काठमाडौं –हाँस्यकलाकार गोपाल ढकाल ‘छन्दे’ निर्देशित तथा सञ्चारकर्मी राज लुईटेल द्वारा वियोगान्त कथामा निर्मित ‘जुन दिन मलाई’ बोलको आधुनिक गीतको म्युजिक भिडियो आज सार्वजनिक भएको छ । छन्दे च्यानल नामको युट्यूबमार्फत सार्वजनिक गरिएको भिडियो एभरग्रीन वल्र्ड वाईड ईन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गरिएको हो ।
कृष्णराज भण्डारीको स्वर, शब्द, सङ्गीत रहेको गीतको मुख्य भुमिकामा चकलेटी नायक तथा मोडल संजित भण्डारी, श्रीदेब भट्टराई तथा नवमोडल चन्दा कुईकेल रहेका छन् अन्य कलाकारहरूमा प्रेम पाण्डे, रोहित कार्की, शुशिला बिडारीलगायत रहेका छन् । यस गीतको भिडियोमा तारा थापा किम्भेको सम्पादन, हर्कमान वाईवा (रिदम)को छायांकन, युमिशा पाण्डेको शृङ्गार, मनोज ढकालको प्रकाश व्यबस्थापन रहेको छ ।
अडियोतर्फ सबिन लिम्बुको म्युजिक एरेञ्ज, राजा बाबु, अजय कार्की रेकर्डिस्ट, चन्द्र चौधरीको मिक्सिङ रहेकोे छ भने अकेस्टिक रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यो गीतको पोस्टर डिजाईन आई क्याच स्टुडियोले गरेको छ । माया बोलिमा होईन व्यवहारमा देखाउनु पर्छ भन्ने मूल मर्मका साथ बनेको यो गीतलाई वास्तविकता एल्बममा समाबेश गरिएको छ ।


