पेजथ्री पाक्षिक पत्रिकाको आयोजनामा पेजथ्री पिपल्स च्वइस अवार्ड ११४२ राष्ट्रिय सभागृह हलमा सम्पन्न

Devil Singh Rajput


|
|


नेपालभाषाको संगीत क्षेत्र, म्यूजिक भिडियो क्षेत्र र चलचित्र क्षेत्रलाइ अवार्ड प्रदान गरिएको थियो ।

जम्मा ४६ विधा अन्तरगत संगीत विधामा १९ अवार्ड, म्यूजिक भिडियो विधामा १३ र चलचित्र विधामा १४ वटा अवार्ड का साथै वि.नन्द बैद्य, निर्मल रत्न शाक्य, अन्नपूर्णेश्वरी श्रेष्ठ र इमर्ज ब्याण्डलाइ ज्यूरी अवार्डबाट सम्मानीत गरिएको थियो साथै लाइफटाइम एचिभमेन्ट अवार्ड वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ ज्यू लाइ प्रदान गरिएको थियो।

अवार्डमा संगीत विधातर्फ उत्कृष्ट पुरुष गायन तर्फ – महेश राज थापा (गन वने त्यना), उत्कृष्ट महिला गायन –‘स्वस्ती महर्जन’ (वेनगु हे खः सा), उत्कृष्ट पुरुष गायन उदीयमान कलाकार – विजेन्द्र चवाल (जीवनया छुं ई), उत्कृष्ट महिला गायन उदीयमान कलाकार – पूर्णिमा शाक्य (सुयात कने), उत्कृष्ट पुरुष गायन आधुनिक गीत – उत्तम महर्जन (मफूत म्वाये), उत्कृष्ट महिला गायन आधुनिक गीत – रत्नशोभा महर्जन (छु जुल रे), उत्कृष्ट पुरुष गायन उदीयमान आधुनिक गीत – मुकेश शाक्य (छंगु हे खँ ला खः), उत्कृष्ट महिला गायन उदीयमान आधुनिक गीत – चण्डीका बाडे (लुमना वल), उत्कृष्ट युगल गीत – लसता जोशी, प्रवेशमान शाक्य (छन्त खनेवं), उत्कृष्ट आधुनिक युगल गीत – प्रतिमा बज्राचार्य, रत्नसंभव शाक्य (छ वःग खनेवं), उत्कृष्ट बाल गीत – एरोन महर्जन (यो मां), उत्कृष्ट भजन – तंकराज शाक्य (बुद्ध लुमना वइ),  उत्कृष्ट समूह गीत – ज्यू ज्यान प्राण (जितेन शाक्य), उत्कृष्ट एल्बम – मन (हरिराम महर्जन थेच्व), उत्कृष्ट शब्द – रामेश्वर मिश्रण श्रेष्ठ (ल्वहं खः कि व),  उत्कृष्ट संगीत – राजकुमार मानन्धर (हर्कनारां साहु), उत्कृष्ट संगीत आधुनिक –भुवन महर्जन (यो मां), उत्कृष्ट संगीत संयोजन – जिवित जल्मि (छलयाना जुसां ज्यु), उत्कृष्ट संगीत संयोजन आधुनिक गीत – यल्लो अर्बिट (ओ मैंचा) सम्मानित भएको थियो ।

 

चलचित्र अवार्ड तर्फ धोषकबाट उत्कृष्ट पुरुष कलाकार मुख्य भुमिकामा किशोर चिपालु, उत्कृष्ट महिला कलाकार सह भुमिकामा ‘पल्पसा डंगोल’, उत्कृष्ट कलाकार खल भुमिकामा ‘राजेन्द्र मान शाक्य’, उत्कृष्ट उदीयमान महिला कलाकार अंजली शाक्य’, उत्कृष्ट निर्देशक ‘अमृतचन्द्र श्रेष्ठ’ र उत्कृष्ट चलचित्र  सम्मानित भएको थियो । जामनः गुभाजु चलचित्रबाट उत्कृष्ट स्क्रीनप्ले ‘सुशिल राजोपाध्याय’ र उत्कृष्ट छायाँकन ‘भवानि शिलाकार’ले जितेका छन । उत्कृष्ट कोरियोग्राफी ‘निशिला शाक्य’  र ओरिजिनल साउण्ड ट्राय्क ‘मायाजालं’  आसकुति चलचित्र , उत्कृष्ट महिला कलाकार मुख्य भुमिकामा अन्नु महर्जन (बसन्त ऋतु), उत्कृष्ट पुरुष कलाकार सह भुमिकामा पूर्णकाजी ज्यापू (हिसिमति), उत्कृष्ट सम्पादन मनोजरत्न शाही (वायादुने जाकि दु) र उत्कृष्ट संवाद यादव दास भोछिभोय लमि बाट सम्मानित भएको थियो ।

 

म्यूजिक भिडियो तर्फ उत्कृष्ट पुरुष मोडल किशोर चिपालु (छन्त जिगु माया मदुला), उत्कृष्ट महिला मोडल रोजिना सुवाल (गन वन), उत्कृष्ट उदीयमान पुरुष मोडल अमोघवीर बज्राचार्य (अप्सरा थें च्वं), उत्कृष्ट महिला मिसा मोडल नेन्सी महर्जन (छन्त नापलाये सातकि), उत्कृष्ट क्यामरापर्सन म्यूजिक भिडियो आभेष बज्राचार्य (कुचुकुचु मिं), उत्कृष्ट सम्पादन बिजु कर्माचार्य (यो मां), उत्कृष्ट कोरियोग्राफर आराध्यालक्ष्मी खड्गी (जमाना मभिं), उत्कृष्ट मेकअप उमिसा पाण्डे (छंगु लँ), उत्कृष्ट भेषभुषा (छं न्हिला दः) उत्कृष्ट राष्ट्रिय भाव, धार्मिक भाव म्यूजिक भिडियो – दुःख दुःख (मिनर्वादेवी शाक्य बज्राचार्य), उत्कृष्ट पर्फोमिंग आर्टिष्ट मृगनयनी  (न्हूपलाः), उत्कृष्ट निर्देशक विश्वास बज्राचार्य (पियाच्वने) र उत्कृष्ट म्यूजिक भिडियो – छन्त जिगु माया मदुला (धर्म महर्जन) सम्मानित भएको थियो ।

 

विराजकाजी राजोपाध्याय द्वारा संचालित कार्यक्रममा सुष्मा महर्जनले पनि साथ दिएका थिए । कार्यक्रममा स्वागत गर्दै पेजथ्री अवार्डया संयोजक दर्शनवीर शाक्यंले यस अवार्डका कारण नेपालभाषा मनोरंजन क्षत्रमा आइरहेको परिवर्तनको बिषयमा कुरा राख्नु भएको थियो । ईलोहं प्रकाशनका प्रबन्ध निर्देशक नरेशवीर शाक्यले सहयोगी हातहरुलाइ धन्यवाद ज्ञापन दिनुभएको थियो।

 

कार्यक्रममा मेयर विद्यासुन्दर शाक्य द्वारा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको प्रसंशा गर्दै जुन २२ सालमा तत्कालिन सरकारले नेपालभाषामा बन्देज राखेका कारण मदनकृष्ण श्रेष्ठ ज्यूले गायन तर्फ पाइला चालेका थिए

आफ्नो कार्यकालमा सबै स्कुलहरुमा स्थानीयभाषा अनिवार्य गरेको कुरा उल्लेख गर्नु भयो। कार्यक्रममा ईलोहं प्रकाशनका संरक्षक धर्मवीर शाक्यं द्वारा मदनकृष्ण श्रेष्ठलाइ दोसल्ला ओढाइ सम्मान गर्नु भएको थियो भने मेयर विद्यासुन्दर शाक्यले लाइफटाइम सम्मान पत्र प्रदान गर्नुभएको थियो ।