टोयोटाको पहिलो इलेक्ट्रीक एसयूभी चीनमा सार्वजनिक, यस्तो छ रेञ्ज र मूल्य

Madhab Raj Kharel


|
|


काठमाडौं । टोयोटा मोटरले सन् २०१९ सांघाई अटो शोमा पहिलो पटक प्रोटोटाइप प्रदर्शनी गरेको ‘सिएचआर इभी’ एक वर्षपछि चीनबाटै बिक्री सुरु गरेको छ । कम्पनीले यसलाई विभिन्न ५ भेरियन्टमा उपलब्ध गराएको जनाकारी दिएको हो ।

इलेक्ट्रीक सिएचआरको मूल्य ३१ हजार ८७० देखि ३५ हजार ३५७ अमेरिकी डलरसम्म तोकिएको छ । यो टोयोटाले तयार गरेको पहिलो इलेक्ट्रीक एसयूभी समेत हो । कम्पनीले सन् २०३० सम्ममा ५५ लाख यूनिट इलेक्ट्रीक भेहिकल बिक्री गर्ने रणनीतिको एक हिस्साको रुपमा सिएचआर इलेक्ट्रीक एसयूभी चिनियाँ बजारबाट ल्याएको हो ।

कम्पनीले यसमा ५४.३ किलोवाट क्षमताको लिथियम आयोन व्याट्री दिएको छ । अधिकतम २०१ बीएच पावर प्रदान गर्ने क्रसओभर एसयूभीलाई एक पटकको फुलचार्जमा ४०० किलोमिटर चलाउन सकिने दाबी गरिएको छ ।

सून्यबाट ७५ प्रतिशत व्याट्री चार्जगर्न डिसी फास्ट चार्जरलाई ५० मिनेट लाग्ने बताइएको छ । यसको चिनियाँ बजारमा सिधा प्रतिस्पर्धा होन्डाई कोनासँग हुने जनाइएको छ ।

यसमा कम्पनीले कम्बस्चन इन्जिनयुक्त क्रसओभर एसयूभीको अधिकांस फिचर प्रदान गरेको छ । यसमा १२.३ इन्चको डिजिटल इन्ट्रुमेन्ट कन्सोल, टच स्कृन इन्फोटेन्टमेन्ट सिस्टम, पुरै सेतो कलरमा सिट, कालो कलरमा ड्यासबोर्ड, मल्टी फङ्सनल स्टेरिङ ह्वील जस्ता फिचर उपलब्ध रहेको छ ।

कुपे रुफलाईन दिइएको यो गाडीमा स्वीप्टव्याक हेडल्याम्प, एलइडी टेल लाइट, ७ एयरव्याग जस्ता विशेषता पाउन सकिन्छ ।

Related Post