अधिकारकर्मी जोशीको आधिकारिक यात्रा

Madhab Raj Kharel


|
|



काठमाण्डौ – सुदुरपश्चिमको बझाङ जिल्लामा जन्मिएका  दिर्घराज जोशी बाल्यकाल देखीने मानव अधिकारको पक्षमा उभिदै आएका छन् । जन्म स्थान छोडेर कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकामा बसोबास गर्दे आइरहेका जोशी तत्कालिन जनआन्दोलनका क्रममा निकै सक्रियताका साथ मानवअधिकारका विषयमा वकालत गर्दर्थे । उनले त्यतिवेला सरकार र तत्कालिन विद्रोही पक्ष नेकपा माओवादीबाट वेपत्ता पारिएका मान्छेहरुलाई सार्वजनिक गर्नु पर्ने माग राख्दै निक्कै लामो संघर्षका आन्दोलनहरुमा समेत सक्रियरुप भुमिका खेलेका थिए ।

जोशीे मानवअधिकारका विषयमा कुरा गर्दा सम्झन्छन् “वि सं २०६२– ६३ को जनआन्दोलन, जुन बेला देशमा राजतन्त्र विरुद्धको आगो बल्दै थियो भने लोकतनत्र र गणतन्त्रका चर्का नाराहरु घन्किदै थिए र सोही भिडमा धनगढीको गर्मी मौसमको तातो सडकमा २१–२२ वर्षको ठिटो पनि प्रहरीको दमन र वर्बरताको विरोध गर्दै सडकमा शान्तिको नारा लगाउदै थियो । मानव अधिकार र मानविय कानुनको सम्मान गर्न अनुरोध गर्दै र्याली निकालेका भिडमा रहेका युवाहरुको जमातलाइ थाहा थिएन , मात्र उनिहरु तत्कालिन व्यवस्थाविरुद्ध लागेका पार्टीका कार्यकर्ता जस्ता बन्न पुगेका थिए र तीनै पार्टीका नेतृत्वले उनिहरुलाई संचालन गरेका थिए । तर कुनै पार्टी वा दलसंग नजोडिई विसुद्ध मानवअधिकारको  रक्षाको निम्ती लडिरहेका जोशी जस्ता युवाहरुको जमातलाई पनि तत्कालिन व्यवस्थाले पार्टीका कार्यकर्ता सम्झेर २०६२ साल चैत्र १२ गते धनगढीको पार्कमोडवाट प्रहरीले घेरा हालेर गिरफ्तार गरी जिल्ला प्रहरी कार्यलय कैलाली पुर्याएको थियो । २०६३ बैशाख १ गतेका दिन तत्कालिन राजा ज्ञानेन्द्र विर विक्रम शाहदेवको सत्ताच्युत पछि मात्रै थुनिएका जोशी लगायतका मानवअधिकारका लागी आवाज उठाउने  युवाहरुलाई थुनामुक्त गरिएको थियो ।”

थुना भित्रै रहेर पनि जोशीले मानव अधिकार र नेपालमा मानव अधिकारका क्षेत्रमा काम गर्ने व्यक्ति र संघ संस्थाहरुको बारेमा अध्ययन गर्ने मौका पाएका थिए । एक महिने जेल जिवनको अवधिमा जोशीले थुप्ै संघ संस्था तथा मानवाधिकारकर्मीहरु संगको आफ्नो चिनजानलाई निकै अगाडी बढाई सकेका थिए मानव अधिकारको विषयमा वकालत गर्न चाहाने जोशीसंग थुपै्र  व्यक्तित्वहरु जोडिएका थिए र जोशीलाई  मानव अधिकार र शान्तिको लागि आवाज उठान गर्न उर्जा प्रदान गर्ने जमातहरु झन बढ्दै गईरहेको थियो र त्यहि मौकामा  शान्तिका लागि शाझा अभियान (कोक्याप) नामक एक गैरसहकारी संस्था जसले मानव अधिकारका क्षेत्रमा काम  गर्ने व्यक्तिहरुको सहभागिता एउटा विशेष कार्यक्रमको आयोजना गर्ने योजना बनाएको थियो, तयस बखत जोशीले पनि त्यो संस्थामा आवद्ध रहेर स्वयंसेवक रुपमा काम गर्न थाले । त्यो संस्था वास्तवमा नेपालमा शान्ति र मानवअधिकारको क्षेत्रमा कार्यरत ५० वटा भन्दा बढी संस्थाको छाता संगठन थियो । जोशीले लामो समय खोजीरहेको मञ्च कोक्यापले प्रदान गरेको थियो ।

कोक्यापमा बसेर भोलेन्टियरको काम गर्न सुरुगरे लगत्तै उनले भावी नेपाल नागरिकको पहल नामक बृहत ३ दिने कार्यशालामा सहभागी हुने मौका पाएका थिए । जहाँ देशभरीबाट शान्ति र  मानव अधिकारको क्षेत्रमा काम गरेका विभिन्न व्यक्तित्वहरुको उपस्थिीती थियो । जुनकार्यक्रमको प्रभावले जोशी प्रती कोक्याप पनि निकै आकर्षित हुदै वि सं २०६४ माघ १ गते देखी फागुन ७ गते सम्म आयोजना गर्न लागेको बृहत राष्ट्रव्यापी साईकल यात्रामा  विषेश भुमिकामा सहभागी गराउने निर्णय समेत गरेको थियो । “उनिहरु कहाँ छन ?” भनेर नाम दिएको त्यो यात्राको मुख्य उदेश्य भनेको दन्द्ध कालमा राज्य र तत्कालिन विद्रोही माओवादी पक्षबाट विभिन्न बहानामा वेपत्ता पारिएका नागरिकहरुलाई तत्काल सार्वजनिक गर्न र उनिहरुको वास्तवीक अवस्थाबारे आम जनसमुदायलाई जानकारी गराउन दुवै पक्षलाई दवाव दिने उदेश्यले आयोजना गरिएको थियो । १५ जना नेपाली र १ जना विदेशी गरी कुल १६ जनाको टोली नेपालको मेचीबाट यात्रा सुरु गरी महाकालीमा समापन गर्ने गरी कार्यक्रमको आयोजना गरिएको थियो । देशका विभिन्न स्थानमा सभा, सम्मेलन नागरिक सुनुवाइ कार्यक्रम एवम् स्वयम नागरिक सचेतना जस्ता कार्यक्रम गरी करिव ३६ दिन पछि त्यो यात्रा महाकालीको गड्डाचौकीमा समापन भएको थियो । त्यस यात्रामा मुख्य भुमिकामा जोशीनै रहेका थिए । हजारौंको संख्यामा राज्य तथा तत्कालिन विद्रोही पक्षबाट वेपत्ता पारिएका मान्छेहरुको खोजी गर्न सरकार पक्षलाइ दवाव स्वरुप सुरु गरिएको अभियान थियो । सोही दबाब र राष्ट्रिय तथा अन्तराष्ट्रिय मानवअधिकार संगठनको चर्को आलोचनापछि सरकारले वेपत्ता नागरिक छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग जस्ता महत्वपुर्ण आयोगहरु समेत गठन गरेको थियो ।

लामो समय देखी मानव अधिकार र समाजसेवाका क्षेत्रमा सक्रिय भुमिकामा रहदै आएका जोशीले  राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा आयोजना गरिने विभिन्न मानव अधिकार सम्बन्धि गोष्टि सेमिनार  लगायतका कायृक्रमहरुमा सहभागी हरँदै मानव अधिकारको विषयमा अध्ययन तथा अनुसन्धान थर्दै नेपालमा शान्ति मानव अधिकार र लोकतन्त्रलाई कसरी बलियो बनाउन सकिन्छ भन्ने विषयमा वकालत गर्दे आईरहेका छन् । यसै सिलसिलामा जोशी क्यानडा, अस्ट्रेलियत, जापान, ताईवान, हङकङ मकाउ, थाईल्याण्ड, जर्मन, फ्रान्स  लगायत युरोपका विभिन्न देशहरुमा  गएर तालिमहरु प्राप्त गरिसकेका छन् ।

नेपालको मानव अधिकारको अवस्थालाई अन्तराष्ट्रियस्तर सम्म लैजान र एक शान्त समृद्ध र सम्पन्न देशको रुपमा नेपाललाई विश्व सामु चिनाउन पाउनु जत्तिको गर्व गर्न लाएक कुरा केही हुदैन तर नेपालमा दिनहँु भईरहने मानव अधिकार हननका घटनाहरुले शान्ति र लोकतन्त्रको नारालाई ओझेलमा पार्दै आईरहेको छ । जोशी मात्रै हैनन्,  मानव अधिकारका  पक्षमा वकालत गर्ने थुपै्र व्यक्ति एवम् संगठनहरु भए पनि उनिहरुले पनि सोचे अनुरुप कामगर्न सकेको छैनन । तत्कालिन समयमा जोशी तथा उनिहरुको समुहले उठान गरेको “उनिहरु कहाँ छन् ?” नामक दबाब मुलक यात्रामा सम्पुर्ण पक्षबाट साथ सहयोग भयो । तत्कालिन समयमा राज्यपक्षबाट वेपत्ता नागरिकहरुको खोजी गर्ने एवं दन्द्धकालिन मुद्धाहरुमा  मेलमिलाप गर्ने लगायतका कार्यहरु गर्नको लगी सरकारले जनतालाई आश्वस्त पार्ने उदेश्यले विभिन्न किसिमका आयोग तथा निकायहरु खोलेर कार्यको सुरुवात पनि गरेकै हो तर सोचे अनुरुप अझै पनि ति आयोगहरुले काम गर्न भने आजको दिन सम्मपनि सकिरहेका छैनन् ।

क्यानडामा आयोजना हुने अन्तराष्ट्रिय मानव अधिकार सम्वन्धि विशेष तालिम कार्यक्रममा नेपालको तर्फबाट अधिकारकर्मी दीर्घराज जोशीले सहभागीता जनाएका थिए । उनले  सन २०१६ मा करिव २६ सय जना अधिकारकर्मीहरुले विश्वभरीबाट कार्यक्रममा सहभागिताको लागी आवेदन दिएका थिए । आवेदनमा दिएका मध्येवाट छानिएका १०० जना भित्र जोशी पनि एक थिए, तत्कालिन समयमा नेपालवाट प्रतिनिधित्व गर्ने जोशी लगायतका २ जना अधिकारकर्मीहरु क्यानेडामा आयोजना भएको तालिममा सहभागिता जनाएका थिए । हरेक वर्ष आयोजना हुने मानवअधिकार सम्बन्धी कार्यक्रममा करिव ५० देशबाट आएका १ सय जनाको सहभागीता रहेकोे त्यो कार्यक्रम मानव अधिकारकर्मीको लागी एउटा महाकुम्भ थियो त्यो ईक्विटास क्यानडको ३६ औं संस्करणमा कार्यक्रम थियो , ईक्विटास क्यानडा सरकारको मानवअधिकार सम्बन्धि काम गर्ने आधिकारिक सरकारी निकाय हो ।

मानव अधिकारको क्षेत्रमा सक्रिए रहदै आएका जोशीलाई विभिन्न संघ संस्थाहरुले सम्मान एवं कदर समेत प्रदान गर्दै आईरहेका छन् ।  लामो समयसम्म मानव अधिकार, लोकतन्त्र र शान्तिको  लागि सक्रिए  भुमिका निर्वाह गर्दै आएका जोशीलाई नेपालकै पहिलो समावेशी म्युजिक अवार्ड राष्ट्रिय समावेशी म्युजिक अवार्ड समारोहमा “मानव अधिकार सेवा सम्मान २०२२” समेत प्राप्त गर्नुको साथै गण्डकी प्रदेश प्रमुखले उल्लेखनिय कार्य गरेको भन्दै जोशीलाई प्रशंसा पत्र प्रदान गरिसकेका थिए, त्यसै गरी अधिकारकर्मी जोशीले गिनिज बुक अफ वल्र्ड रेकर्ड २०१९, एभरेष्ट अनर अवार्ड २०१९ लगायतका अवार्ड तथा सम्मानहरु प्राप्त गरिसकेका छन् ।

प्रस्तुती: अरविन्द्र गौतम