काठमाडौंको मुख्य नाका नागढुंगामा आधुनिक ‘डिसइन्फेक्सन टनेल’ निर्माण गरिएको छ। काठमाडौंमा कोरोनाभाइरस नभित्रियोस् भन्ने उद्धेश्यले गाडीहरूलाई निस्संक्रमण गर्न ‘डिसइन्फेक्सन टनेल’ बनाइएको चन्द्रागिरि नगरपालिकाले जनाएको हो। सुन्दर यातायात प्रालिले आफ्नै खर्चमा यस्तो टनेल निर्माण गरेको छ भने चन्द्रागिरि नगरपालिकाले स्थान,पानीको व्यवस्थापन सुरक्षा प्रवर्द्धन गरिएको मेयर घनश्याम गिरीले बताए। सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले केन्द्र सरकार, चन्द्रागिरि नगरपालिकाबाट अनुमति लिएर ‘डिसइन्फेक्सन टनेल’ बनाइएको र शुक्रबार औपचारिक रूपमा उद्घाटन हुने बताए। टनेलको सुरक्षा र सञ्चालन महानगरीय प्रहरी प्रभाग नागढुंगाले गर्ने भएको छ।टनेल निर्माणपश्चात् राजधानी भित्रने सवै सवारी साधन निस्संक्रमण गर्न ‘डिसइन्फेक्सन भए पछि मात्र राजधानी प्रवेश गर्न पाउने छन्। काठमाडौं भित्रिने गाडी यही टनेलमार्फत् गुड्नुपर्ने छ। टनेलभित्र प्रवेश गर्दा गाडीको बाहिरी भागमा भाइरस मार्ने औषधि छर्किइन्छ जसका कारण कोरोना भित्रिन रोक्न मद्दत पुग्ने विश्वास गरिएको छ।
नागढुंगामा बन्यो ‘स्यानिटाइजिङ टनेल’, शुक्रबार उद्घाटन
PNA
|
|


