लोकराज अधिकारीले ल्याए बुवाको सम्झनामा ‘भन्नुहुन्थ्यो बा’ले’

News Desk 1


|
|


काठमाण्डौ - हरेक गीतहरुमा  प्रेमिप्रमिकालाई सम्झेर गीतहरु लेखिन्छन् । आमाप्रति समपर्ण गरेर गीतहरु लेखिन्छन् तर बुवाप्रति समर्पण गरेर गीत बजारमा लिएर आएको पाइदैन ।बुवाको बारेमा गीत बजारमा आइहाले पनि   त्यति चासो दिएर सुनेको पाइदैन । तर,लोकप्रिय गीतकार लोकराज अधिकारीले बुवाको सम्झनामा ‘भन्नुहुन्थ्यो बा’ले’ गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । केहि दिन अघि सार्वजनिक गरिएको यो गीतमा बाबुले छोराको खुसीका लागि के–केसम्म गरेका हुन्छन् भाव देखाउन खोजिएको छ ।

सोमबार अनामनगरमा यो गीतको भिडियो हेर्न कार्यक्रम राखिएको थियो । गीतको भिडियो हेर्दै दिवंगत् बुवा सम्झिएर भावुक बनेका गीतकार अधिकारीले भने,‘आमाको बारेमा गीत लेखेको थिए । तर, बुवाकाका बारेमा गीत लेख्न पाएको थिइन् । मेरो बुवाले यो गीत देखाउने धोको थियो तर,उहाँले मलाई छोडेर जानुभएको सात, आठ वर्ष भइसक्यो । यसमा म निकै दुखी छु ।’ यसगीतमा अभिनेता आकाश अधिकारीले बुवाको भुमिका निभाएका छन् । कार्यक्रममा उपस्थित भएका अभिनेता आकाश अधिकारी यो गीतको भिडियो हेर्दा आफ्ना बुवालाई सम्झिएर निकै भावुक बने । भिडियो हेर्दा उनका आखामा आँसु टिलपिल भएको थियो । गीतको बारेमा बोल्दै गर्दा भकानिएका अभिनेता अधिकारीले बुवाले बाल्यकालमा माया गरेको हिडेको ,बोलेको र आफु पढाईसिल सिलामा राजधानी फर्किदा मुग्लिङसम्मको यात्रा सम्झिए ।

आफु पढाईका सिलसिलामा मुम्बई हिडेको र बुवा आमा पुर्व जानेक्रममा मुग्लिङसम्मको यात्रा सम्झिदै अभिनेता अधिकारीले भने,‘त्यो नै मेरो र पिताजीको अन्तिम भेट रहेछ । त्यसपछि मैले कहिलै बुवाको मुख देख्न पाइन । म मेरो बुवाको र मेरो नजिकको मित्र श्रीकृष्ण श्रेष्ठको बारेमा बोल्दा निकै भावुक हुन्छु ।’

आफु सामाजिक विषय बस्तुमा आधारित फिल्म निर्माण गर्न रुचाउने भएका कारण यस्ता भावका गीतहरुमा अभिनय गर्न उत्सुक हुने बताए । उनले यस्ता विषयवस्तु कहिलै पुराना नहुने समेत दाबी गरे । अभिनेता अधिकारीले बुवालाई माया सम्मान गर्नुछ भने जिउँदो अवस्थामा नै गर्न सबैलाई आग्रह गरे ।

यो गीतमा राजेन्द्र बुढाथोकीको स्वर तथा अर्जुन पोखरेलको संगीत रहेकोे उक्त गीत र भिडियो गायक बुढाथोकीको आफ्नै युटुव च्यानलमार्फत सार्वजनिक गरिएको छ । गीतकार लोकराज अधिकारीले यो गीत रचना गर्दा निकै पटक भावुक बनेको सुनाए । गीतको भिडियोमा अभिनेता आकाशका अलवा संगम भण्डारी,जेल्सन अधिकारी,सुमन बैरागी पण्डित,ज्योती प्रकाश,दियान गौतम लगायतको अभिनय रहेको छ । भिडियोमा निर्देशक प्रकाश धिताल सम्पादन बिकाश दाहालको छ भने उत्सव दाहालले खिचेका छन् ।

धेरै पढिएको