‘मिस ग्लोवल ईन्टरनेशनल नेपाल’ २०२१ को अडिसन माघ २४ गते हुने

Devil Singh Rajput


|
|


काठमाडौँ — माघ २१, २०७७।

नेपाली अविवाहित युवतीमा केन्द्रित सौदर्य प्रतियोगिता ‘मिस ग्लोवल ईन्टरनेशनल नेपाल’ २०२१ को आवेदन खुल्ला भएको छ । आयोजक काजी प्रोडक्सनले एक विज्ञप्ति जारी गर्दै  प्रतियोगिताको अडिसन माघ २४ गते शनिवार ठमेलस्थित काठमाडौँ गेस्ट हाउसमा हुने जनाएको छ । 

यस प्रतियोगितामा भाग लिन ईच्छुक प्रतिस्पर्धी नेपाली अबिवाहित युवती, १६ वर्षदेखि २५ वर्षसम्मका हुनेपर्ने जानकारी गराइएकाे छ  ।   

युवतीहरुको व्यक्तित्व विकास,आत्मविश्वास अभिवृद्धि, वाककला तथा नेतृत्वदायी क्षमताको विकास गराउँदै समाजका लागि एउटा सक्षम नागरिक र जिम्मेवार व्यक्तिको उत्पादन गर्ने उदेश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो । कोभिडको महामारीलाई ध्यानमा राखेर यो कार्यक्रम सुरक्षित तवरवाट गरिने आयोजक काजी प्रोडक्सनका प्रबन्ध निर्देशक सुशान्त काजी श्रेष्ठले बताए ।

प्रतियोगिताको पहिलो चरणमा छानिएका प्रतियोगीलाई अन्तिम स्पर्धाका लागि शारीरिक फिटनेश, जुम्वा, एरोविक्स, सेल्फ डिफेन्स, सेल्फ मेकअप, फोटो सेसनलगायत प्रशिक्षण दिइनेछ । स्टेज पर्फमेन्स क्याटवाक आदि विद्यामा भने कोरियोग्राफर सुमन खड्काले ग्रुमिङ गर्नेछन् ।

प्रतियोगिताका विजेताले ‘मिस ग्लोवल ईन्टरनेशनल नेपाल,२०२१’ को शीर्ष उपाधिका साथमा विभिन्न गिफ्ट ह्यामपर जित्नेछन् । विभिन्न विधामा उपविजेता चयन समेत हुने प्रतियोगिताको विजेताले सिंगापुरमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगिता ‘मिस ग्लोवल ईन्टरनेशनल,२०२१’  मा नेपालको प्रतिनिधित्व समेत गर्ने प्रतियोगिताका कार्यक्रम व्यवस्थापक त्रिलोक बिक्रम थापाले जनाएका छन।

Related Post