नेक्स्ट वर्ल्ड मिडिया प्रा.लि द्वारा नेपालमा नेक्स्ट ग्ल्यामर नेपाल प्रतियोगिताको आयोजना हुने

Devil Singh Rajput


|
|


नेक्स्ट वर्ल्ड मिडिया प्रा.लि द्वारा नेपालमा नेक्स्ट ग्ल्यामर नेपाल प्रतियोगिताको आयोजना हुने भएको छ ।आउँदो असार ३२ गते काठमाडौंको सामाखुसी स्थित नेक्स्ट  वर्ल्ड मिडियाको अफिसमा नेक्स्ट ग्ल्यामर नेपाल २०२२ को अडिसन हुने जनाइएको छ ।

नेक्स्ट वर्ल्ड मिडिया प्रा.लि आयोजना गर्न लागेको यस सौन्दर्य प्रतियोगितामा भाग लिन इच्छुक महिला तथा पुरुष प्रतियोगीहरुले नेक्स्ट वर्ल्ड मिडिया प्रा.लि को कार्यलयबाट  फर्म लिएर सहभागिता जनाउन सक्ने जनाइएको छ ।

प्रतियोगितामा भाग लिनको लागि १६ बर्षदेखि ३० बर्ष सम्मको हुनुपर्ने जनाइएको छ । त्यस्तै महिलाको उचाइ ४ फिट  र पुरुषको ५ फि ५ इन्चभन्दा माथि हुनुपर्नेछ
प्रतियोगिताको विजेताले चलचित्रमा अवसर ,म्युजिक भिडियो, वेब सुरिज, सर्ट फिल्ममा अभिनय गर्ने अवसर पाउनुका साथै  अन्तर्राष्ट्रियस्तरको  प्रतियोगितामा भाग लिन पाउने, अवार्ड, ट्रफि मिडियामा अन्तर्वार्ता र अन्य थुप्रै उपहारहरु पाउन सक्ने आयोजक संस्था नेक्स्ट वर्ल्ड मिडिया प्रा.लि का अध्यक्ष  सबनम चौधरीले बताउनु भएको छ ।

प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलाइ एक महिना सम्म विशेष प्रशिक्षण प्रदान गरिने छ जसमा नेपालका ख्याति प्राप्त  कोरियोग्राफर ट्रेनर रोजिन शाक्यबाट प्रतिस्पर्धिहरुलाई र्याम वाक, मोडेलिङ ट्रेनीङ, सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिनेछन् । प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, योगा, स्पा, सेल्फ मेकअप क्लास, फेशन क्लास सहित गतिविधीमा समेत सहभागि गराइने छ साथै ट्रेनिङको बेला पोर्टफोलियो फोटोसुट गराईनेछ| मोडेलिङमा आफ्नो उज्ज्वल भविश्य खोज्नुहुने ईच्छुकले तुरुन्त फोन नं- 9765559252, 9823781351   मा सम्पर्क गरि आफ्नो सिट बुक गर्नसक्नुहुनेछ|||