तनहुँ/२९ बैशाख -देवघाट गाउँपालिका वडा नम्बर ५ मा रहेको सिद्धार्थ बैक देवघाट शाखाले देवघाट गाउँपालिकाको प्रकोप व्यवस्थापन कोष खातामा दुई लाख रुपैयाँ सहयोग गरेको छ।बैकको तर्फबाट सिद्धार्थ बैक देवघाट शाखाका प्रमुख त्रीबिक्रम लामिछानेले देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापामगरलाई दुइ लाखको चेक हस्तान्तरण गरे ।
कार्यक्रममा देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापामगरले विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस देशको विभिन्न स्थानहरुमा फैलिएको हुँदा देवघाट पनि पर्यटकीय र धार्मिक स्थल भएको हुनाले बाहिरी तथा अन्तरिक मानिसहरुलाई अनावश्यक आवतजावतमा थप कडाइ गरेको बताए । साथै उनले आर्थिक रुपमा बिपन्न वर्ग तथा ज्यालादारीमा काम गर्ने मजदुरहरु र स्वास्थ्य क्षेत्रको लागि स्थापना गरेको प्रकोप व्यवस्थापन कोष खातामा रकम जम्मा गरि सहयोग गरेकोमा सिद्धार्थ बैक देवघाट शाखालाई धन्यवाद समेत दिए ।
सिद्धार्थ बैक देवघाट शाखाका प्रमुख त्रीबिक्रम लामिछानेले विश्वव्यापी रुपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९) महामारीको रोकथाम, नियन्त्रणका तथा कोरोना भाईरस बाट लकडाउनमा पिल्सिएका आर्थिक अवस्था कमजोर भएका बिपन्न बर्ग तथा ज्यालादारी गर्ने मजदुरको लागी र स्वास्थ्य क्षेत्रमा अभाव नहोस् भन्ने उद्देश्यको साथ देवघाट गाउँपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोष खातामा सिद्धार्थ बैक देवघाट शाखाले सो रकम सहयोग गरेको उनले बताए ।
देवघाट गाउँपालिका कार्यालयले कोरोना भाईरस रोकथाम, नियन्त्रण तथा लकडाउनमा पिल्सिएका, आर्थिक अवस्था कमजोर भएका बिपन्न बर्ग तथा ज्यालादारीमा काम गर्ने मजदुरको लागी सिद्धार्थ बैंक देवघाट शाखामा प्रकोप व्यवस्थापन कोष खाता खोलिएको देवघाट गाउँपालिका कार्यालयका निमित्त प्रमुख प्रशासकीय अधिकृत उमानाथ ढकालले जानकारी दिए ।
सो चेक हस्तान्तरण कार्यक्रममा,देवघाट ५ नम्बर वडा अध्यक्ष याल बहादुर गुरुङ,देवघाट ४ नम्बर वडा सदस्य पशुपति तिवारी,देवघाट गाउँपालिकाका प्रशासन शाखा प्रमुख गोविन्द पौडेल,देवघाट गाउँपालिका स्वास्थ्य साखा प्रमुख प्रदीप बुढाथोकी,देवघाट ईलाका प्रहरी कार्यालयका निमित्त इन्चार्ज सुस्मा श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।
देवघाट गाउँपालिका कार्यालयले कोरोना भाईरस रोकथाम तथा नियन्त्रण सघाउ र आर्थिक बिपन्न वर्ग तथा ज्यालादारी मजदुरहरुको लागि सहयोग गर्न ईच्छुक व्यक्ति तथा संघ संस्थाहरुले देवघाट गाउँपालिकाको ग ७-२ स्थानीय तह प्रकोप व्यवस्थापन कोषको खाता नम्बर ००८१५१७०२०० सिद्धार्थ बैंक देवघाट शाखामा जम्मा गरि सहयोग गर्न अनुरोध गरेको छ।


