काठमाडौं । स्कोडाले आफ्नो चर्चित इन्ट्रीलेवल सेडान र्यापीड कारमा १.० लिटर टर्बो चार्ज्ड पेट्रोल इन्जिनको साथ बजारमा उतारेको छ । कम्पनीले भारतीय प्रदुषण मापदण्ड बीएस ६ अनुसारको इन्जिनमा र्यापीडलाई ल्याएको हो ।
१.० लिटर टिएसआई इन्जिनले ११० बीएच पावर र १७५ एनएम टर्क प्रदान गर्ने छ । यसमा ६ स्पीड म्यानुयल गियरबक्स दिइएको छ । अटोमेटिक गियरबक्स युक्त र्ययापीड आगामी चाडवार्डको समयसम्ममा बजारमा आउने कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले र्यापीडलाई ५ भेरियन्टमा बजारमा उतारेको छ । जसमा एक्टीभ, एम्बीसन, ओनेक्स, स्टाइल र मोन्टे कार्लो भेरियन्ट रहेका छन् ।
अहिले नेपालमा स्कोडाको विभिन्न ६ भेरियन्ट बिक्री हुँदै आएको छ । कम्पनीले अहिले पेट्रोल र डिजेल दुबै इन्जिनमा बिक्री गर्दै आएको र्यापीड अब भने डिजेल इन्जिन उत्पादन हुने छैन । त्यसैले अब आउने नयाँ र्यापीड पेट्रोल इन्जिनमा मात्रै हुने छ ।
यसअघि १.६ लिटर इन्जिनमा आउने र्यापीड अब १.० लिटर इन्जिनमा आउने छ । यसअघिको र्यापीडको तुलनामा नयाँ र्यापीड नेपाल आउँदा कम मूल्यमा पाउन सकिने संभावना रहेको छ । नेपाल सरकारले सवारीसाधनको अन्तःशुल्क सीसीको आधारमा तय गर्ने भएकाले पहिलेको तुलनामा १.० लिटर इन्जिन हुँदा दुई तह कम अन्तःशुल्क लाग्छ ।
अहिले नेपालमा सबैभन्दा कम मूल्यको र्यापीडको मूल्य ३८ लाख ४५ हजार रुपैयाँ रहेको छ भने सबैभन्दा महंगो मोडलको मूल्य ५७ लाख ९५ हजार रुपैयाँ रहेको छ ।
यस्तो छ सबै भेरियन्टको मूल्य

