मोडल विकास शर्मा अभिनित तिहार गीत मखमली बजारमा

Devil Singh Rajput


|
|


काठमान्डौ -अहिलेका नव उदयमान चर्चित मोडल विकाश शर्मा अभिनित तिहार गीत  मखमली बजारमा आएको छ।उनी संगै यसमा कलाकारहरु बालकुमार देबकोटा ,जयराम सापकोटा ,दीपेन्द्र लामा ,रोशन लुइँटेल ,बिबिका थापा , आर्या तामांग ,कृतिका तामांग र शर्मिला शर्माको अभिनय रहेको छ। पछिल्लो समय शर्मा अभिनयमा चर्चामा रहेका उदयमान  कलाकार हुन्।     फुलमाया तामांग र कमल घलेको स्वर रहेको   तिहार गीतको निर्देशन देब धिमालले गरेका छन्। 

 बिजय राज फिल्म्सको  पोस्ट  प्रोडक्सन  र  दिनेश सुबेदीको  शब्द रचना रहेको  उक्त   गीतको क्यामरा बिजय  पर्सन  जिरेल रहेका छन् भने एडीटिंग बिजय राज भुर्तेलले गरेका छ।