बहराइनमा थप ७२ नेपालीमा कोरोना पुष्टि, सङ्क्रमितको सङ्ख्या १२१ पुग्यो

PNA


|
|


बहराइनमा थप ७२ जना नेपाली श्रमिकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

बहराइनमा रहेको नेपाली दूतावासका श्रम सहचारी दामोदर दाहालले दिएको जानकारी अनुसार बहराइनमा कोरोना संक्रमितको संख्या १ सय २१ पुगेको छ।

यसअघि बहराइनम ४९ जना नेपाली श्रमिकमा कोरोना सङ्क्रमण देखिएको थियो।

सङ्क्रमित सबैको बहराइन सरकारले उपचार गरिरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको बहराइनस्थित नेपाली दूतावासले जनाएको छ। बहराइनमा झण्डै ३० हजार नेपाली श्रमिक कार्यरत छन्।