काठमाडौं, २५ पौष - जन आकाश राष्ट्रिय साप्ताहिकले प्रत्येक बर्ष वितरण गदै आएको जनआकाश राष्ट्रिय सम्मान २०७८ का लागि साहित्य विधातर्फ मुल्याङकन छनौट समिति चयन गरेको छ ।चण्डोलस्थित ग्रीन हन्ट क्याफे एण्ड ब्याङक्यूटमा मोहन कार्कीको अध्यक्षतामा आज बसेको बैठकले पाँच सदस्यिय छनौट समिति चयन गरेको हो । सोका लागि दुर्गा अधिकारी भमरकोटेः सुसेली लय कविता र अन्य त्रिपदी रचनातर्फ, रुद्र अधिकारी मुक्तक तथा अन्य कवितात्मक विधातर्फ, तिलक प्रसाद लुईटेल गद्य साहित्यका विधातर्फ, डिल्ली प्रसाद मुलतिहुन छन्दोबद्ध कवितातर्फ, तिला लेकाली गजल तथा गद्य कविता तर्फ छनौट गर्ने समितीमा परेका छन् । बिषयगत बिधातर्फ सोजै बिषयबिज्ञको ईमेलमा पनि सम्पर्क गर्न सकिने गरी सार्वजनिक गरेको छ ।
सुसेली लय कविता दुर्गा अधिकारी भमरकोटेः [email protected] मुक्तक तथा अन्य कवितात्मकः रुद्र अधिकारी [email protected] गद्य साहित्यका बिधाहरुः तिलक प्रसाद लुईटेलः [email protected] छन्दोबद्ध कविता डिल्ली प्रसाद मूलतिहुनः [email protected] तिला लेकाली गजल तथा गद्य कविताः [email protected]
विगतमा साहित्य क्षेत्रका बिज्ञहरुसँग सल्लाह गरेर साहित्यकारहरुलाई दिदै आएको साहित्यिक राष्ट्रिय सम्मानलाई यो बर्षवाट बिषय बिज्ञहरुको मुल्याङकन छनौट समितिले सिफारिस गरेका नामहरुलाई दिने र निकट भबिष्यमा यस कार्यलाई संस्थागत गदै अझै उत्कृष्ट बनाउने जन आकाश मिडियाको निर्णय अनुसार यो पहिलो समिति चयन भएको जन आकाश मिडियाले जनाएको छ । जन आकाश राष्ट्रिय सम्मानमा १५ बिधा रहेका थिए । भने यो बर्षवाट बिधालाई बढाएर साहित्यिक वाङमयतर्फ नै १५ र अन्य तर्फ गरेर १५ गरी जम्मा ३० बिधाका ब्याक्तित्वहरुलाई सम्मान गरिन लागेको जन आकाशका अध्यक्ष मोहन कार्कीले बताएका छन् ।
कार्कीले थप्दै भने 'नेपालका नेपालीले आफ्नो स्वार्थभन्दा माथि उठेर आफ्नो देशमा बसेर गरेका काम र देशको लागि पु¥याएको योगदानको मुल्याङकन होस भन्ने उदेश्यले २०७४ सालमा जन आकाशले १० औं बर्ष प्रवेश गरेको उपलक्ष्मा र क्यानसरवाट मृत्यु भएका बुवा आमाको सम्झानामा शुरु गरेको जन आकाश राष्ट्रिय सम्मान प्रत्येक बर्ष हुदै आएको छ । गएको बर्ष २०७७मा कोभिडको संक्रमण फैलने डरका कारण हुन सकेको थिएन ।जन आकाश र मोहन कार्कीको बारेमा २०५६ सालमा काठमाडौ आई पत्रिका बेचेर नन्दीरात्रि माविमा पढेका कार्कीले एसएलसी पास गरी पत्रकारिता बिषय नै पढेर पत्रकारिताको क्षेत्रमा सके राम्रो गरौ नसके नराम्रो नगरौं । पार्टी, वाद, तन्त्रभन्दा माथि उठेर राष्ट्रिय भावनाले ओतप्रोत भई पत्रकारिता गरौं । भन्ने उदेश्य राखि छुट्टै खालको पत्रकारिताको अभ्याश गर्ने पहिलो पत्रकार हुन् । नेपालमा पत्रकार देख्ने बित्तिक्कै अनेक खालका आखाँले हेर्ने समाजलाई कार्कीले छुट्टै खालको वातावरण दिन अग्रसर देखिन्छन् । तर नेपाली समाजमा यस्तो सकरात्मक सोचको बिकास भईनसकेको हुनाले प्रयोजित पत्रकारिता नै हावी भएको कार्कीको बुझाई छ । तर शुरुवात गरेपछि ढिलो चाडोे सकरात्मक बिचार र तथ्यको पक्षमा राष्ट्र पुग्छ' कार्कीले बताए ।


