शुक्रबार सार्वजनिक हुँदै शब्द विवादमा परेको ‘छाउपडी’ गीत

News Desk 1


|
|


काठमाडौं– अन्तत: छाउपडी’ बोलको गीत सार्वजनिक हुने भएको छ । शब्द सार्वजनिक भए लगत्तै विवादना परेको उक्त गीत अब भने सार्वजनिक गर्नका लागि तयार रहेको गायिका सोफिया थापाले बताएकी छन् ।सुदुर पश्चिममा रहेर महिला अधिकारको क्षेत्रमा काम गरिरहेका केही अधिकारकर्मीले गरेको विरोधका कारण रेकर्ड नहुँदै यो गीत विवादमा परेको थियो ।

उक्त समुहले छाउगोठको नाममा रचनाकारले सुदुर पश्चिमको वदनाम गरेको आरोप लगाएका थिए । गीतका शब्द रमेश दहालले लेखेका हुन् । लामो समय सुदुर पश्चिमका विभिन्न जिल्लामा काम गर्ने क्रममा देखेको विषययलाई लिएर उनले गीतका शब्द तयार गरेका छन् ।गीतले कुनै पनि प्रकारको विभेद र विरोधका विषयय उठान नगरेकोमा उनी स्पष्ट छन् ।गीतमा संगीतसमेत गायिका थापा कै रहेको छ । यो गीत थापाको युट्युव च्यानलमार्फत फागुन २७ गते शुक्रबार सार्वजनिक हुँदैछ ।