काठमाडौं । मारुती सुजुकी भिटार ब्रेजालाई टोयोटाले ‘अर्वान क्रुजर’ नामबाट आफ्नो ब्राण्डमा ल्याउने भएको छ । कम्पनीले आगामी दिपावलीको समय पारेर यसलाई बजारमा ल्याउने तयारी गरेको हो ।
अक्टोबरसम्ममा बजारमा ल्याउने जनाइएको यो एसयूभी कोभिड १९ को कारण सार्वजनिक गर्ने समय सार्नु परेको बताइएको छ । अन्यथा कम्पनीले मेसम्ममा नै बजारमा ल्याउने तयारी गरेको थियो । टोयोटाले आफ्नो ल्याण्ड क्रुजरबाट प्रभावित भएर यसको नाम अर्वान क्रुजर राख्ने तयारी गरेको रिपोर्ट अटोकार इन्डियाले प्रकाशन गरेको छ ।
रिपोर्टमा भनिएको छ, टोयोटाले सुरुवातमा उत्पादन गरेको एसयूभी क्रुजर नामबाट चिनिएकाले आफ्नो स्थापित क्रुजरको प्रयोग सानो सब फोर मिटर एसयूभीमा गर्ने भएको हो ।
टोयोटा ब्राण्डमा आउने अर्वान क्रुजर सुरक्षाको हिसावले भिटारा ब्रेजाभन्दा उत्कृष्ट रहने अनुमान गरिएको छ । अहिले नेपालमा बिक्री भइरहेको ब्रेजा ग्लोवल एनक्यापमा ४ स्टार रेटिङ प्राप्त सब फोर मिटर एसयूभी हो ।
अर्वान क्रुजर नाम टोयोटाले दिनुको पछाडि यो गाडीमा अफरोड क्षमता नहुनु भन्ने भएको रहेको रिपोर्टले दाबी गरेको छ । टोयोटा विश्वमा अफरोड एसयूभी निर्माणमा अग्रणी रहँदै आएको छ ।
अर्वान क्रुजरमा ब्रेजामा रहेको १.५ लिटर के१५बी एसएचभीएस फोर सिलिण्डर पेट्रोल इन्जिन रहने छ । दिइएको छ । उक्त इन्जिनले १०५ पीएस पावर र १३८ एनएम टर्क प्रदान गर्नेछ । ५ स्पीड म्यानुयल र ४ स्पीड टर्क कन्भटर अटोमेटिक गियरबक्स दिइएको छ ।
हाइब्रिड टेक्नोलोजीको प्रयोग भएको यो सब फोर मिटर एसयूभी अन्तर्राष्ट्रिय बजारमा टोयोटाले बिक्री गर्ने जनाइएको छ ।
