'सुगर फ्रि' मा देखिए श्रीदेव (भिडियो सहित)

Madhab Raj Kharel


|
|


काठमाडौं -अम्बिका थापाद्वारा निर्मित गीति भिडियो ‘सुगर फ्री’  सार्वजनिक भएको छ । त्रिमूर्ति इन्टरटेन्मेन्टबाट सार्वजनिक गरिएको गीतमा गायक राजेन्द्र बुढाथोकी र गायिका अस्मिता अधिकारीको सुमधुर स्वर रहेको छ । गीतमा राजेन्द्र  बजगाईको संगीत तथा संगीत संयोजन रहेको छ ।

मनोज परियारको मिक्सिङ र मास्टरिङ रहेको भिडियोमा सागर लम्साल, अञ्जली अधिकारी र श्रीदेव भट्टराईको अभिनय छ । नवराज उप्रेतीको छायांकन, बिमला तामाङको मेकअप, दीपक सिंहको कोरियोग्राफी, विकास ज्ञवालीको सम्पादन रहेको भिडियो निर्देशन संगीतकार राजेन्द्र बजगाईले गरेका छन् ।