काठमाडौं- अर्थविद डा. गोविन्द बहादुर थापाको ७४ बर्षको उमेरमा निधन भएको छ । कोभिड संक्रमणका कारण उपचाररत थापाको गए राती बाँसबारी स्थित गंगालाल अस्पतालमा निधन भएको हो । कोभिड संक्रमण भए पस्चात मे ७ तारिकमा अस्पताल भर्ना भएका थापालाई असहज हुँदै गएपछि दुई हप्ता अघि देखी भेन्टिलेटरमा राखेर उपचार गराउँदै आईएको थियो । थापाको आजै दाह संस्कार गरिने पारिवारीक स्रोतले जानकारी दिएको छ । थापाका श्रीमती एक छोरा र एक छोरी छन् । थापाको संक्षिप्त परिचय डा. गोविन्द बहादुर थापाको जन्म सन १९४८ मा कास्कीको पोखरामा भएको थियो । बरोडा विश्वविद्यालयबाट अर्थ शास्त्रमा विद्यावारिधि हासिल गरेका थापा नेपालका एक मुर्धन्य अर्थविदमा गनिन्छन् । लामो समय राष्ट्र बैंकमा उच्च तहमा रहेर काम गरेका थापाले भरतमोहन अधिकारी अर्थमन्त्री हुँदा २०५१ साल देखी अर्थ मन्त्रालयमा रहेर अर्थ सल्लाहकारको रुपमा कार्य गरेका थिए । त्यस्तै उनले मनिला स्थित एसियाली विकास बैंकको वैकल्पिक कार्यकारी निर्देशकको जिम्मेवारी समेत सम्हालेका थिए । पछिल्लो समय डा. थापा भरतमोहन अधिकारी स्मृति फाउण्डेसनको सल्लाहकारका रुपमा सकृय भूमिकामा थिए ।

Devil Singh Rajput


|
|


काठमाडौं- अर्थविद डा. गोविन्द बहादुर थापाको ७४ बर्षको उमेरमा निधन भएको छ ।  कोभिड संक्रमणका कारण उपचाररत थापाको गए राती बाँसबारी स्थित गंगालाल अस्पतालमा निधन भएको हो । कोभिड संक्रमण भए पस्चात मे ७ तारिकमा अस्पताल भर्ना भएका थापालाई असहज हुँदै गएपछि दुई हप्ता अघि देखी भेन्टिलेटरमा राखेर उपचार गराउँदै आईएको थियो । थापाको आजै दाह संस्कार गरिने पारिवारीक स्रोतले जानकारी दिएको छ । थापाका श्रीमती एक छोरा र एक छोरी छन् ।  

थापाको संक्षिप्त परिचय 

डा. गोविन्द बहादुर थापाको जन्म सन १९४८ मा कास्कीको पोखरामा भएको थियो ।  बरोडा विश्वविद्यालयबाट अर्थ शास्त्रमा विद्यावारिधि हासिल गरेका थापा नेपालका एक मुर्धन्य अर्थविदमा गनिन्छन् । लामो समय राष्ट्र बैंकमा उच्च तहमा रहेर काम गरेका थापाले भरतमोहन अधिकारी अर्थमन्त्री हुँदा २०५१ साल देखी अर्थ मन्त्रालयमा रहेर अर्थ सल्लाहकारको  रुपमा कार्य गरेका थिए ।  त्यस्तै उनले  मनिला स्थित एसियाली विकास बैंकको वैकल्पिक कार्यकारी निर्देशकको जिम्मेवारी समेत सम्हालेका थिए । पछिल्लो     समय डा. थापा भरतमोहन अधिकारी स्मृति फाउण्डेसनको सल्लाहकारका रुपमा सकृय भूमिकामा थिए ।