गीतकार मुकुन्द पौडेलको आँखा फरफराउँदा गीतको म्युजिक भिडियो सार्वजनिक

Devil Singh Rajput


|
|


काठमाडौं । गीतकार मुकुन्द पौडेलको आँखा फरफराउँदा गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।  एक साता अघि सार्वजनिक भएको उक्त गीतले दर्शकहरुको अपार माया समेत पाइरहेको छ । ओएस आर डिजिटलले सार्वजनिक गरेको उक्त म्युजिक भिडियो आठ दिनमा ३७ हजारले हेरिसकेका छन् ।  जसमा कलाकार धिरेन शाक्य र सुष्मा केसीको जोडदार अभिनय रहेको छ । सुष्मा केसीको प्रस्तुती र कमला कटुवाल निर्माता रहेको सो म्युजिक भिडियो ‘चर्चित डान्स डाईरेक्टर’ भनेर कहलिएका कमल राईले निर्देशन गरेका हुन ।

गीतकार पौडेलको रचना ‘आँखा फरफराउँदा’ मा गायिका अस्मिता अधिकारी र गायक केदार नेपालीले स्वर दिएका छन् । जसको संगीतकारमा दिपक सिलवाल छन् भने म्युजिक एरेन्ज साहस शाक्यले गरेका हुन ।

गीतकार मुकुन्द पौडेलको संक्षिप्त परिचय 

गीतकार मुकुन्द पौडेल तनहुँको रिस्ती बाहुनपोखरामा २०११ सालमा जन्मनु भएको हो।त्यसपछिका केही वर्ष चितवनमा आफ्नो युवा वयलाई विताएर यौटा झोला बोकेर जागीरको खोजिमा ३८/३९ सालतिर भौंतारिंदै उहाँ काठमाण्डौ आईपुग्नु भएको थियो ।  लामो समयसम्म अस्पतालको सेवामा आबद्ध रह्दै केही वर्ष अगाडी सेवानिवृत्त भएसँगै उहाँ साहित्यतिर सकृय हुनुहुन्छ। कविता र मुक्तक तिर मात्र नभै पछिल्ला केही वर्ष देखि गीत संगीतमा पनि उत्तिकै सकृय हुनुहुन्छ, उहाँ ।करिव एक दर्जन गीतका रचयिता पौडेलका तीनवटा गीत रेकर्ड भैसकेका छन् भने दुईवटाको भिडियो  समेत सार्वजनिक भैसकेको छ । साथै उहाँ अर्को गीतको पनि भिडियो बनाउने पर्खाईमा हुनुहुन्छ।

केही वर्ष पहिले रेकर्ड भएको उहाँको गीत दर्शक र श्रोताले निकै रूचाएका छन् । जसमा चर्चित गायक प्रमोद खरेल एवम् मनोजराज शिवाकोटीको स्वर र केशव पौडेलको संगीत रहेको थियो । पौडेलका तीन वटा कृति प्रकाशित छन् भने अर्को यौटा कृति पनि प्रकाशित हुने पर्खाइमा छ ।