अनलाईन स्केच एण्ड ड्रोईङ्ग प्रतियोगितामा सिद्दार्थ उप्रेती प्रथम

PNA


|
|


काठमाडौँ — भाद्र १२, २०७७। 

नेपालभरका स्केच आर्टमा रुची राख्नेहरुका लागि प्लेटफार्म प्रदान गर्ने गरी पेन्सिल आर्ट ड्रोईङ्गको प्रस्तुतीमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा विभिन्न सौन्दर्य प्रतियोगिताका साथै सम्मान कार्यक्रमहरु आयोजना गर्दै आएको मोडल सङ्ग्स नेपालको आयोजना रहेको अनलाईन स्केच एण्ड ड्रोईङ्ग प्रतियोगिता,२०२० भोल्युम-२ मा सिद्दार्थ उप्रेती प्रथम भएका हुन् ।सो विधामा ग्लोवल अनलाईन पे मार्फत भएको भोटिङमार्फत् फर्स्ट रनर अप निरज श्रेष्ठ हुँदा सेकेन्ड रनर अप उमित जोशी भएका छन । 

राजधानी लगायत मोफसलमा विभिन्न सफल सौन्दर्य प्रतियोगिता सम्पन्न गरि चर्चा बटुल्न सफल मोडल सङ्ग्स नेपालका प्रमुख डेबिल सिंह राजपुतका अनुसार अनलाईन भोटिङ मार्फत सर्वाधिक भोटिङ प्राप्त उत्कृष्ट तीन विजेताहरुको नाम सार्वजनिक गरिएको हो ।

Related Post