कलिउड मिडियाले “फेस अफकर्पोरेट २०२२”को आयोजना गर्दै

News Desk 1


|
|


काठमाडौँ  - नेपाली सौन्दर्य प्रतियोगिता जगतमै पहिलोपटक कर्पोरेट क्षेत्रमा आवद्ध रहेका महिला र पुरुष दुबैलाई समेट्दै सौन्दर्य प्रतियोगिता ‘‘फेस अफकर्पोरेट २०२२” आयोजना हुने भएको छ । कलिउड हव मिडिया प्रा.लीले राजधानीको अनामनगरस्थि तक्याफे केटिएम हाईटमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रा.लिका अध्यक्ष राजन खरेलले, कर्पोरेट क्षेत्रमा आवद्ध महिला तथा पुरुषहरुलाई सहभागी गराउदै आयोजना गर्न लागिएको यस सौन्दर्य प्रतियोगीतामा देशभरिबाट इच्छुक उद्यमी महिला तथा पुरुषहरु सहभागीहुन पाउने जानकारी दिएका छन् ।

कर्पोरेट क्षेत्रमै आफ्नो भविष्य खोजि रहेकाहरुलाई विषेश प्राथमिकता दिदै उनीहरुको शैक्षिक विकास , व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, रोजगारीको लागि विभिन्न आकर्षक अवसर प्रदान गर्नुका साथै उनीहरुको आन्तरिक क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको विकास गराई एक कुसल व्यवसायिक व्याक्तित्व तथा शिक्षित व्यक्तिको रुपमा अगाडि आउन सहयोग गर्ने हेतुले यस्तो किसिमको कार्यक्रमको आयोजना गर्न लागिएको आयोजक पक्षले जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै कर्पोरेट क्षेत्रका साथै चलचित्रकर्मी, संगीतकर्मी, पत्रकार तथा विभिन्न क्षेत्रसंग आवद्ध व्यक्तित्वहरुले कार्यक्रमको पुर्ण सफलताको शुभकामना दिएका थिए । फेस अफ कर्पोरेटमा भाग लिन चाहाने व्यक्तिहरुले कलिउुडहव मिडिया प्रा.लिको कार्यलय बागबजारमा आएर फारम सक्ने छन् भने ग्लोवल अनलाईन पेको वेवसाईट मार्फत पनि अनलाईन फारम भर्न सकिने छ । कार्यक्रममा शिर्ष ताज उपाधि सहित नगद रु पचास हजार प्रदान गरिनुका साथै  कुल १५ विधामा विभिन्न किसिमका गिप्ट ह्याम्परहरु समेत प्रदान गरिने बताइएको छ । उक्त कार्यक्रममा सहभागीताको लागि १८ वर्ष देखि माथिको उमेर समूहका युवा, युवती तथा विवाहित महिला/पुरुषले ‘‘फेस अफकर्पोरेट २०२२”मा सहभागी हुन पाउने अध्यक्ष खरेलले बताए ।

कार्यक्रममा चलचित्र निर्देशक एवं कार्यक्रमका सल्लाहकार  तथा निर्णाक समितिका संयोजक समेत रहेका माधव राज खरेल, नेपाल टेलिभिजनको पहिलो महिला समाचार बाचिका रचना सिंह, कार्यक्रम संयोजक राजन थापा र कार्यक्रमका अध्यक्ष राजन खरेल सहित भएर फेस अफ कर्पोरेटको  पोष्टरलाइ सामुहित रुपमा सार्वजनिक गर्दै आजकै मिति देखी फारम खुल्ला गरिएको घोषणा गरेका थिए ।