हिमालय एयरलाइन्सको जहाज मेडिकल सामग्री लिन चीन उडेको छ। आज बेलुका नै हिमालयको जाज चीनको चाङ्शाका लागि डान गरेको छ।कोरोना भाइरस रोकथाम तथा उपचारका लागि आवश्यक मेडिकल सामग्री ल्याउनका लागि हिमालयले यसअघि पनि चीनको ग्वान्झाउमा पहिलो चार्टर्ड उडान गरेको थियो | हुनान प्रान्तको राजधानी चाङ्शामा हिमालयले यसअघि नै नियमति उडान गरिरेको थियो। तर कोरोनाका कारण हिमालयको व्यावसायिक उडान अहिले भने बन्द रहेको छ। आज बेलुका ५:४५ मा काठमाडौंबाट उडेको जहाज रातिको १२:०५ मा चाङ्शास्थित हुवानघुवा अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका रहेको एयरलाइन्सले जानकारी दिएको छ।जहाज भोलि बिहान काठमाडौं आइपुग्ने एयरलाइन्सले बताएको छ।“हामीले हाम्रो पछिल्लो ग्वान्झाउको कार्गो उडान सफलतापूर्वक सञ्चालन गरेका छौं र चाङ्शा हाम्रो उडान स्थलहरू मध्ये एक भएको कारण यो दोस्रो कार्गो उडानको लागि तयारी गर्न हामीलाई अपेक्षाकृत सजिलो भयो । हामीले कोभिड–१९ को प्रकोप हुनुभन्दा अघि नै चीनको पाँच शहरहरुमा उडान सेवा सुरु गरिसकेका थियौं, र यी हवाई पूलहरूमार्फत महामारीको बिरूद्ध लडाई जित्नु र राष्ट्रको आपूर्ति श्रृंखला बगिरहन निश्चित गर्न अत्यावश्यक मेडिकल सामाग्री ल्याउन हामी तयार छौं ” एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले भनेका छन्।
मेडिकल सामाग्री ल्याउन चीन उड्यो हिमालय एयरलाइन्सको जहाज
PNA
|
|


