बैरो संघद्वारा संसदको श्रम समिति र श्रममन्त्रीसमक्ष मलेसियाको मेडिकल समस्या समाधान गर्न आग्रह, महिनौ पहिले मेडिकल गरेका कामदारको अनलाइन भए

Devil Singh Rajput


|
|


काठमाडौं–मलेसिया रोजगारीका लागि स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य व्यवसायीहरुको छाता संस्था नेपाल स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष एबं नेपालमा बायोमेट्रिक स्वास्थ्य परीक्षणका ठेकेदार कैलाश खड्काले मलेसिया जाने कामदारको नेपालमा स्वास्थ्य परीक्षण गरे पनि मलेसियामा अनलाईन नगरिदिएपछि रोजगारीमा जान लागेका हजारौ कामदार र बैदेशिक रोजगार व्यवसायी समस्यामा परेका छन ।
समस्यामा परेका बैदेशिक रोजगार ब्यावसायीहरु र यससँग सरोकार राख्ने संघ संस्थाहरुले सोमबार संसदको श्रम समिति र श्रममन्त्रीलाई भेटि मलेसिया रोजगारिमा मेडिकलको समस्या र अन्य बैदेशिक रोजगारको समस्याको बारेमा छलफल गरेका थिए । उनीहरुले मलेसिया रोजगारिमा मेडिकलको समस्या, वैदेशिक रोजगार ब्यबसायीले लिने सेवा शुल्क, संख्या १०० को समस्या, युरोप जाने कामदारको भिसा समस्या, राजदूतावासमा मागपत्र प्रमाणीकरण समस्याका बारेमा संसदको श्रम समितिलाई जानकारी गराएको संघका संयोजक बिमल ढकालले बताए ।
संघको नेतृत्वमा गएको प्रतीनिधीमण्डलले श्रम समितिका सभापति विमल श्रीवास्तब, वैदेशिक रोजगारका समस्या अध्ययन गर्न गठित उप समितीका संयोजक एलपी सावाँ लिम्बु र समितिका अन्य सांसदहरुसँग छलफल गरि विविध समस्याको समाधानको लागि पहल गरिदिन समिति समक्ष अनुरोध गरेको छ । ढकालको नेतृत्वमा गएको प्रतिनिधि मंडलले मलेसिया रोजगारिमा हाल देखिएको मेडिकल समस्याका बारेमा जानकारी गराउदै मेडिकल गरिएका कामदार र मेनपावर ब्यावसायीलाई दुख दिएको, पुन मेडिकल गर्दा खर्च कस्ले बेहोर्नेलगाएतको बिषयमा कुरा उठाएको थियो । तत्काल यो समस्या समाधान गर्नुपर्ने संघका सदस्य प्रज्ञान न्यौपानेले बताए । न्यौपानेले बैदेशिक रोजगार ब्यावसायी र कामदारलाई अनावश्यक दुख दिनेलाई तत्काल कारवाहीको माग गरे ।
भेटघाटमा नेपाल बैदेशिक रोजगार व्यवसायी संघका संयोजक बिमल ढकाल, सदस्य प्रज्ञान न्यौपाने, सदस्य रविन्द्र यादव, बैदेशिक रोजगार लोकतान्त्रिक फोरमका अध्यक्ष कुमुद खनाल, सल्लाहकार चिरन्जिवी बस्याल, प्रगतीशिल बैदेशिक रोजगार मञ्चका अध्यक्ष राजेन्द्र भण्डारी लगायत व्यवसायीहरुको उपस्थिती रहेको थियो । केहिदिन पहिले महासंघका अध्यक्ष एबं नेपालमा बायोमेट्रिक स्वास्थ्य परीक्षणका ठेकेदार खड्काविरुद्ध ठगी ,राजस्व छलीको आरोपमा अर्थ मन्त्रालय, राष्ट्रबैंक, राजस्व बिभाग, कम्पनी रजिस्टार, नेपाल प्रहरी अपराध महाशाखालगायतका निकायमा उजुरीसमेत परेको थियो ।
खड्काबिरुद्द महासंघका पुर्व महासचिव, कोषाध्यक्ष एबं उनकै मलेसियाको बायोमेट्रिक स्वास्थ्य परीक्षण गर्नको लागि खोलिएको कम्पनी म्याक्रो टेक प्रालिका संचालकहरु मुकुन्द भट्टराई र शालिकराम क्षेत्रीले मलेसियाको बायोमेट्रिक स्वास्थ्य परीक्षणको नाममा बेस्टिनेट कम्पनीको नाम लिएर स्वास्थ्य व्यवसायीहरु र देशलाई करोडौ ठगी गरेको भन्दै बिभिन्न निकायमा उजुरी दर्ता गराएका थिए । उक्त मुद्दामा अध्यक्ष खड्काबिरु दर्जनौ आरोप प्रमाणसहित दर्ता गरिएको छ । आरोपको साथ साथमा निवेदकहरुले सबै प्रमाणहरु पनि पेश गरेको बताएका छन ।
निवेदकहरुले कोभिड–१९ महामारी सुरु हुनुअघि कलिङ भिसा लागेका करिब ७० हजार कामदारको बायोमेट्रिक स्वास्थ्य परीक्षण गरिसकिएको दावी गरेका छन । ७० हजार कामदारसँग ब्यवसायीहरुले स्वास्थ्य परीक्षणबापत प्रतिब्यक्ति ७ हजार ६ सय ६४ रुपैयाँ शुल्क लिने गरेका थिए । त्यसमा स्वास्थ्य परीक्षणबापत ४ हजार ५ सय रुपैयाँ र ३ हजार १ सय ६४ रुपैयाँ मेडिकल गराएबापत मलेसियालाई दिनुपर्ने कमिसन शुल्क भनेर उठाउने गरिएको छ ।