नेक्स्ट वर्ल्ड मिडिया प्रा.लि द्वारा नेपालमा नेक्स्ट ग्ल्यामर नेपाल प्रतियोगिताको आयोजना

Devil Singh Rajput


|
|


नेक्स्ट वर्ल्ड मिडिया प्रा.लि द्वारा नेपालमा नेक्स्ट ग्ल्यामर नेपाल प्रतियोगिताको आयोजना हुने भएको छ ।आउँदो असार ११ गते काठमाडौंको शान्तिनगर स्थित साक्यता डान्स स्टुडिओमा नेक्स्ट ग्ल्यामर नेपाल २०२२ को अडिसन हुने जनाइएको छ । नेक्स्ट वर्ल्ड मिडिया प्रा.लि आयोजना गर्न लागेको यस सौन्दर्य प्रतियोगितामा भाग लिन इच्छुक महिला तथा पुरुष प्रतियोगीहरुले नेक्स्ट वर्ल्ड मिडिया प्रा.लि, साक्यता डान्स स्टुडिओ को कार्यालयबाट र अन्लाइन फर्मबाट फर्म लिएर सहभागिता जनाउन सक्ने जनाइएको छ । प्रतियोगितामा भाग लिनको लागि १६ बर्षदेखि २६ बर्ष सम्मको हुनुपर्ने जनाइएको छ । त्यस्तै महिलाको उचाइ ४ फिट ५ इन्च र पुरुषको ५ फि ५ इन्चभन्दा माथि हुनुपर्नेछ प्रतियोगिताको विजेताले अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा भाग लिन पाउने तथा चलचित्रमा अवसर, म्युजिक भिडियोमा अवसर, अवार्ड, ट्रफि मिडियामा अन्तर्वार्ता र अन्य थुप्रै उपहारहरु पाउन सक्ने आयोजक संस्था नेक्स्ट वर्ल्ड मिडिया प्रा.लि का अध्यक्ष सबनम चौधरीले बताउनु भएको छ । प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलाइ एक महिना सम्म विशेष प्रशिक्षण प्रदान गरिने छ जसमा नेपालका ख्याति प्राप्त कोरियोग्राफर ट्रेनर के.डि भट्टराईबाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिनेछन् । प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, योगा, स्पा, सेल्फ मेकअप क्लास, फेशन क्लास सहित गतिविधीमा समेत सहभागि गराइने छ।

धेरै पढिएको