क्यानडाबाट नेपाली युवाको र्‍याप गीत ‘कोक एण्ड जेडी’ सार्वजनिक (भिडियोसहित)

News Desk 1


|
|


काठमाडौं – क्यानडाबाट नेपाली युवाहरूले हिपपप म्युजिक भिडियो सार्वजनिक गरेका छन् । लामो समयदेखि क्यानडा स्थायी बसोबास गर्दै आएका सुघब बन्जरा, कुशल बराल र निर्वाना श्रेष्ठको संयुक्त प्रयासमा ‘कोक एण्ड जेडी’ गीत सार्वजनिक भएको हो ।

दीप विष्ट (लेजी ब्याई)को सङ्गीत रहेको यो गीतको भिडियो क्यानडाको टोरोन्टो आसपासमा छायांकन गरिएको छ । युवा पुस्तालाई लक्षित गरेर निर्माण भएको गीतमा बिदेशी नागरिक र नेपालीको अभिनयलाई फ्युजन गराइएको छ ।

क्यानडाबाट सञ्चालित युटुब च्यानल ‘वानभर्स इन्टरटेन्मेन्ट’ बाट सार्वजनिक गरिएको गीतको भिडियो कोर्डेल फेर्मिनले खिचेका हुन् भने सम्पादन सुदिप मानन्धरले गरेका छन् ।
पछिल्लो समय हिपपप म्युजिक युवा पुस्ताको रोजाइमा पर्दै आएकोकोले यो गीत पनि दर्शक स्रोताले रुचाउने निर्माण टिमले अपेक्षा राखेका छन् ।