गायक तथा संगीतकार भण्डारी प्रमिला संग कसे लगनगांठो

News Desk 1


|
|


काठमाडौं-गायक तथा संगीतकार चिरञ्जीबी भण्डारीले विवाह गरेका छन् । धादिङ निवासी प्रमिला श्रेष्ठसँग उनले आइतबार लगनगाँठो सकेका हुन् । काठमाडौँको स्युचटारमा उनको र प्रमिलाको विवाह समारोह आयोजन भएको थियो । प्रमिलासँगको केही बर्षको प्रेमलाई उनले परिवारी सहमतीमा विवाहमा परिणत गरेका हुन् । विवाह समारोहमा दुबै तर्फका सिमित व्यक्तिको मात्र उपस्थिती रहेको थियो ।

विवाह भोजमा अभिनय क्षेत्र र गायनक्षेत्रका केही कलाकर्मीको उपस्थिती रहेको थियो  । चलचित्र, एल्बम र फुटकर गरेर थुप्रै गीतमा संगीत दिएका भण्डारी राम्रो गायक पनि हुन् । उनले आफ्नै शब्द, संगीत तथा स्वरमा समेत केही सफल गीत दिएका छन् ।

पछिल्लो समयमा उनको गायकी रहेको ‘चोखो माया’ बोलको गीत निकै चर्चामा रहेको छ । यसअघि उनका ‘बिस्तारै बिस्तारै’ ‘तिमी मेरी हुनु’ ‘बदमास’, ‘तिमी छौ र त’, ‘तिम्रो मायाले’, ‘चट्टै मुटु काटेर’ दर्शकले निकै मन पराइएका गीत हुन् । हिन्दी गीतका कभर भर्सनका कारण पनि चर्चामा छन् ।

Related Post