दुई नेपाली कर्मचारी  र एक श्रीलंकाली कर्मचारीलाई १५ हजार रियल पुरस्कार

Devil Singh Rajput


|
|


दोहा -आइओएस प्रमाणित कम्पनी नासर अल अली इन्टरप्राइजेजले आफ्ना दुई नेपाली कर्मचारी श्याम कुमार दास तातमा, चन्देश्वर मण्डल र एक श्रीलंकाका कर्मचारी तिलकराथिना बंडारा रथनायकलाई १५ हजार रियल पुरस्कार दिएको छ । पुरस्कार प्राप्त गर्नेहरु सोही कम्पनीमा १० वर्षभन्दा बढी काम गर्नेहरु हुन । नासर अली अल अली, कम्पनीका मालिक नासर अल अलीले एक कार्यक्रमका बीच ती कामदारहरुलाई सो नगद हस्तान्तरण गरेका थिए ।

नासेर अली अल अली कम्पनीका मालिक भन्छन् "म यो घोषणा गर्नमा गर्व गर्दछु कि विगत १० बर्षको सेवामा कामदारको वफादारी र कडा मेहनतले कम्पनीको सफलतामा योगदान पुर्‍याएको छ। प्रशंसाको एक टोकनको रूपमा मेरो प्रत्येक कर्मचारीहरुको कुल कतारी रियल १५००० को कुल पुरस्कृत गर्न पाउँदा खुसी छु।''

पुरस्कृत कर्मचारीहरु नेपाल र श्रीलंकाका गरीब परिवारबाट हुन्। उनीहरु २०११ मा निर्माण श्रमिकको रुपमा कतार आए र पछि व्यापारिक कामदारको रुपमा बढुवा भए। त्यस्तै गरी कम्पनीले एकै दिन नेपाल, भारतीय र बंगलादेश सहित विभिन्न राष्ट्रका १२ कर्मचारीहरुलाई प्रत्येक १,००० क्यूआर (एक हजार) र ५ ग्राम सुनको सिक्का र प्रशंसापत्र प्रदान गरी पुरस्कृत गरेको हो । हेल्पर, कार्पेन्टर, मेसन, ट्रेड लगायत विभिन्न क्षेत्रमा काम गरिरहेका ती कामदारहरुलाई गत जुलाई महिनामा इमान्दार र उत्कृष्ट काम गरेवापत् सो इनाम कम्पनी मालिक नासर अल अलीले प्रदान गरे।