तीजको मुखैमा मौलीकगीतफूलैफूल्यो तिउरी 

News Desk 1


|
|


नियमित रुपमागीत लेखनमा सक्रियगीतकार एवं संचारकर्मी शान्तिप्रियले यस पटक पनि मौलीकतीजगीतफूलै फूल्यो तिउरी लिएर आएका छन् । विगतकेहीवर्ष देखीनियमित रुपमातीजगीत लेखिरहेका शान्तिप्रियले तीजैको मुखमाआएर गीत रीलीज गरेका हुन् । सिसि नेपाल युट्युबच्यानलमार्फत  गीत रीलीज गरीएको छ ।शान्तिप्रियको  शब्दमाचित्रकार तथा संगीतकार गायक ज्योतीप्रकाशले संगीत गरेको यस गीतमाअहिलेका जल्दावल्दा एरेञ्जर तथा संगीतकार राजेन्द्रबजगाईले एरेञ्ज गरेका छन् । गीतलाई प्रसिद्ध मौलिकगायीकादुर्गा परियारले आवाजप्रदान गरेकी छिन् । गीतको मीक्सीङभनेमनोज परियारले गरेका छन् ।
फूलै फूल्यो तिउरी टिपीकानमासिउरीए 
स्वामी राजामुस्कुराएलाजैले म निहुरीए 
वरीलै तीजैको रहर
कोही गाउँछन् संगी कोही नाच्छन्  संगी
वरिलै खुलेर गाउँ सहर .....
गीतमाअभिनेत्रीएवं मोडल अनामीका चौलागाई र नव मोडल  झरना परियार फिचरिङ छन् । गतवर्ष देखी एकै साथ ३ तीजगीत मोडलिङ गरेर तीजकागीतमा मोडलिङ गर्न थालेकीअनामीकाएवं यसै गीतबाट डेब्यू गरेकीझरना परियारको केमेस्ट्री मिलेको छ । भिडियो छायांकन गोविन्दअञ्जानले गरेका छन् ।  भिडियोकोे कलर कलेक्शनमिलन गुरुङले गरेका हुन् भने नृत्य निर्देशनतथा संपादकराजिवबलामीले गरेका छन् । भिडियोको निर्दिष्ट भने शान्तीप्रियको रहेको छ ।