आरडिटी परीक्षणमा काठमाडौंका २१ वर्षीय पुरुषमा कोरोना पोजेटिभ

PNA


|
|


काठमाडौं । काठमाडौंमा र्‍यापिड डाइग्नोटिग टेष्ट (आरडिटी) परीक्षणमा १ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नं ७ का २१ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको नगरपालिका स्वास्थ्य शाखा सहायक संयोजक लक्ष्मी कोइरालाले लोकपथलाई जानकारी दिईन् ।

उनी गत चैत ७ गते दुबईबाट नेपाल आएका थिए । उनको पिसिआर परीक्षणको लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला लगिएको छ । विदेशबाट आएका नगरपालिकाबासीहरुको परीक्षण गर्दा उनमा आरडिटि पोजेटिभ देखिएको कोइरालाले बताइन् ।