भारतमा ज्यान गुमाउने संख्या हजार नजिक, संक्रमितहरुको संख्या २९ हजार नाघ्याे

PNA


|
|


काठमाडौं – भारतमा कोरोना संक्रमितहरुको संख्या २९ हजार नाघेको छ । मंगलबार बिहानसम्म भारतको कोरोना संक्रमित हुनेको संख्या २९ हजार ४१५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा १ हजार ५ सय ६१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् भने ५८ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ सय ३९ पुगेको छ । यसैबीच ७ हजार १ सय ३७ जनाले कोरोना जितेर घर फर्किइसकेका छन् ।

सोमबार बिहानसम्म भारतमा कोरोना संक्रमितको संख्या २७ हजार ८९० थियो भने मृत्यु हुनेको संख्या ८ सय ८१ थियो ।