अभिनेता भट्टराई निर्देशक खरेलको चलचित्रमा विषेश भुमिकामा देखिदै

News Desk 1


|
|


काठमाडौं – चलचित्र निर्देशक माधव राज खरेलले आफ्नो नयाँ चलचित्र चिठ्ठी को विषेश भुमिकामा नायक श्रीदेव भट्टराइलाई अनुबन्धीत गरेका छन् । यस अघि कमेडियन कलाकार नायक संजित भण्डारी , गोपाल ढकाल ‘छन्दे’, खड्गबहादुर पुनमगर ‘खबपु’, कंचन चालिसे, लगायतका कलाकारहरु अनुबन्धित गरिसकेका निर्देशक खरेलले विषेश भुमिकामा  भट्टराईलाई अनुबन्धीत गरेका हुन् ।
पिम नेपालको प्रस्तुति रहने चलचित्रका लागि वरिष्ठ चलचित्रकर्मी मोहन निरौला, नवराज थापा, मुस्कान लामा, नम्रता खरेल पौडेल समेत कलाकारको रुपमा छानिएकोे निर्माण कम्पनीले जनाएको छ । कमेडी जनारामा निर्माण हुन लागेको फिल्मको कथा सस्पेन्स र थ्रीलर रहने निर्देशक खरेलले वताए ।

चलचित्रको छायाँकन बैशाखको पहिलो सााताबाटै गर्ने भनिए पनि कोरोनाका कारण केही पछि धकेल्लिएको निर्देशक खरेलले बताए । चाँडै छायाँकन सुरु गरिने चलचित्रमा कलाकारहरु छनौट प्रकृया पनि लगभग अन्तिम चरणमा पुगेको निर्देशक खरेलले बताएका छन् । शान्तिप्रिय काष्टिङ निर्देशक रहेको फिल्ममा जिवन पराजुलीे छायाँकन, किरण दाहालको द्धन्द्ध रहनेछ । कमला जोशी निर्माता रहने फिल्ममा सह–निर्माताको रुपमा राजन थापाको उपस्थिती रहने छ ।

चलचित्रको छायाँकन काभ्रे  र काठमाण्डौका विभिन्न रमणीय स्थलहरुमा  गरिदै छ ।