मिसेज ग्राण्ड इन्टरनेशनल नेपाल २०२१ को विजेतामा सिद्धार्थनगर भैरहवाकी ३६ वर्षीया उर्मीला

Devil Singh Rajput


|
|


काठमाडौं । उर्मीला उप्रेती सिलवाल मिसेज ग्राण्ड इन्टरनेशनल नेपाल २०२१ को विजेता बनेकी छिन् । सिद्धार्थनगर भैरहवाकी ३६ वर्षीया सिलवालले बिवाहित महिलाहरु बीच भएको स्पर्धामा उत्कृष्ट प्रस्तुतीका साथ ताज पहिरीएकी हुन् ।  ‘मिसेज ग्राण्ड इन्टरनेशनल नेपाल २०२१’को उपाधि हात पार्न सफल भएकी सिलवालले आउँदो अप्रिल २०२२ मा म्यानमारमा हुने मिसेस इन्टरनेशनलमा नेपालको तर्फबाट भाग लिनेछन, जहाँ विभिन्न देशबाट उनी जस्तै उपाधी हासिल गर्न सफल सुन्दरी महिलाहरु स्पर्धामा सहभागी हुनेछन् ।

 

को हुन उर्मीला उप्रेती सिलवाल ?

 

लिटिल बुद्ध इन्टरनेशनल मन्टेश्वरी स्कुल एण्ड ट्रेनिङ सेन्टरकी संस्थापक प्रिन्सीपल हुन उर्मीला उप्रेती सिलवाल । विगत १० वर्षदेखि शिक्षा क्षेत्रमा संलग्न सिलवाल विद्यार्थीहरुको सुन्दर भविस्यका लागि तल्लिन रहदै विशिस्ट योगदान पुर्याउदै आएकी छिन् । हालसम्म ३०० भन्दा बढी शिक्षकहरुलाई मन्टेश्वरी तालिम दिएकी उनी मन्टेश्वरी शिक्षा प्रवाह गर्ने टप ट्रेनर समेत हुन् । सिलवालले भविष्यमा अन्तराष्ट्रियरुपमै यस्ता लाखौं शिक्षक उत्पादन गर्ने आफ्नो लक्ष्य रहेको समेत बताएकी छन् ।पाँचजना बालबालिकाबाट निःशुल्क शिक्षा अभियान प्रारम्भ गरेकी सिलवालले अभियान अन्तर्गत लाखौंको संख्या पुर्याएर शिक्षा क्षेत्रमा ठूलो परिवर्तन ल्याउने आफ्नो लक्ष्य रहेको बताएकी छिन् ।

सिलवाल क्यानडामा रहेको डोमेष्टिक वर्कर युनाइट नामक संस्थाको २०१७ देखि नेपाल संयोजक रहेर काम गरेकी छन् । सिलवालले जीवनमा सिक्ने सिकाउने काम निरन्तर रहने हुनाले आफु यस्ता नयाँ काममा भाग लिनका लागि सधै उत्साहित रहेको बताउँदै उक्त प्रतियोगितामा भाग लिएको र उपाधि जित्न सफल भएकोमा खुशी व्यक्त गरिन।