सैनिक मुख्यालय परिसरमा एक सैनिकद्वारा गोली हानी आत्महत्या

PNA


|
|


काठमाडौँ — भाद्र १४, २०७७। 

सुन्धरास्थित नेपाली सेनाको मुख्यालय परिसरमा एक सैनिकले आफैसँग भएको राइफल प्रयोग गरी एक राउन्ड गोली चलाएर आत्महत्या गरेका छन् । आइतबार बिहान ३ बजे सेनाको रिपुमर्दिनी पेट्रोल पम्पमा ड्युटीमा रहेका एक सिपाही दर्जाका जवानले आफ्नै ड्युटी बस्दा प्रयोग गरिने राइफल प्रयोग गरी आत्महत्या गरेको सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिए ।

‘त्यसपछि हाम्रो सैनिक प्रहरीले नेपाल प्रहरीसँग समन्वय गरेर अनुसन्धान गर्ने, शवको पोष्टमार्टम गर्ने र उसको नजिकको परिवारहरुलाई बोलाएर काम गर्ने सेनाको स्थायी कार्यविधि अनुसार काम भइरहेको छ,’ उनले भने, ‘अनुसन्धान भएपछि बाँकी विवरण आउला ।’

उनी तनहुँ जिल्लाको रानीपोखरी निवासी हुन् ।

(कान्तिपुर दैनिक)

Related Post