|
|
काठमाडौँ, ७ फागुन । राष्ट्रिय समचार समिति ९रासस० का समचारदाता अच्युत रेग्मी सम्मानित भएका छन् ।
राससको ६० औँ वार्षिकोत्सव एवम् हिरक वर्ष प्रवेश समारोहका अवसरमा आज रासस केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच पत्रकार रेग्मीलाई सम्मान गरिएको हो ।
६ वर्षदेखि रासस केन्द्रीय कार्यालयमा कार्यरत रेग्मी रासस बागमती प्रदेशमध्येको समचार लेखनमा उत्कृष्ट समचारदाता घोषित भएका थिए ।
उनलाई रु १५ हजार नगद राशीसहित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले सम्मान गरेका हुन् ।


