'स्वच्छ छवि र जनविश्वास नै आफनो जितको आधार' : जोशी

Devil Singh Rajput


|
|


काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं ८ (क) बाट बागमती प्रदेश सभा सदस्यमा उम्मेदवारी दिनु भएका कांग्रेस नेता राजु राज जोशीले स्वच्छ छवि र जनविश्वास नै आफनो जितको आधार ‘भएको बताउनु भएको छ । काठमाडौंको गौरव फर्काऔं’ भन्ने मुल नारा बोकेर चुनावी मैदानमा होमिनु भएको उहाँ सम्पदा र संस्कृतिलाई जगेर्ना गर्ने उदेश्यका साथ आफु अघि बढेको बताउनुहुन्छ ।

‘लोप भसकेका परम्परागत चाड पर्व पुन स् संचालन गर्ने, जिवित देवी देवता ९कुमारी, गणेश, भैरव० को स्वास्थ्य र शिक्षाको व्यवस्था प्रदेशबाट गर्न र विश्व सम्पदा हनुमान ढोकादेखि स्वयम्भुनाथसम्म पर्यटनमार्ग निर्माण गर्न प्रयत्नशिल रहनेछु’ उहाँले भन्नुभयो ।

त्यसो त नेता जोशीले शिक्षा एवम् खेलकुद, खानेपानी तथा सरसफाई र स्वास्थ्य क्षेत्रमा समस्या समाधान तथा सुधारका लागि उत्तिकै महत्वका साथ काम गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको छ । जसमा ५० सैयाको अस्पताल निर्माण, निशुल्क स्वास्थ्य चेकजाँचको सुविधा, सामुदायिक विद्यालयको स्तरोन्नती, युवा लक्षित तालिम तथा रोजगारी सिर्जना, खानेपानी व्यवस्थापन, फोहर मैला व्यवस्थापन, वातावरण मैत्री प्रविधिमाथि जोड लगायतका मुद्धामा आफु खरो उत्रने उहाँ बताउनुहुन्छ ।

हाल चुनावी अभियानका क्रममा घरदैलो कार्यक्रममा सकृय रहदै गर्दा जनताहरु आफनो उम्मेदवारीबाट उत्साही भएको पाएको उहाँले बताउनुभयो ।स्वच्छ छवि र जनविश्वास नै आफनो जितको आधार रहेको बताउनुहुँदै मंसिर ०४ मा हुने निर्वाचनमा मतदाताहरुले भारी मतले आफुलाई विजयी गराउनेमा आफु ढुक्क रहेको जोशी बताउनु हुन्छ ।