संदिपले सिफलमा गरे द वर्गर हाउसको ८२ औं शाखा शुभारम्भ

News Desk 1


|
|


काठमाण्डौ– द वर्गर हाउस एण्ड क्रन्चि फ्राईड चिकेनको ८२ औं शाखा काठमाण्डौ स्थित सिफलमा संञ्चालनमा आएको छ । एक हप्ता देखी निरन्तर रुपमा ओपनिङ सेरोमोनी चलिरहेकोे छ । मिस नेपाल माल्भिका सुब्बाले रिवन तथा केक काटेर द वर्गर हाउस एण्ड क्रन्चि फ्राईड चिकेनको ८२ औं शाखाको औपचारिक शुभारम्भ गरेकी छिन् ।

कार्यक्रममा नेपाली गीत संगीत एवं चलचित्र क्षेत्रका सेलिव्रेटीहरुका साथमा विभिन्न क्षेत्रका व्यक्तित्वहरुको सहभागिता रहेको थियो । 

ग्राहकहरुको सेवा सुविधा तथा आवस्यकतालाइ मध्यनजर गर्दै सञ्चालनमा आएको वर्गर हाउसले विभिन्न किसिमका अफर तथा सहुलियतमा फ्रन्चाइ आइटमहरु पर्सल तथा होम डेलिभरि समेत गर्ने द वर्गर हाउस एण्ड क्रन्चि फ्राईड चिकेनका संचालक संन्दिप महतले जानकारी दिएका छन । 
द वर्गर हाउस एण्ड क्रन्चि फ्राईड चिकेनमा प्रसस्त पार्किङको सुविधा समेत रहेको छ ।