काठमाडौं । मिस नेवाहरुले बुद्ध जयन्ती मनाउने क्रममा स्वयम्भुमा शैक्षिक सामाग्री वितरण गरेका छन् । उनीहरुले स्वयम्भु स्थित मित्र बिहारमा संरक्षित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेका हुन । सो अवसरमा उनीहरुले ती बालबालिकालाई भोजन समेत गराएका थिए ।
लायन्स क्लब यलका गभर्नर लायन्स मनिश्री रत्न बज्रारचार्यको प्रमुख आतिथ्यता तथा पासा पुच गुथी युकेका अध्यक्ष ओजेश सिंहको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा मिस नेवा: नेपा ११४१ कृषा महर्जन, मिस नेवा: नेपा ११४२ सलिना महर्जन, मिस नेवा: नेपा ११४२ को उप बिजेता सबिना बज्राचार्य साथै अन्य ताज बिजेताहरु मिस ट्यालेन्ट ११४२- श्रिजला महर्जन, मिस ट्यालेन्ट ११४२ उप विजेता - श्रीया महर्जन, बेस्ट नेपालभाषा ११४२ - लुमन्ती महर्जन, सोसियल वेलफेयर चिफ ११४२ - आस्था श्रेष्ठ, सोसियल वेलफेयर चिफ उप बिजेता ११४२- अतृषा महर्जन, मिस पब्लिक च्वाईस ११४२- स्वइच्छा महर्जन, बेस्ट हेयर ११४२ - सिर्जुला महर्जन
सहभागी थिए । कार्यक्रममा लिटिल नेवाहरु मिस लिटिल नेवा ११४१ उप बिजेता - रीकिस्ना डंगोल, मिस लिटिल नेवा ११४१ मिस ट्यालेन्ट- नयना शाक्य समेतको उपस्थिती रहेको थियो ।

