ओली सरकारको विकल्प अपरिहार्य:पौडेल

Devil Singh Rajput


|
|


बिष्णु गौतम

दमौली,२८चैत्र- नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकलाई अन्धकारबाट जोगाउन पनि प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पमा अर्को सरकार गठन गर्न आवश्यक रहेको वताएका छन् । गृह जिल्ला तनहुँ आइपुगेका काँग्रेसका वरिष्ठ नेता पौडेलले शनिबार रिपोटर्स क्लव नेपाल गण्डकी प्रदेशद्धारा दमौलीमा आयोजीत साक्षात्कारमा सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओली लोकतन्त्रको भ¥याङ्ग चढेर सर्वसक्तावाद तर्फ उन्मुख भएको आरोप पौडेलले लगाए । 

'मुलुकलाई अन्धकार तर्फ धकेल्ने काम ओलीले गरेका छन् । त्यसैले पनि उनको सरकारको विकल्पमा नया सरकार गठन हुनु पर्छ'पौडेलले भने । ओलीको विकल्पमा नया सरकार गठनका लागी काँग्रेसले छलफल थालेको पौडेलले वताए । माओवादी केन्द्र, जनता समाजवादी पार्टी सग काँग्रेसले सरकार गठनका लागी छलफल थालेपनि निष्कर्षमा पुगी नसकेको पौडेलले जनाए । ओली जती सत्तामा रहन्छन त्यति नै देशलाई नोक्सानी हुने भएकाले यो सरकारलाई विदा गर्न ढिला गर्न नहुने भनाई पौडेलको छ । 'चुनाव गर्ने समय नभएको भन्दै वर्तमान सरकारलाई पदच्युत गरी बाँकी २ वर्ष अर्को सरकार चलाउनुपर्छ'पौडेलले भने । आफनै पार्टी सभापति शेर वहादुर देउवाकै नेतृत्वमा सरकार गठन गर्नु पर्ने पक्षमा काँग्रेस रहेको उनले वताए । नेपाली जनतालाई खाली भोट हालीरहने मेशिनको रुपमा मात्रै प्रयोग गरिरहन नहुने उनले वताए ।  ओली सरकार भष्ट्राचारमा लिप्त भएको आरोप समेत पौडेलले लगाए । सवै अधिकार आफनो हातमा लिएर ओली सर्वसक्तावाद तर्फ उन्मुख हुन चाहन्छन त्यो कसैलाई पनि सहिय छैन पौडेलले भने ।

वाकी २ वर्ष अन्य राजनितीक दलहरुले सहमती गरी सरकार चलाउन पर्ने र त्यसपछि मात्रै चुनाव गर्नु पर्ने धारणा उनको छ । निजामती कर्मचारीको कार्यव्रmममा पार्टी सभापति शेर वहादुर देउवा र तपाइ विच विवाद भएको विषयमा सोधिएको जिज्ञासामा काँग्रेस वरिष्ठ नेता पौडेलले सर्वोच्चको दोस्रो पटकको फैसला आउनु अगावै केपी ओली र प्रदेश सरकार हटाउने प्रव्रिmया नथालीनु कमजोरी भएको वारे देउवालाई सुझाव दिएको हुँ कुनै विवाद भएको होइन उनले भने  ।  स्थानीय नेताहरुले स्व।जमरकट्टेलले नेपाली कांग्रेस पार्टी र प्रजातन्त्र प्राप्तिको आन्दोलनमा पुरयाएको योगदानको चर्चा गरेका थिए ।

विष्णु जमरकट्टेल स्मृती प्रतिष्ठानको आयोजनामा गरिएको स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस पार्टीका केन्द्रीय तथा स्थानीय नेताहरुले स्व।जमरकट्टेलले नेपाली कांग्रेस पार्टी र प्रजातन्त्र प्राप्तिको आन्दोलनमा पुरयाएको योगदानको चर्चा गरेका थिए । कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रजातन्त्र प्राप्तिको आन्दोलनमा जमरकट्टेलले पुरयाएको योगदान अतुलनीय रहेको बताएका थिए । ‘जमरकट्टेल कांग्रेस र प्रजातन्त्रका लागि लड्ने योद्धा हुनु हुन्थ्यो कांग्रेस र प्रजातन्त्र माथि नै नोक्सानी पुरयाउने हिसाबले जमरकट्टेल तत्कालिन माओवादीले हत्या गरे ’ वरिष्ठ नेता पौडेलको भनाई थियो । व्यक्ति हत्या मुलुक र लोकतन्त्रका लागि कहिल्यै हित नगर्ने समेत वरिष्ठ नेता पौडेलको भनाई थियो । जमरकट्टेलले सपना साकार पार्नका लागि पनि शिशाघाटको विकासमा कांग्रेसले विशेष ध्यान दिने वरिष्ठ नेता पौडेलको भनाई थियो ।

धेरै पढिएको