लिटिल आईडल नेपाल २०२२ सिजन-४ को घोषणा

PNA


|
|


काठमाडौं –  विगत दुईदशकदेखि विभिन्न शैक्षिक कार्यक्रम तथा सौन्दर्य प्रतियोगिता, बालबालिका सम्बन्धी शैक्षिक तथा बौद्धिक बिकास कार्यक्रमहरु सञ्चालन तथा आयोजना गरिरहेको ट्रेबल फेशन कन्सर्न प्रालिले लिटिल आईडल नेपाल २०२२ सिजन-४ हुने घोषणा गरेको छ ।

चरणबद्ध रुपमा छिट्टै नै अडिसन सुरु हुने भनिएको उक्त कार्यक्रममा काठमाण्डौमा अवस्थित विभिन्न विधालयमा अध्ययनरत छात्र छात्राहरुले जुनियरमा ३ देखि ५ र सिनियरमा ६ देखि ९ कक्षासम्मले भाग लिन पाउने कुरा आयोजक कम्पनीका सिईओ शैलेन्द्र श्रेष्ठले बताए ।

त्यस्तै, अडिसनबाट छनौट भएकाहरुका लागि १५-२० दिने विशेष तालिम, गायन, नृत्य, अभिनय कला तथा मोडलिङ लगायतका प्रशिक्षण, व्यक्तित्व बिकास, कौशल बिकास, आत्मबिश्वास बढाउने सम्बन्धी ज्ञान, ग्रुमिङ तयार हुने उचित वातावरण बनाउने उद्देश्य, विभिन्न क्षेत्रका सेलिब्रेटीहरुको साथमा मोटिभेसन क्लास लगायत अन्य आधारभूत प्रशिक्षण, फोटोसुट, फ्री मेडिकल हेल्थ चेकअप, सामाजिक कार्यमा संलग्नता गराउने, सचेतना तथा जनचेतनामुलक कार्यक्रमहरुमा सहभागी गराउने लगायतका कार्यक्रमहरु रहेको आयोजक कम्पनी ट्रेबल फेशन कन्सर्न प्रा.लि.ले बताएको छ ।

अडिसन फारमहरु काठमाण्डौका विभिन्न स्थानहरुमा उप्लब्ध गराईने कुरा आयोजक टिमले बताएको छ । कार्यक्रमलाई न्याशनल टेलिभिजन, अफिसियल पेज र युटुब च्यानल मार्फत प्रत्यक्ष प्रसारण गरिने साथै पत्रपत्रिका, अनलाईन मिडियाहरु मार्फत समाचार सम्प्रेषण गरिने कुरा आयोजक टिमले जानकारी गराए ।

Related Post