गीतकार नारायण रेग्मीको शब्द रचना र गायीका एलिना चौहानको स्वरमा तीज गीत ‘आइफोन हरायो’ सांगीतिक बजारमा 

Devil Singh Rajput


|
|


काठमाडौं ।  गीतकार नारायण रेग्मीको शब्द रचना रहेको तीज गीत ‘आइफोन हरायो’ सार्वजनिक भएको छ । गत बुधवार मात्रै गीत सार्वजनिक गरिएको गीतकार रेग्मीले जानकारी दिनुभएको हो । ‘आइफोन हरायो’ मा संगीतकार लक्ष्मण पोखरेलको संगीत र चर्चित गायीका एलिना चौहानको स्वर रहेको छ । रेग्मीको शब्द रचनालाई अर्जुन नेपालीको एरेन्ज रहेको छ भने मनोज डङ्गोलले मिक्सिङ गरेका छन् । सो  गीतको रेकर्डडिस्टमा जिवन बडू छन् ।                                                                              

‘आइफोन हरायो’ गीतको म्युजिक भिडियोमा  बिना राउत मूख्य भूमिकामा छिन् भने गीतकार नारायण रेग्मी र कुम्भ बहादुर कुँवर समेतले अभिनय गरेका छन्। भिडियो प्रकाश कडेलले निर्देशन गरेका हुन् । 

लायन्स क्लब अफ काठमाडौं सिद्धार्थ गौतम बुद्धका अध्यक्ष समेत रहेका सफल युवा उद्यमी नारायण रेग्मी साहित्य साधनामा समेत तल्लिन रहदै आएका छन् ।  जसको साहित्यिक नाउँ शुन्य मानव रहेको छ । गीत र कविता कोर्नमा उनको बिशेष रुची रहने गरेको छ । ‘आइफोन हरायो’ ले छमछमी नचाउने गीतकारको दाबी छ । 

धेरै पढिएको