काठमाण्डौ - अन्तराष्ट्रिय नेपाली कलाकार समाज इनासको चौथो महाधिवेशन सम्पन्न भएको छ । काठमाण्डौको लाजिम्पाट स्थित होटेल र्याडिसनमा विविध सांस्कृतीक कार्यक्रमका विच सम्पन्न भएको कार्यक्रममा नेपाली चलचित्र तथा गीत संगीत क्षेत्रमा लामो समय देखी योगदान दिदै आएका स्रष्टाहरुलाइ सम्मान समेत गरिएको छ ।
इनास ग्लोवलका संस्थापक अध्यक्ष पुष्प बरुवाल, इनास ग्लोवलका उपाध्यक्ष अर्जुन काफ्ले, साबु गदाल, इनास नेपालका भगवती बस्नेत , इनासका कोषध्यक्ष हेम राज थापा, इनास नर्थअमेरीका क्षेत्रीय संयोजक आनन्द लामा, ईनास अमेरिका राष्ट्रिय समिती अमेरिकाका अध्यक्ष गायक कन्हैया सिंह परियार, मेरिल्याण्ड प्रतिनिधि दिनेश भण्डारीर बिश्व किरण थापा,केन्टुकि प्रतिनिधि राजु तिमील्सिना,पेन्सिलभेनिया प्रतिनिधि आलोक कार्की,क्यालिफोर्निया प्रतिनिधि खिम के सी, भर्जिनिया प्रतिनिधि दिपेन खरेल लगायत अधिवेशनमा भाग लिनका लागि इनास संग सम्बन्धीत युरोप, ओसियान लगायतका देशमा अवस्थित राष्ट्रिय, राज्य, क्षेत्रीय र विषयगत नितिका पदाधिकारीहरुको उल्लेखनिय सहभागीता रहेको थियो । उक्त महाअधिवेशन इनासको नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ ।
यसैविच इनास ग्लोवलको चौथो महाधिवेशनमा भाग लिन नेपाल आएका इनासअमेरिका राष्ट्रिय समितिका अधयक्ष तथा चर्चित गायक कन्हैया सिंह परियारको नेपाली नारी शक्ति परिवारले भव्यताका साथ स्वागत तथा सम्मान गरेको छ । नेपाली नारी सक्तिकी अध्यक्ष गीत सिंह, कृष्णा नेपाल लगायतका महिलाहरुले ले माला र खादा सहित त्रिभुवन अन्तरािष्ट्रय विमान स्थलमा स्वागत गरेकी छन् । नेपाली गीत संगीत क्षेत्रमा सक्रिय परियारलाई आगामि दिनहरुमा पनि नेपाली कलाकारिता प्रति सक्रिय सहिरहने कामनाका साथ सम्मान गरिएको अध्यक्ष सिंहले बताएकी छिन् । लामो समय देखी गायन क्षेत्रमा सक्रिय परियारका दर्जनौ चर्चित गीतहरु नेपाली सांगीतीक बजारमा छन् ।
