बहिनीलाई बजार पठाएर दिदी बलात्कार १ आरोपित पक्राउ

PNA


|
|


राजविराज- बहिनीलाई चकलेट खान बजार पठाएर दिदी बलात्कार गरेको आरोपमा सप्तरी प्रहरीले एक जनालाई पक्राउ गरेको छ। घरमा रहेकी पाँच वर्षीया बालिकालाई चकलेट खान पाँच रुपैयाँ दिएर बजार पठाएर एक्लो भएको मौका छोपी ११ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले सप्तकोशी नगरपालिका९१ का २२ वर्षीय शंकर साहलाई पक्राउ गरेको हो।

पीडितका अनुसार घरमा कोही नभएका बेला मादक पदार्थ सेवन गरेर आएका आरोपितले गत शुक्रबार साँझ बलात्कार गरेको खुलेको छ। बजारबाट चकलेट किनेर फर्किएकी पाँच वर्षीया बालिकाले आफू घर आएपछि आरोपित हतार–हतार पेन्ट लगाएर भागेको बताइन्।

बालिकालाई बलात्कार गरेको उजूरी परेपछि प्रहरी चौकी फत्तेपुरले आरोपितलाई पक्राउ गरी कारवाहीका लागि इलाका प्रहरी कार्यालय कञ्चनरुपमा बुझाएको छ।

पीडितको वयानका आधारमा उनकी माइजूले दिएको उजूरी दर्ता गरी कारवाही प्रकिया अगाडि बढाएको इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीले जानकारी दिएको खबर आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।

Related Post