गरेका थिए ।

2024 NEUFF मा प्रदर्शन गरिएको कम्तिमा एक नेपाली छोटो फिल्म र एक युरोपेली फिल्मको समीक्षा पेश गर्दै कुल ज्ञद्ध सहभागीहरूले प्रतियोगितामा सफलतापूर्वक भाग लिएका थिए ।

ब्रिष्ठ चलचित्र पत्रकार शान्तिप्रिय, नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष तथा चलचित्र निर्देशक जनकदिप पराजुली, बरिष्ठ चलचित्र निर्देशक माधब राज खरेल संचारकर्मी रिना मोक्तान लगायतका चलचित्रकर्मी तथा पत्रकारहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा ईयुका प्रतिनिधि मण्डलले नेपाल युरोपियन युनियन चलचित्र महोत्सव -२०२४ को लागि निःशुल्क कार्यक्रमको रुपमा आयोजना गरेको लघु चलचित्र प्रतियोगिताका विजेता तथा सहभागीहरुका साथै काठमाडौं, महेन्द्रनगर, नेपालगन्ज र सुर्खेतमा चलचित्र महोत्सव आयोजना गर्न सहयोग गर्ने २० जना व्यक्तिहरुलाई पनि सम्मान गरेको थियो ।

शान्ता नेपालीको निर्देशनमा बनेको डकुमेन्ट्री फिल्म ‘धेरे ड्रीम्स’ उत्कृष्ट सर्ट फिल्मको अवार्ड पाएको छ । स्वयन मास्के मानन्धर निर्देशित ‘द बुल, द काउ, द काल्फ’ लाई स्पेशल मेन्सन सर्टिफिकेट प्रदान गरिएको थियो ।

उक्त महोत्सवमा आचार्य बनाम निर्देशित ‘डिभिनेसन’ –आखत), समल बज्राचार्य निर्देशित ‘हवामन’, निगम गेलु शेर्पा निर्देशित ‘काठमाडौं मनसुन’, निर्देशित ‘मखमली उडान’ गरी कुल ११ वटा लघु चलचित्र छनोट गरिएको छ । अतिन श्रेष्ठ, राजिन महर्जन निर्देशित “#LetsTalkPERIOd – Breaking Taboos in Nepal” मिराज रोशन ठकुरी निर्देशित ‘रातो पच्छेउरी’, आकांक्षा कार्की निर्देशित ‘सनाई’ र सन्तोष दाहाल निर्देशित ‘द मिराज’ र अनिल कुर्मी द्वारा निर्देशित ‘ह्विल’ (फेरी) रहेका थिए ।

फिल्म क्रिटिक प्रतियोगिता र सर्ट फिल्म प्रतियोगिताका विजेता र उपविजेताहरू डिसेम्बर, २०२४ को शुरुमा डेलिगेशनले आयोजना गर्ने पहिलो नेपाली फिल्म फेस्टिभलमा सहभागी हुन ब्रसेल्स जानेछन्।

काठमाडौं, महेन्द्रनगर, नेपालगञ्ज र सुर्खेतमा सन् २०२४ को नेपाल युरोपियन युनियन फिल्म फेस्टिभल ९ल्भ्ग्ँँ० को सफल आयोजना पछि आगामी नोभेम्बर १६, १७ र १८ गते इटहरीमा २०२४ को नेपाल युरोपियन युनियन फिल्म फेस्टिभल (NEUFF) को पूर्वाञ्चल आयोजना हुने भएको छ ।