भुम्लुमा गठबन्धनलाई जिताउन अध्यक्षका उम्मेदवार भुजेलको अपिल

News Desk 1


|
|


काभ्रेपलाञ्चोक– आउने बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनको प्रचारप्रसारको लागि गठबन्धन पक्षले तिब्रता दिएको छ । विगत पाँच वर्ष सम्म पनि गाउँपालिकामा भने जस्तो र सोचे जस्तो परिवर्तन नभएकै कारण यस पटक नेतृत्व परिवर्तन जरुरी रहेको भन्दै गठबन्धन पक्षले घरदैलो अभियानलाई तिब्रताका साथ अघि बढाएको छ । गठबन्धनका तर्फबाट अध्यक्ष पदको उम्मेदवार बनेका प्रेम बहादुर भुजेल साझा उम्मेदवारका रूपमा चुनावी मैदानमा छन् । भुजेल निकै रसिक र निस्वार्थ भावना भएका युवाका रुपमा चिनिने स्थानियहरुले वताउँदछन् । नयाँ नेपालको निर्माणको परिकल्पना गर्दै आधुनिकिकरण तर्फ देश लैजानु पर्छ भन्ने उदारबादी  विचारधार भएका नेता भुजेल भुम्लुको विकासको लागि यस पटक आफुले नेतृत्व पाउने विश्वस्त रहेका वताएका छन् ।

नेपाली काँग्रेस, समाजबादी पार्टी र नेकपा माओवादी केन्द्रको गठबन्धनका तर्फबाट उम्मेदवार बनेका भुजेल भन्छन “प्राकृतिक श्रोत–साधनले भरिपूर्ण भएको भुम्लु गाउँपालिकाले वितेको पाँच वर्षमा कुनै उपलब्धी हासिल नगरेको र पालिका भित्र रहेका सांस्कृतिक, धार्मिक र ऐतिहासिक सम्पदाहरु ओझेलमा परेका छन्, बार्षिक रुपमा पालिकाको लागि  आएको बजेट पनि खर्च नहुनु र फ्रिज जानु भएको अलिकती खर्च पनि भ्रष्टाचारमै सकिनु विडम्बना हो । संघियताको संरचना अनुसार गर्नु पर्ने काम गर्नको लागि सक्षम नेतृत्व नभएकै कारण आज भुम्लुबासीको जिवनस्तर जहाँको त्यहि रहेको छ्”

भुम्लु गाउँपालिकामा यतिवेला एकीकृत समाजवादी, माओवादी केन्द्र र नेपाली कांग्रेस लगायत संयुक्त लोकतान्त्रिक बाम गठबन्धनको एक्लो उम्मेदवार बनेका भुजेलले जनताको चेतना स्तरमा आमूल परिवर्तन गराउँदै सामाजिक , आर्थिक र भौतिक रूपमा विकास, सुन्दरशान्त र समृद्ध भुम्लु बनाउनको लागि भए पनि एक पटक  गठबन्धन पक्षलाई मतदान गर्न सम्पुर्ण भुम्लुबासीमा अपिल गरेका छन् ।

आवाससहितको शैक्षिक पूर्वाधार निर्माण, कृषिमा आधुनिकीकरण, युवाहरूलाई प्राकृतिक स्रोतहरूको उपयोग गरी स्वरोजगारीतर्फ उन्मुख गराउने, १० वडामा १० बगैंचा निर्माण, जडिबुटी फार्म, तरकारी फार्म, पशुपालनको फार्म  पर्यटन उद्योगहरू सञ्चालन, पर्याप्त पूर्वाधारहरू बनाउने र भएका पार्कहरूलाई पनि व्यवस्थित गर्दै पर्यटकहरु धित्र्याउने योजनाहरु भुजेलका रहेका छन् ।
त्यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका चर्चित युवा नेता जितेन्द्र मान तामाङ (दावा लामा) भुम्लु गाउँपालिकामा आशा लाग्दा  युवाको रुपमा उदाएका छन् । लामा स्थानियहरुको हितमा व्यक्तिगत तवरबाट पनि निस्वार्थ भावले सेवामा समर्पित व्यक्तित्वको रुपमा चिनिएका छन् ।

गठबन्धनको पक्षबाट  उपाध्यक्षको उम्मेदवार बनेको दावाले  पनि यस पटक भुम्लुबासीले आफुलाई मतदान गरेर एक पटक सेवा गर्ने मौका दिनेमा बिस्वस्त रहेको बताएका छन् । यस पटक हामी  गठबन्धन पक्षका युवाहरु मिलेर भुम्लुको मुहार फेर्ने इच्छालाई भुम्लुबासीले  पुरा गरिदिने भन्दै दावाले मतदानको अपिल समेत गरेका छन् । आफुहरुले गाउँपालिकाको  लागि ल्याएका अथवा गरेका बाँचाहरु आगामि पाँच वर्ष भित्रै पुरा  गर्ने भन्दै केही योजनाहरु पाँच वर्ष भन्दा बढी समय लाग्न सक्छ तर कामलाई तिब्रताका साथ अगाढी बढाउने समेत अध्यक्षका उम्मेदवार भुजेलले बताए ।