काठमाडौं । चिनीयाँ अटो उत्पादक कम्पनी बिवाइडीले सानो साइजको इलेक्ट्रीक कार ‘ई-१’ चीनमा २०१९ को अप्रिलदेखि बिक्री गर्दै आएको छ । यो सानो इलेक्ट्रीक कार यूरोपियन बजारमा समेत निकै चर्चा बटुल्न सफल भइसकेको छ ।
कम्पनीले यसको एक्सटेरियर बिवाइडी एफ जिरोबाट प्रभावित भएर निर्माण गरेको हो । यसमा क्लोज अफ ग्रिलसँगै डबल सर्कुलर हेडलाइट क्लस्टर दिइएको छ । यसले कारलाई थप आर्कषक बनाएको छ भने, बिवाइडीको आइकोनिक ब्लु एन्ड ह्वाइट नेमप्लेट लगाइएको छ । यसका साथै, रिङगी वेस्टलाइन र लाइन अन ह्वील स्ट्रीमले कारलाई थप आकर्षक बनाएको छ । कारलाई ओरेन्ज र ग्रे कलर अप्शनमा उपलब्ध गराइएको छ ।
यो सानो कारको लम्बाई ३४६५ एमएम रहेको छ भने, चौडाई १६१८ र उचाई १५०० एमएम रहेको छ । कारको ह्वीलवेस २३४० एमएम दिइएको छ ।
यसमा दिइएको इलेक्ट्रीक मोटरले ६१ बीएच पावर र ११० एनएम टर्क उत्पादन गर्छ । कम्पनीले यसमा ३२.२ किलोवाट आवरको लिथियम म्याग्नेट ब्याट्री प्याक दिएको जनाएको छ । उक्त व्याट्रीले एक पटकको फुलचार्जमा ३०५ किलोमिटर रेञ्ज प्रदान गर्ने छ ।
बीवाईडीको यो सानो कारमा रियर पार्किङ क्यामरा, सार्क फिन एन्टेनाजस्ता आधुनिक विशेषता दिएको कम्पनीले जनाएको छ ।
नेपाली बजारमा पनि बिवाइडीका इलेक्ट्रीक कारहरु बिक्री वितरण हुँदै आएका छन् । साइमेक्स इन्कले नेपाली बजारमा बिक्री वितरण गर्दै आएको बिवाइडीको कारमा ई ६ र एमपीभी एम ३ मात्र उपलब्ध रहेको छ ।
तर, कम्पनीले २०२० मा केही मोडल थप ल्याउने जनाएको छ । यस्तोमा ई-१ नेपाल आउन सक्ने अनुमान गर्न सकिन्छ । यदि यो कार नेपाल आउने हो भने यसको मूल्य १६ लाखदेखि २२ लाख रुपैयाँ हाराहारी पर्ने अनुमान गर्न सकिन्छ ।
अन्तर्राष्ट्रिय बजारमा यसको मूल्य ८ हजार ६०० डलरदेखि ११ हजार ५०० अमेरिकी डलरसम्म रहेको छ ।


