काठमाडौं । अहिले अन्तर्राष्ट्रिय बजारमा इलेक्ट्रीक कारको बिक्री र चर्चा बढ्दो क्रममा रहेको छ । चिनियाँ कम्पनी बिवाइडीले उत्पादन गरेको फोर्ड इकोस्पोर्ट जस्तै देखिने इलेक्ट्रीक कार चीनमा सर्वाधिक बिक्री हुने मोडलमा परेसँगै टाटा नेक्सनसँग मिल्दो जुल्दो अर्को एसयूभी चिनीयाँ बजारमा आएको छ ।
फेङसेङ अटोमोटिभले बजारमा ल्याएको ‘म्यापल ३० एक्स’ इलेक्ट्रीक कार झट्टहेर्दा टाटा नेक्सन जस्तै देखिन्छ ।
पछिल्ला दिनमा साना र सस्ता मूल्यका एसयूभी धेरै मानिसको रोजाईमा पर्ने भएकाले कम्पनीले सब फोर मिटर साइजमा यसलाई कम्पनीले बजारमा ल्याएको हो ।
यो कारले एकपटकको फुलचार्जमा ३०६ किलोमिटरको दुरी तय गर्ने जनाइउको छ । यसका कुन साइजको ब्याट्री दिइएको छ भन्ने जानकारी अहिलेसम्म दिइएको छैन । तर, यसमा रहेको व्याट्री ३० मिनेटमा ८० प्रतिशतसम्म चार्ज गर्न सकिने छ ।
केन्डी टेक्नोलोजी र गिली मोटर कम्पनीको संयुक्त लगानीमा स्थापना भएको फेङसेङ ब्राण्डले म्यापल ३० एक्समा दिएको इलेक्ट्रीक मोटरले ९४ बीएच पावर प्रदान गर्ने जनाइएको छ । तर, कम्पनीले यसको आधिकारीक पुष्टी गरेको छैन ।
नयाँ कारमा डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टार, क्लाइमेट कन्ट्रोल, एलइडी लाइट, इन्फोटेनमेन्ट सिस्टम र इलेक्ट्रीक सनरुफ जस्ता फिचर उपलब्ध रहेको छ ।
यसको मूल्य ९ हजार ७७८ डलर तोकिएको जनाइएको छ ।


